kp-oli

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस पुनः प्रकट भएकामा गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनले सबैलाई सचेत रहन तथा सावधानी अपनाउन आग्रह गर्दै सरसफाइ र व्यक्तिगत स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरे ।

नेपाल चेम्बर अफ कमर्शको ७०औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले देशलाई पुनः ठप्प पार्ने बाध्यात्मक परिस्थिति सिर्जना नहोस् भन्नेतर्फ सम्पूर्ण नेपाली जनता जागरुक हुनुपर्नेमा जोड दिए । उनले कोरोना नियन्त्रण गर्न नसके प्रधानमन्त्रीको आलोचना हुने भएकाले आफू यसतर्फ गम्भीर रहेको बताए । उनले तातो पानीको बाफ लिने, नुनपानीले कुल्ला गर्ने बानी बसाल्दा कोभिड संक्रमणबाट जोगिन सकिने पनि दावी गरे ।

पछिल्लो समय भारतमा कोभिड संक्रमण दर बढ्दै गएको र खुला सिमानाका कारण नेपालमा पनि जोखिम बढेकोले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै सचेत रहन आग्रह गरेको थियो। मन्त्रालयले कोरोना भाइरसको बेलायती म्युटेन्ट भाइरस नेपालमा पनि फैलिएको भन्दै स्वास्थ्य मापदण्डमा कडाइ गर्न १० बुँदे निर्देश्न दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here