wheel lock

काठमाडौं, पुस- २४
ट्राफिक प्रहरीले राजधानीमा हुने अनाधिकृत पार्किङलाई निरुत्साहित गर्न चारपाङ्ग्रे सवारी साधनमा लगाउँदै आएको ‘ह्विल लक’लाई थप व्यवस्थित बनाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले बताएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले निषेधित स्थान र समयमा पार्किङ गरिएका सवारी साधनमा ‘ह्विल लक’ लगाउने अभियान केही दिनदेखि सुरु गरेको छ । कुन कार्यालय र कसले ह्विल लक लगाएको हो भन्ने विस्तृत विवरणसहित सम्बन्धित सवारी साधनमा आजबाट स्टिकर टाँस्न थालिएको छ । यसअघी ह्विल लक लगाउँदा सम्बन्धित सवारी चालकलाई उक्त कारवाहीअन्तर्गत कहाँ र कसलाई सम्पर्क गर्ने भन्ने अन्योल बढ्ने गरेको थियो । त्यसैले जथाभावी पार्किङ गर्ने सवारी साधनको नम्बर, ठाउँ, मिति र समय पनि स्टिकरमा उल्लेख गरिएको महाशाखाले बताएको छ ।

ह्विल लक खुलाउनको निम्ति स्टिकरमा लेखिएको ट्राफिक प्रहरीको मोबाइल नम्बरमा वा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा चालकले सम्पर्क गर्नु पर्नेछ ।

जथाभावी पार्किङ गरेका सवारी साधनका चालकतर्फका झ्यालमा स्टिकर लगाएर ह्विल लक अभियानलाई थप व्यवस्थित बनाएको महाशाखाले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here