अलविदा मन्त्री अधिकारी ! रवीन्द्र अधिकारीको राजनीतिक यात्रा र जीवनी
काठमाडौं— फागुन १५।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जना सवार हेलिकप्टर दुर्घटनामा परेको छ । दुर्घटनामा मन्त्री अधिकारीसहति सबैको मृत्यु भएको छ । एयर डाइनास्टिकको विमान दुर्घटनामा परेको हो ।
लगातार तीन पटक चुनाव जितेका मन्त्री अधिकारी कास्कीका हुन् । लोकप्रिय मतसहति निर्वाचित हुँदै आएका उनी तेस्रो पटक चुनाव जितेपछि मन्त्री बनेका थिए ।
को हुन् मन्त्री अधिकारी ?
२०२६ बैशाख २२ गते आइतबार कास्की जिल्लाको भरतपोखरी गाबिस जामुनाबोटमा आमा लक्ष्मी अधिकारी र पिता इन्द्र प्रसाद अधिकारीका जेष्ठ सुपुत्रको रुपमा जन्मनु भएका रबिन्द्र अधिकारी,आफ्नो गाऊँकै श्री ब्रह्म ज्योति प्रा.बी शान्ति पंधेरा गैरागाऊं बाट प्राथमिक शिक्षा र शान्ति उदय मा.बि.(हालको उच्च माबी) बरपाण्डेथुम बाट माध्यामिक शिक्षा हांसील गर्नु भएको थियो । बुवा इन्द्र प्रसाद अधिकारी माध्यमिक बिद्यालय...









