आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

नेपाल इण्डोनेसियालाई ९२ रनले पराजित गर्दै महिला टि–२० स्म्यास क्रिकेट प्रतियोगिताको फाइनलमा

नेपाल इण्डोनेसियालाई ९२ रनले पराजित गर्दै महिला टि–२० स्म्यास क्रिकेट प्रतियोगिताको फाइनलमा

खेलकुद, समाचार
माघ—४, काठमाडौं । इण्डोनेसियालाई सेमिफाइनलमा ९२ रनले पराजित गर्दै नेपाल थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टि–२० स्म्यास क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कूल १२० रनको विजयी लक्ष्य पच्छ्याउने क्रममा मात्र २७ रन बनाउँदा इण्डोनेसिया अल आउट भएको थियो । ओपनर युलियाले सर्वाधिक १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् । उसका चार खेलाडीले खाता खोल्न सकेनन् । नेपालको लागि कप्तान रुबिना क्षेत्रीले तीन, कविता कुँवर, नेरी थापा, सीता रानामगर र सरिता मगरले एक÷एक विकेट लिएका थिए । प्रतियोगितामा नेपाल समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । इण्डोनेसिया समूह ‘बी’को उपविजेता बनेको थियो । एघार रन बनाउँदा इण्डोनेसियाले पहिलो विकेट गुमाएको थियो भने दोस्रो विकेट १९ रन, त्यसपछि आठ रन जोड्ने क्रममा इण्डोनेसियाले आठ विकेटनै गुमाउन पुगेको थियो । ९२ रनको जित...
जन्ती लिएर खुर्कोटतर्फ जादै गरेको बस दुर्घटना हुँदा ३२ जना घाईते

जन्ती लिएर खुर्कोटतर्फ जादै गरेको बस दुर्घटना हुँदा ३२ जना घाईते

समाचार, समाज
माघ—४, दोलखा । आज बिहान जन्ती बोकेको बस दुर्घटना हुँदा दोलखाको तामाकोशी गाउँपालिका–४ मालु जोगीगाउँमा ३२ जना घाईते भएका छन् । स्थानीय जेद्दे मिजारको छोराको विवाहका लागि ४० जनाभन्दा बढी जन्ती लिएर सिन्धुलीको खुर्कोटतर्फ जान लागेको बा२ख ३७६० नम्बरको बस बिहान साढे ४ बजे सडकबाट अन्दाजी ३० मिटर तल खसेको थियो । चालकले स्टार्ट गरेर बस अगाडी बढाउनासाथ बस दुर्घटना भएको हो । १६ जनालाई भने उद्धार गरि उपचारका लागि प्राथमिक स्वास्थ्य चौकी मालु पठाइएको थियो । उनीहरुलाई थप उपचारका लागि चरिकोट ल्याउने तयारी भइरहेको प्रहरीले बताएको छ ।...
नेपालको पहिलो समावेशी म्युजिक अवार्ड, २०१९ को उत्कृष्ट ५ को मनोनयन सार्वजनिक

नेपालको पहिलो समावेशी म्युजिक अवार्ड, २०१९ को उत्कृष्ट ५ को मनोनयन सार्वजनिक

मनोरन्जन, समाचार
माघ—४, काठमाडौं । काठमाण्डौ – नेपालको पहिलो समावेशी अवार्ड नेशनल पावर न्युज म्युजिक अवार्ड २०१९ को उत्कृष्ट ५ को मनोनयन सार्वजनिक गरिएको छ । पावर ईन्टरनेशनल मिडिया नेपाल प्रा.लि.ले आयोजना गरेको नेशनल पावरन्यूज म्यूजिक अवार्ड २०१९ को उत्कृष्ट ५ को आज एक विज्ञप्ती प्रकाशित गरि मनोनय सार्वजानिक गरेको हो । नेपाल भित्र छरिएर रहेका विविध भाषामा तैयार भएका गीत संगीतहरुको प्रवद्र्धनमा सहयोग पुर्याउने उदेश्यले गत वर्ष बाट यस किसिमको अवार्ड कार्यक्रमको आयोजना हुदै आएको कार्यक्रमका संयोजक कमला जोशीले बताएकि छिन् । विज्ञप्तीमा भनिएको छ “नेपाल विविध भाषाको धनी मुलुक भएको र नेपालमा वोलिने सवै भाषा राष्ट्रिय भाषा भएकाले कार्यक्रमले तत् तत् भाषाका सर्जकहरुलाई प्रोत्साहन गर्ने कुरामा आफु ढुक्क रहेका छौं ।” नेशनल पावरन्यूज म्यूजिक अवार्ड–२०१९ को नेपाली मुलभाषा अन्तगर्त (स्वदेशगान, गजल, चलचित्र, आधुनि...
मिस एण्ड मिसेस व्युटिफुल नेपाल, २०१९ को ट्यालेन्ट शो सम्पन्न

मिस एण्ड मिसेस व्युटिफुल नेपाल, २०१९ को ट्यालेन्ट शो सम्पन्न

मनोरन्जन, समाचार
माघ—४, काठमाडौं । राजधानीमा ‘मिस एन्ड मिसेस व्युटिफुल, २०१९ ’ को ट्यालेन्ट शो सम्पन्न भएको छ । दक्ष ईन्टरनेसनल प्रा.ली.को आयोजना संचालित मिस एन्ड मिसेस व्युटिफुलको ट्यालेन्ट राउण्डमा अडिसन मार्फत छनौट भएका मिस तथा मिसेजहरुले करिव एक महिना लामो प्रशिक्षण पश्चात आ- आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । प्रतियोगीहरुले गीत गायन, नृत्य, अभिनय तथा वक्तव्य मार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेको आयोजक संस्थाकी मेनेजिङ डाईरेक्टर दीपा थपलियाले जनाउनुभयो । मिस व्युटिफुलतर्फ वेस्ट ट्यालेन्टको उपाधी सम्पदा अम्गाईले जितिन भने वेस्ट डान्स तर्फ मनिशा श्रेष्ठ, कविता मगर तथा वेदना न्यौपाने विजयी हुँदा वेस्ट एक्टिङको उपाधी गिता शर्माले हात पारिन । त्यसैगरी मिसेज व्युटिफुलतर्फ वेस्ट डान्सको उपाधी ओविका छेत्री र पुजा तामाङले हात पार्दा वेस्ट सिङ्गिङको उपाधी स्मृती पोख्रेलले जितिन । गायक सपन श्र...
महारानी एलिजावेथ द्वितीयकाका पति फिलिप सवारी दुर्घटनामा घाइते

महारानी एलिजावेथ द्वितीयकाका पति फिलिप सवारी दुर्घटनामा घाइते

अन्तराष्ट्रिय, समाचार
माघ—४, लण्डन । बेलायतकी महारानी एलिजावेथ द्वितीयका पति फिलिप सवारी दुर्घटनामा परी घाइते भएका छन् । सवारी दुर्घटनापछि उनलाई उपचारका लागि एक अस्पतालमा लगिएको स्थानीय संचारमाध्यामहरुले जनाएका छन् । फिलिपको अवस्था खतरामुक्त रहेको बताइएको छ । उनको शरीरमा भित्री चोट नरहेको समेत चिकित्सकले जनाएका छन् । ९७ वर्षीय फिलिप सवार मोटर भने पुरै क्षतिग्रस्त भएको छ । दुर्घटनामा अन्य सवारी साधनमा पनि क्षति भएको जनाईएको छ । अन्य केही सवारी साधनका चालक र यात्रुसमेत घाइते भएको अधिकारीहरुले बताएका छन् । (एजेन्सी)...
नेपाली श्रमिक जापान पठाउन नयाँ संयन्त्र स्थापना गरिने

नेपाली श्रमिक जापान पठाउन नयाँ संयन्त्र स्थापना गरिने

आर्थिक, समाचार
माघ—४, काठमाडौं । नेपाल र जापानबिच नयाँ संयन्त्र स्थापना गरी नेपाली श्रमिक पठाउने सहमति भएको छ । नेपाल र जापानी प्रतिनिधिबिच बुधबार काठमाडौँमा सम्पन्न द्विपक्षीय औपचारिक वार्तामा यस्तो सहमति भएको हो । यसका लागि उच्चस्तरको समझदारी छिट्टै गर्न दुवै पक्ष तयार भएका छन् । बैठकमा नेपालले पारदर्शी र प्रतिस्पर्धी पद्धतिबाट उपयुक्त विधि, प्रणाली र संयन्त्रको विकास गरी आप्रवासनका क्षेत्रमा विश्वव्यापी रूपमा स्थापित भएका नविनतम् मान्यता एवं मापदण्ड अनुरूप श्रमिक पठाउने विषयमा जोड दिइएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले नयाँ व्यवस्था अनुरूप जापानमा काम गर्न पाउने वातावरणको सिर्जना गर्न दुवै देशले थप गृहकार्य गर्ने सहमति भएको बताए । बैठकमा जापानी पक्षले आफ्नो अध्यागमन सम्बन्धी संशोधित कानुनी व्यवस्था अनुसार विदेशी श्रमिकको व्यवस्थापन गर्ने सम्बन्ध...
स्वास्थ्य अवस्था गम्भीर भएपछि डा. केसीलाई काठमाडौं ल्याइयो

स्वास्थ्य अवस्था गम्भीर भएपछि डा. केसीलाई काठमाडौं ल्याइयो

समाचार, समाज, स्वास्थ्य
माघ—४, काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सच्याउन माग गर्दै १६ औं अनसन बसिरहेका डा. गोविन्द केसीलाई बिहीबार राति काठमाडौं ल्याइएको छ । धरानबाट गएको विशेष चिकित्सक टोलीले केसीको स्वास्थ्य जटिल भएको भन्दै तत्काल आईसीयू र सीसीयू सुविधा भएको अस्पतालमा लैजान सुझाएका थिे । त्यसलगत्तै काठमाडौंबाट उनको स्वास्थ्य अवस्था बुझ्न ईलाम पुगेका त्रिभुुवन विश्वविद्यालयका पूर्वउपकुलपति तथा चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा कार्यदलका संयोजक केदारभक्त माथेमा, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, अधिकारकर्मी दमननाथ ढुंगानालगायतको टोलीले उनलाई राजधानी ल्याउन पहल थालिएको थियो । प्रा.डा. केसीलाई इलामदेखि झापाको भद्रपुरसम्म एम्बुलेन्समा र त्यहाँबाट नेपाली सेनाको नाइटभिजन हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो । उनलाई अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको आईसीयूमा राखेर उपचार भइरह...
विश्व नै चकित हुनेगरी मुलुकलाई समृद्ध बनाइन्छ : प्रधानमन्त्री ओली

विश्व नै चकित हुनेगरी मुलुकलाई समृद्ध बनाइन्छ : प्रधानमन्त्री ओली

आर्थिक, समाचार
काठमाडौँ, माघ— ३ चोभारस्थित सुक्खा बन्दरगाहको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन् । बिहीबार चोभारमा आयोजित बन्दरगाहको शिलान्यास कार्यक्रममा उनले बन्दरगाहले नेपालको अन्तर्राष्ट्रिय व्यापार सञ्जाललाई जोड्न सहयोग पुग्ने विश्वास समेत व्यक्त गरे । प्रधानमन्त्री ओलीले बन्दरगाह निर्माणपछि काठमाडौंका लागि उपभोग्य वस्तुको अभाव नहुने भन्दै दक्षिण र उत्तरबाट आउने रेलले ल्याउने सामानको भन्डारणकक्षका रुपमा उक्त बन्दरगाह उपयोग हुने बताए । त्यसैगरी प्रधानमन्त्री ओलीले केही वर्षभित्र विश्व नै चकित हुनेगरी मुलुकलाई समृद्ध बनाउने जिकिर समेत गरे । सरकारले चोभारमा सुख्खा बन्दरगाह बनाउने भन्दै शिलान्यास गरेतापनि स्थानीय बासिन्दाले भने बन्दरगाह निर्माणको विरोध गरेका छन् । विरोध प्रदर्शनमा उत्रिएका स्थानीयवासीहरुले प्राकृतिक सौन्दर्य बिग्रिने तथा धार्मिक क्रियाकलापमा प्रभाव पर्ने...
देशैभरी मौसममा बदली, हल्का वर्षा हुने

देशैभरी मौसममा बदली, हल्का वर्षा हुने

समाचार, समाज
काठमाडौँ, माघ— ३ काठमाडौं उपत्यकासहित देशभरको मौसम बिहीबार बदली भएको छ । पश्चिमी वायुको प्रभावले देशभरि नै मौसम बदली भएको मौसमविद् शान्ति कँडेलले बताइन् । अबको एक/दुई दिन देशभरिकै मौसम पूर्णरुपमा खुल्ने सम्भावना नरहेको उनले बताइन् । उपत्यकाको आजको न्यूनतम् तापक्रम ३.२ डिग्री सेल्सियस मापन गरिएको छ । बुधबार उपत्यकाको न्यूनतम् तापक्रम २.९ डिग्री सेल्सियस थियो । राति आकाशमा बादल लागेकाले पृथ्वीबाट बाहिरिने तापक्रमलाई बादलले रोक्ने भएकाले न्यूनतम् तापक्रम नघटेको मौसामविद् कँडेलले बताइन् । उनकाअनुसार राति आकाश खुला भए तापक्रम घट्नेछ । ‘माघ महिना भर्खर सुरु भएकाले अझै तापक्रम घट्ने सम्भावना छ’–उनले भनिन् । देशको मध्य तथा पश्चिमी क्षेत्रका एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । राति देशभरि नै बदली रही अधिकांश भू–भागमा हल्कादे...
किन भयो ‘वासिंटन पोस्ट’ को मुख्य समाचारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजीनामा दिएको विवरण उल्लेख ?

किन भयो ‘वासिंटन पोस्ट’ को मुख्य समाचारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजीनामा दिएको विवरण उल्लेख ?

अन्तराष्ट्रिय, समाचार
वासिंटन, माघ ३ । बुधबार अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस अगाडि केही मानिसले ‘वासिंटन पोस्ट’ अखबार बाँडिरहेका थिए । उक्त अखबारको पहिलो पृष्ठमा मुख्य समाचारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजीनामा दिएको विवरण उल्लेख थियो । एकाबिहानै मानिसले यस्तो समाचारलाई ‘अप्रत्याशित’ मान्नु स्वाभाविकै थियो । र, समाचारको मुख्य शीर्षकमा पनि ‘अप्रत्याशित’ नै लेखिएको थियो । ‘अप्रत्याशित : ट्रम्प ह्वाइट हाउसबाट बिदा, संकट अन्त्य’ शीर्षकको उक्त समाचारले धेरैको ध्यान आकर्षित गर्‍यो । ट्रम्पका विरोधीहरुले खुशी मनाउन थाले । सामाजिक सञ्जालमार्फत समाचार भाइरल बन्यो र विदेशमा पनि ट्रम्पका विरोधीहरु खुशी देखिए । केहीबेरमा वास्तविकता उजागर भयो । कसैले वासिंटन पोस्टका नाममा नक्कल गरेर अखबार प्रकाशित गरेको रहेछ । उक्त अखबारमा मितिसमेत १ मे, २०१९ राखिएको थियो । वासिंटन पोस्टका प्रवक्ताले आ...