nepal oil corporation

काठमाडौं, पुस- २४

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेललाई सरकारले नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को हिजो बसेको बैठकले पौडेललाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्कालाई बर्खास्त गरेपछि निमित्तको भरमा चलेको निगमलाई नेतृत्व दिन वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धा गराएको थियो ।

प्रतिस्पर्धाका लागि १२ जनाले आवेदन दिएका थिए जसमा १२ जनाबाट ५ जनाको नाम सर्टलिस्टमा राखेको आपूर्ति मन्त्रालयले अनिलकुमार झा, तारानाथ पौडेल र सुरेन्द्र पौडेलको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।

मन्त्रिपरिषद्ले पौडेललाई कार्यकारी निर्देशकमा चयन गरेको हो ।

पौडेल उदयपुर सिमेन्टका महाप्रबन्धक हुन् । पौडेलले उदयपुर सिमेन्टमा तीन वर्षे कार्यकाल पूरा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here