आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

प्रधानाध्यापकको सरुवा प्रकरणले वीरगञ्जको घण्टाघर तनावग्रस्त

प्रधानाध्यापकको सरुवा प्रकरणले वीरगञ्जको घण्टाघर तनावग्रस्त

शिक्षा, समाचार
वीरगञ्ज, पुस ९ । आर्थिक नगरी वीरगञ्जको माईस्थानस्थित विधापीठ माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद मेहताको सरुवा गरेपछि विद्यार्थीले आज बिहानैदेखि घण्टाघरमा नारा जुलुस गरेका छन् भने घण्टाघर तनावग्रस्त भएको छ । वीरगञ्ज महानगरपालिकाले शुद्धीकरण अभियानअन्तर्गत प्रअ मेहताको सरुवा सुखचैना माविमा गरेपछि विद्यार्थीले आइतबारदेखि नै महानगर प्रमुख विजयकुमार सरावगीविरुद्ध नाराबाजी गर्दै आएका छन् । प्रअ मेहताले शैक्षिक अवस्था तहसनहस पारेको, शिक्षालाई अङ्ग्रेजी माध्यम बनाएर अभिभावकसँग चर्को शुल्क असुल्दै आएको, विद्यालयलाई राजनीतिक अखडा बनाएको तथा माफियातन्त्र लाद्न खोजेकाले शुद्धीकरण अभियानअन्तर्गत प्रअ मेहताको सरुवा गरिएको महानगरपालिका प्रमुख सरावगीले बताए । उनले भने, ‘विद्यार्थीलाई उचालेर राजनीति गर्न खोज्ने प्रअ मेहतालाई कानूनी कारवाही हुनुपर्छ ।’ महानगरपालिकाले लामो समयसम्म एउटै विद्याल...
एभर्टनमाथि टोटनह्यामले आधा दर्जन गोल गर्यो, १८ खेल सकिदा तेस्रो स्थानमा

एभर्टनमाथि टोटनह्यामले आधा दर्जन गोल गर्यो, १८ खेल सकिदा तेस्रो स्थानमा

खेलकुद, समाचार
काठमाडौं, पुस- ९ । इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा टोटनह्याम हट्सपरले एभर्टनलाई फराकिलो गोल अन्तर्ले हराएको छ । फराकिलो गोल अन्तरमा हराउने क्रममा टोटनह्याम ६–२ ले विजयी भएको हो । एभर्टनलाई उसैको घरेलु मैदानमा हराउदा टोटनह्यामका लागि सन हिउङ मिन र ह्यारी केनले २–२ गोल गरे भने क्रिश्चियन एरिक्सन र डेले अलीले थप एक–एक गोल गरे । जितपछि टोटेनह्याम हट्सपरले दोस्रो स्थानको म्यान्चेष्टर सिटीसँगको दूरीलाई कम गर्दै २ अंकमा झारेको छ । लिगमा १८ खेलबाट टोटनह्यामको ४२ अंक छ भने म्यान्चेष्टर सिटीको ४४ अंक रहेको छ त्यस्तै ४८ अंकसहित लिभरपुल शीर्ष स्थानमा यथावत छ । हिजो रातिको जितपछि टोटनह्याम चौथो स्थानको चेल्सी र पाँचौ स्थानको आर्सनल भन्दा पाँच अंकले अगाडि अगाडि छ ।...
लामिछानेको टिमले अस्ट्रेलियन लिग बिग बासमा आज दोस्रो खेल खेल्दै

लामिछानेको टिमले अस्ट्रेलियन लिग बिग बासमा आज दोस्रो खेल खेल्दै

खेलकुद, समाचार
काठमाडौं, पुस- ९ । अस्ट्रेलियाको चर्चित क्रिकेट लिग बिग बास मा आज नेपाली लेग स्पिनर सन्दिप लामिछानेको टिम मेलबर्न स्टार्सले आफ्नो दोस्रो खेल खेल्दैछ । लामिछानेको टोली लिगको पहिलो खेलमा सिड्नी थन्डर्ससंग डि.एल मेथड अनुसार १५ रनले पराजित भएको थियो । आज हुने दोस्रो खेलमा लामिछाने रहेको मेलबर्न स्टार्सले होबर्ट हरीकन्ससँग खेल्ने छ । होबर्टले भने आफ्नो पहिलो खेलमा ब्रिसबेन हिटलाई पराजित गरेको थियो । सिड्नी विरुद्धको पहिलो खेलबाटै बिग बास लिगमा डेब्यु गरेका लामिछानेले लिगको पहिलो खेलमै २ विकेट लिएकाका थिए ।...
एञ्जिलाको ‘ओइ’ बोलको गितको भिडियो सार्वजनिक : श्रोता तथा दर्शकको मनमा बस्न सफल

एञ्जिलाको ‘ओइ’ बोलको गितको भिडियो सार्वजनिक : श्रोता तथा दर्शकको मनमा बस्न सफल

मनोरन्जन, समाचार
काठमाडौं, पुस- ९ । एञ्जिला रेग्मी, बादल थापा र नविन रावलको अवाजमा रेकर्ड गरिएको ‘ओइ’ बोलको गीत सार्वजनिक गरिएको छ । मिलन बिस्टको शब्दरहेको गीतमा संगीत भने नविन रावलको रहेको छ । गीतको भिडियो हेर्नुस् : https://youtu.be/nONOGLMzXjc गीत सार्वजनिक भएसँगै एञ्जिलाको यो गीतलाई दर्शकले निकै नै रुचाइरहेका छन् । गीतको भिडियो हाल युटुव ट्रेन्डिङ्गको तेश्रो स्थानमा रहेको छ । यसअघि सार्वजनीक भएको एञ्जिलाको ‘दिलको भित्तामा’ बोलको गीत सुपरहिट भएको थियो । राहुल शाहले निर्देशन तथा कोरियोग्राफीमा बनेको उक्त भिडियोमा सुनिल क्षेत्री, अलिशा शर्मा, राहुल शाह, अरुण क्षेत्री फिर्चड छन् । गीतको भिडियो छायांकन र सम्पादन पवन सुष्लिङ्गको गरेका हुन ।...
कपिलवस्तुको बनबासामा ट्रिपरको ठक्करले एक बृद्धाको मृत्यु

कपिलवस्तुको बनबासामा ट्रिपरको ठक्करले एक बृद्धाको मृत्यु

अपराध, समाचार, समाज
कपिलवस्तु, पुस-८ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–१ बनबासामा ट्रिपरको ठक्करबाट एकजना वृद्ध महिलाको मृत्यु भएको छ । बनबासा जंगलमा बाटो काट्ने क्रममा लु१ख ५४९५ नम्बरको ट्रिपरले ठक्कर दिदा उनको मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले जानकारी दिए । लगभग ८५ वर्षीया महिलाको मृत्यु भएको भएपनि उनको पहिचान खुल्न भने सकेको छैन । ठक्कर दिने चालक र ट्रिपर प्रहरीको नियन्त्रणमा रहेका छन ।...
इन्डोनेसिया सुन्डा स्ट्रेट तटीय क्षेत्रमा आएको शक्तिशाली सुनामीमा परी करीव २० को मृत्यु १ सय ६५ घाइते

इन्डोनेसिया सुन्डा स्ट्रेट तटीय क्षेत्रमा आएको शक्तिशाली सुनामीमा परी करीव २० को मृत्यु १ सय ६५ घाइते

अन्तराष्ट्रिय, समाचार
काठमाडौं, पुष - ८ इन्डोनेसिया सुन्डा स्ट्रेट तटीय क्षेत्रमा आएको सुनामीमा परी कम्तिमा २० जनाको मृत्यु भएको छ । सुनामीमा परेर करीव १ सय ६५ जना घाइते भएको त्यहाँको प्रकोप व्यवस्थापन एजेन्सीले बताएको छ । सुनामीका कारण उक्त क्षेत्रमा दर्जनौं भवन भत्किएका छन् साथै सयौं सवारी साधनहरुमा समेत क्षति पुर्‍याएको छ । सडकसम्म पानी पसेकाले सवारी आवागमन समेत ठप्प भएको छ । सुन्डा स्ट्रेट खाडी आसपासको तटीय क्षेत्रमा ज्वालामुखी बिस्फोट भइ समुद्रभित्र पहिरो गएपछि सुनामी आएको अधिकारीहरुले आशंका गरेको जनाएका छन । सुमात्रा र जावा द्वीपको बीचमा रहेको सुन्डा स्ट्रेट हिन्द महासागरसँग जोडिएको छ । सुन्डा स्ट्रेट र आसपासका नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ । नागरिकहरुलाई सचेत रहन सरकारले अपील गरेको छ । (एजेन्सी)...
सिराहको गोलबजारमा नेपाली सेनाको बम डिस्पोजल टोलीद्वारा प्रेसरकुकर बम डिस्पोज

सिराहको गोलबजारमा नेपाली सेनाको बम डिस्पोजल टोलीद्वारा प्रेसरकुकर बम डिस्पोज

अपराध, समाचार, समाज
सिराह, पुष - ८ सिराह जिल्लाको गोलबजार नगरपालिका ४ स्थित नेपाल टेलिकमको टावर नजिकै आइतबार बिहान भेटिएको शक्तिशाली प्रेसरकुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । शक्तिशाली प्रेसरकुकर बम गोलबजारको मुख्य बजार क्षेत्रदेखि दक्षिणतर्फ बलकवा जाने बाटोमा भेटिएको थियो । चोहर्वास्थित नेपाली सेनाको श्री नयाँ गोरख गणबाट आएको बम डिस्पोजल टोलीले आइतबार बिहान ११ बजे प्रेसरकुकर बम डिस्पोज गरेको चोहर्वास्थित गणपति प्रमुख सेनानी गणेश भण्डारीले जनाए । एकाबिहानै मानव बस्तीदेखि लगभग ५० मिटर पश्चिम र टेलिकमको रिपिटर टावरदेखि करिब डेढ सय मिटर दक्षिणतर्फ बम भेटिएपछि स्थानीय बासिन्दा आतङ्कित बनेका थिए । बम पाईएको स्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले दुई सय मिटरको दूरीमा घेरा हालेर आवत जावत सेमत बन्द गरी बम सुरक्षित ढङ्गले डिस्पोज गरिएको इलाका प्रहरी कार्यालय गोलबजारले बताएक...
जुम्लाकी एक महिलालाई घर छ छोरी जन्माएको निहुँमा निकाला गरियो

जुम्लाकी एक महिलालाई घर छ छोरी जन्माएको निहुँमा निकाला गरियो

अपराध, समाचार, समाज
जुम्ला । छोरी जन्माएको भन्दै जुम्लाकी एक महिला घर निकाला भएकी छन् । लगातार छ पटकसम्म छोरी जन्माएको भन्दै कनकासुन्दरी गाउँपालिका–६ लुड्कीकी झनमाया रोकाया गत कात्तिक महीनादेखि घर निकाला भएकी हुन् । २६ वर्षीया झनमायाले छ महीनाको गर्भवती अवस्थामा श्रीमान् गङ्गाराम रोकायाले छोरीसहित घर निकाला गरेको बताइन । श्रीमानले घरबाट निकालेपछि माइतीमा बस्दै आएकी उनले पुस ३ गते छैटौँ सन्तानका रूपमा छोरीलाई जन्म दिएकी छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रिया गरी जन्माइएकी नवजात छोरीलाई जन्मदै हेपाटाइटिस बी भएको र साथमा पैसा नहुँदा उपचारमा समस्या भएको उनले बताइन् । झनमायाकी दुईटै छोरी माइतीको संरक्षणमा छन् । उनी कान्छी छोरीसँगै अस्पतालमै छिन् । झनमायाका माइती पक्ष पनि आर्थिक रूपमा निकै विपन्न भएका कारण उनको उपचारमा सहयोग नभएको बताइएको छ । अस्पतालले अन्य बाहिर जिल्ला लैजा...
रियाल मड्रिडलाइ लगातार तेस्रो पटक फिफा क्लब विश्वकपको उपाधि

रियाल मड्रिडलाइ लगातार तेस्रो पटक फिफा क्लब विश्वकपको उपाधि

खेलकुद, समाचार
काठमाडौं, पुष-८ । फिफा क्लब विश्वकप फुटबलको उपाधि स्पेनिस क्लब रियाल मड्रिडले लगातार तेस्रो पटक जितेको छ । गएराति युएईको आबुधाबीमा सम्पन्न फिफा क्लब विश्वकप फुटबलको फाइनलमा स्थानीय अल आइन फुटबल क्लबलाई ४– १ गोल अन्तरले हराउँदै रियालले लगातार तेस्रो पटक यो उपाधि जितेको हो । खेलमा रियाललाई विजयी गराउन लुका मोड्रिच, मार्कस लोरेन्ते र सर्जियो रामोसले एक–एक गोल गर्दा अल आइनका याहिया नादिरले एक आत्मघाती गोल गरेका थिए । यसअघि रियाल मड्रिडले सन् २०१६ र २०१७ मा पनि फिफा क्लब विश्वकपको उपाधिमा आफ्नो बर्चस्व कायम गरेको थियो । समग्रमा भने रियालले यो चौथो पटक क्लब विश्वकप फुटबलको उपाधि जितेको हो ।...
दाङ बस दुर्घटनाः  जुम्ला विमानस्थलमा मृतकका आफन्त भावविह्वल

दाङ बस दुर्घटनाः जुम्ला विमानस्थलमा मृतकका आफन्त भावविह्वल

समाचार, समाज
जुम्ला, पुष-८ । दाङमा शुक्रबार भएको बस दुर्घटनामा परी मृत्यु हुने २३ जनामध्ये ११ जना जुम्लाका विद्यार्थी परेपछि अहिले जुम्ला शोकाकुल भएको छ । सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयमा अध्ययनरत जुम्लाका ११ जना विद्यार्थीको मृत्यु भएको हो । घाइतेहरु मध्ये चार जना पनि जुम्लाकै पेरेका छन् । जुम्लाका मृतक विद्यार्थीहरु्मा चन्दननाथ नगरपालिका–६ का १६ बर्षीया कुसुम रावल, वडा नं. ३ का १७ बर्षिय हिम्मत बोहरा, कनकासुन्दरी गाउँपालिका–५ का २० बर्षिय विरेन्द्र कडारा, चन्दनथान–१० का १८ बर्षीय रुपेशजंग शाही र १७ बर्षीय रितेन्द्र शाही, हिमा गाउँपालिका–५ की १७ बर्षीया शैलजा शाही, तिला गाउँपालिका–१ का जंगबहादुर बिक, चन्दननाथ–३ का १८ बर्षका अर्जुन शाही, चन्दननाथ–५ का देवीप्रसाद उपाध्याय, चन्दननाथ–१० का विपना खत्री र तिला गाउँपालिका–३ का रमेश उपाध्याय रहेका जनाइएको छ । मृतकमध्ये आठ जनाको शव हेलि...