पाल्पा, पुस- २४ ।
पाल्पा जिल्लाको रामपुरमा छिमेकीको हत्या गरी फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
रामपुर नगरपालिका–४ का ५५ बर्षिय भलबहादुर कुमालको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले ३६ वर्षिय मनोज थापालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
थापाले सामान्य विवादमा खुर्पा प्रहार गरी कुमालको हत्या गरेको आरोपमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । मृतक कुमालकी श्रीमती र ५ छोरा रहेका छन् ।