आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

राजधानीमा जथाभावी पार्किङ गरिएका चार पाङ्ग्रे सवारी साधनमा ट्राफिक प्रहरीले धमाधम ‘ह्विल लक’ लगाउदै

राजधानीमा जथाभावी पार्किङ गरिएका चार पाङ्ग्रे सवारी साधनमा ट्राफिक प्रहरीले धमाधम ‘ह्विल लक’ लगाउदै

समाचार, समाज
काठमाडौं, पुस- २४ ट्राफिक प्रहरीले राजधानीमा हुने अनाधिकृत पार्किङलाई निरुत्साहित गर्न चारपाङ्ग्रे सवारी साधनमा लगाउँदै आएको 'ह्विल लक'लाई थप व्यवस्थित बनाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले बताएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले निषेधित स्थान र समयमा पार्किङ गरिएका सवारी साधनमा ‘ह्विल लक’ लगाउने अभियान केही दिनदेखि सुरु गरेको छ । कुन कार्यालय र कसले ह्विल लक लगाएको हो भन्ने विस्तृत विवरणसहित सम्बन्धित सवारी साधनमा आजबाट स्टिकर टाँस्न थालिएको छ । यसअघी ह्विल लक लगाउँदा सम्बन्धित सवारी चालकलाई उक्त कारवाहीअन्तर्गत कहाँ र कसलाई सम्पर्क गर्ने भन्ने अन्योल बढ्ने गरेको थियो । त्यसैले जथाभावी पार्किङ गर्ने सवारी साधनको नम्बर, ठाउँ, मिति र समय पनि स्टिकरमा उल्लेख गरिएको महाशाखाले बताएको छ । ह्विल लक खुलाउनको निम्ति स्टिकरमा लेखिएको ट्राफिक प्रहरीको मोबाइल नम्बरमा वा ट्राफिक प्रहरी...
वैदेशिक रोजगार कार्यालय ताहचलबाट सात जना विचौलिया प्रहरीको नियन्त्रणमा

वैदेशिक रोजगार कार्यालय ताहचलबाट सात जना विचौलिया प्रहरीको नियन्त्रणमा

अपराध, समाचार
काठमाडौं, पुस- २४ प्रहरीले वैदेशिक रोजगार कार्यालय ताहचलमा सेवाग्राहीलाई हैरानी दिने सात विचौलियालाई मंगलबार नियन्त्रणमा लिएको छ । श्रम स्वीकृति लिन आएका सर्वसाधारणलाई विभिन्न बहानामा दुःख दिएको भन्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको फलाने साँखुका २५ वर्षीय भरत तामाङ, मंगलटारका ३७ वर्षीय दिपु शाह र कोसीपारिका ३५ वर्षीय गणेश तामाङ रहेका छन् । त्यस्तै, भक्तपुर, बोडेका ३६ वर्षीय मनुराज न्यौपाने, मोरङको पट्यारीका २४ वर्षीय पुजन राई, बाफलका २० वर्षीय विकल शाही र २६ वर्षीय राजेश तामाङलाई पनि सेवाग्राहीलाई सास्ती दिँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए । प्रहरीले यसअघि पनि सोही कार्यालयबाट सेवाग्राहीलाई सास्ती दिँदै आएका विचौलियालाई नियन्त्रणमा लिएको थियो । श्रम, र...
जाडोको समयमा हिटर पड्किएर हुने आगोलागीको संख्या बढ्दो, सावधानी अपनाउन आग्रह

जाडोको समयमा हिटर पड्किएर हुने आगोलागीको संख्या बढ्दो, सावधानी अपनाउन आग्रह

समाचार, समाज
काठमाडौं, पुस- २४ जाडोको समयमा हिटरमा देखिएको विभिन्न समस्याले दुर्घटना हुनसक्ने भन्दै प्रहरीले सावधानी अपनाउन आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालय काठमाडौंले ग्यासजडित तथा विद्युतीय सामग्री प्रयोग गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको हो । पुसको पहिलो हप्ता हिटरमा जोडेको ग्यास चुहिएर काठमाडौं, कलंकीका इन्जिनियर दम्पतीको ज्यान गएको घटना सेलाउन नपाउँदै मंगलबार बिहानमात्रै काठमाडौंको टोखामा हिटर पड्किएर आगोलागी भएको छ । टोखा नगरपालिका–११ भण्डारीटोलस्थित मुकुन्दराजप्रकाश घिमिरेको घरमा आगो ताप्ने हिटर पड्किएर आगोलागी हुँदा लत्ताकपडा, टीभी, ग्यास चुलोलगायत सामग्री जल्दा करिब रु दुई लाख बराबरको मालसामान नस्ट भएको प्रहरीले जनाएको छ । मानवीय क्षति भएको छैन । रासस...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सन्चार उपकरणमा समस्या देखिएपछि दुई घन्टा प्रभावित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सन्चार उपकरणमा समस्या देखिएपछि दुई घन्टा प्रभावित

आर्थिक, समाचार
काठमाडौं, पुस- २४ सन्चार उपकरणमा समस्या आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान करिब दुई घन्टा प्रभावित भएको छ । विमानस्थलको सन्चार प्रणाली भिडियो हाइ फ्रिक्वेन्सी (भीएचएफ)मा समस्या आएपछि उडानमा समस्या अएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए । उनकाअनुसार मंगलबार बिहान करिब ९ बजे विमानस्थलको सन्चार उपकरणमा लाइन सर्ट भएपछि भीएचएफमा समस्या आएको थियो । लगत्तै विमानस्थलका प्राविधिकले मर्मत गरेका थिए । प्राविधिक मर्मतपछि बिहान ११ बजेदेखि नियमित उडान भइरहेको महाप्रबन्धक क्षेत्रीको भनाइ छ । ‘सन्चार प्रणालीमा लाइन सर्ट भएपछि समस्या आएको हो । टावर ठीकै थियो । हाम्रा इन्जिनियरले मर्मत गरेपछि सेवा सन्चालन भएको छ । एक घन्टा ४० मिनेटजतिमात्र उडान रोकियो । अवतरणमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा समस्या थिएन’–उनले भने । रासस...
डेभिड धवनको ‘कुली नं १’ को रिमेकमा आलियाले साराको ठाउँ लिने

डेभिड धवनको ‘कुली नं १’ को रिमेकमा आलियाले साराको ठाउँ लिने

मनोरन्जन, समाचार
काठमाडौं, पुस- २४ बलिवूड अभिनेता सैफ अली खानकी छोरी साराअली खानले २०१८ मा फिल्म ‘केदारनाथ’बाट डेब्यु गरिन् त्यस्तै वर्षको अन्त्यतिर प्रदर्शन भएको रणवीर सिंहसँगको ‘सिम्बा’ पनि सुपरहिट भयो । बलिवूडमा साराले वरुण धवनको साथमा गोविन्दाको फिल्म ‘कुली नं १’को रिमेकमा साइन गर्ने चर्चा व्यापक थियो । अन्तिम समयमा यो फिल्मका लागि आलिया भट्टले साराको स्थान लिएकी छिन् । अब यो खबर घोषणा हुन मात्र बाँकी रहेको भारतिय मिडियाले जनाएको छ । यो फिल्म २०१९ को अन्त्यतिरबाट सुटिङमा जाने भएको छ । फिल्मलाई भने डेभिड धवनले निर्देशन गर्दै छन् । गोविन्दा र करिश्मा कपुर अभिनीत ‘कुली नं १’ सन् १९९५ मा रिलिज भएको थियो । उक्त फिल्मका गीत खुब हिट भएका थिए । सो फिल्ममा कादर खान पनि अभिनित थिए ।...
कोरियाली नेता किम जोङ उन ट्रम्पसँगको वार्ताका विषयमा छलफल गर्न बख्तरबन्द रेल चढेर चीन पुगे

कोरियाली नेता किम जोङ उन ट्रम्पसँगको वार्ताका विषयमा छलफल गर्न बख्तरबन्द रेल चढेर चीन पुगे

अन्तराष्ट्रिय, समाचार
काठमाडौं, पुस- २४ उत्तर कोरियाली नेता किम जोङ उन बख्तरबन्द रेल चढेर चीन भ्रमणमा पुगेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको आगामी वार्ताका विषयमा छलफल गर्न किम चीन गएका हुन् । तीन दिने चीन भ्रमणका क्रममा उत्तर कोरियाली नेता किमले अमेरिकी राष्ट्रपतिसँग हुने आगामी वार्ताका मस्यौदामाथि चीनका राष्ट्रपति सी जिन पिङसँग छलफल गर्ने अड्कल वाजी गरिएको छ । गत जुनमा राष्ट्रपति ट्रम्पसँगको भेटवार्ता अघि पनि नेता किमले चिनियाँ राष्ट्रपतिसँग छलफल गरेका थिए । श्रीमती रि सोल जु सँगै नेता किम अति सुरक्षित मानिने बख्तरबन्द रेलबाट बेइजिङ पुगेका हुन । उत्तर कोरियाको मुख्य व्यापारिक साझेदार चीन उसको प्रमुख कूटनीतिक साझेदारको रुपमा समेत रहदै आएको छ । (एजेन्सी)...
सेनाद्वारा जाजरकोट–डोल्पा सडकखण्ड स्तरोन्नतिको कार्य शुरु गर्दै

सेनाद्वारा जाजरकोट–डोल्पा सडकखण्ड स्तरोन्नतिको कार्य शुरु गर्दै

आर्थिक, समाचार
जाजरकोट, पुस- २४ । जाजरकोट–डोल्पा सडक खण्डअन्तर्गत सुंपानीदेखि सदरमुकाम दुनैसम्म सडकको स्तरोन्नति काम शुरु भएको छ । नेपाली सेनाको निर्माण कार्यदलले सोमबारबाट काम शुरु गरेको नेपाली सेनाका प्रमुख सेनानी विश्वबन्धु पहाडीले जानकारी दिए । डोल्पाको सदरमुकाम दुनैलाई राष्ट्रिय सडक सञ्जालमा जोड्नका लागि छिन्चु–जाजरकोट हुँदै डोल्पाको दुनैसम्म सडकको ट्र्याक खोल्ने जिम्मा पाएको नेपाली सेनाले खण्ड–खण्ड गर्दै छलगाडसम्म ट्र्याक खोलिसकेको छ । छलगाडसम्म ट्र्याक खुलेपछि खण्ड–खण्ड गरेर स्थानीय जीप सञ्चालनमा आएका छन् । यसैगरी सुंपानी–दुनै खण्डको सडकलाई पनि सडक विभागको गुणस्तरमा निर्माण गर्नका लागि सोमबारबाट नेपाली सेनाले दुई डोजर प्रयोग गरेर सुंपानीबाट निर्माण कार्य शुरु गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अवदेश विष्टले जानकारी दिए । सुंपानीदेखि दुनैसम्म १४ किलोमिटर मोटरब...
खुर्पा प्रहार गरी छिमेकीको हत्या गर्ने एक युवक पक्राउ

खुर्पा प्रहार गरी छिमेकीको हत्या गर्ने एक युवक पक्राउ

अपराध, समाचार, समाज
पाल्पा, पुस- २४ । पाल्पा जिल्लाको रामपुरमा छिमेकीको हत्या गरी फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । रामपुर नगरपालिका–४ का ५५ बर्षिय भलबहादुर कुमालको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले ३६ वर्षिय मनोज थापालाई पक्राउ गरी सार्वजनिक गरेको छ । थापाले सामान्य विवादमा खुर्पा प्रहार गरी कुमालको हत्या गरेको आरोपमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । मृतक कुमालकी श्रीमती र ५ छोरा रहेका छन् ।...
मन्त्रिपरिषद्ले आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त

मन्त्रिपरिषद्ले आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त

आर्थिक, समाचार
काठमाडौं, पुस- २४ नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेललाई सरकारले नियुक्त गरेको छ । मन्त्रिपरिषद्को हिजो बसेको बैठकले पौडेललाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्कालाई बर्खास्त गरेपछि निमित्तको भरमा चलेको निगमलाई नेतृत्व दिन वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धा गराएको थियो । प्रतिस्पर्धाका लागि १२ जनाले आवेदन दिएका थिए जसमा १२ जनाबाट ५ जनाको नाम सर्टलिस्टमा राखेको आपूर्ति मन्त्रालयले अनिलकुमार झा, तारानाथ पौडेल र सुरेन्द्र पौडेलको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । मन्त्रिपरिषद्ले पौडेललाई कार्यकारी निर्देशकमा चयन गरेको हो । पौडेल उदयपुर सिमेन्टका महाप्रबन्धक हुन् । पौडेलले उदयपुर सिमेन्टमा तीन वर्षे कार्यकाल पूरा गरेका थिए ।...
७१ वर्षपछि अस्ट्रेलियामा भारतले टेष्ट शृङ्खला जित्यो

७१ वर्षपछि अस्ट्रेलियामा भारतले टेष्ट शृङ्खला जित्यो

खेलकुद, समाचार
काठमाडौं, पुस- २४ भारतले अस्ट्रेलियाविरुद्धको चार टेष्टको शृङ्खला आफ्नो पक्षमा पारेको छ । चौथो तथा अन्तिम टेष्ट बर्षाले अवरुद्ध भएपछि बराबरीमा भएपश्चात भारतले २–१ ले शृङ्खला जितेको हो । भारतले अस्ट्रेलियन भूमीमा ७१ बर्षपछि पहिलो पटक टेष्ट शृङ्खला जितेको हो । सन् १९४८ पछि अस्ट्रेलियन भुमीमा पहिलो पटक शृङ्खला जित्न भारतका चेतेश्वर पुजारा र कुलदिप यादवको प्रदर्शन निकै महत्त्वपूर्ण रह्यो । शृङ्खलाको पहिलो टेस्टमा भारत ३१ रनले विजयी हुँदा दोस्रोमा १ सय ४६ रनले पराजित भएको थियो । भारतले तेस्रो टेस्टमा १ सय ३७ रनको जित निकाल्दै घरेलु टोली अष्ट्रेलियालाई दबाबमा राखेको थियो । चौथो टेष्ट बर्षाले बिथोलिएसँगै भारतले शृङ्खलामा आफ्नो कब्जा गरेको हो ।...