आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

कैलालीमा बिहेकाे गाडीमा आगजनी, तीनजना पक्राउ

कैलालीमा बिहेकाे गाडीमा आगजनी, तीनजना पक्राउ

अपराध, समाचार, समाज
धनगढी—फागुन ३०। बन्दको समयमा बस चलाएको भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेकपाका कार्यकर्ताले कैलालीको गौरीगंगा नगरपालिका बडैपुरमा जन्ती पुर्‍याएर फर्किएको बसमा आगजनी गरेको छ । भजनीमा जन्ती पुर्‍याएर फर्कने बेलामा राति १ बजे बसमा आगजनी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले जानकारी दिए । विवाहमा गएका ब्याण्डबाजा टोलीका १० जना र चालक, सहचालक गरी १२ जनालाई ओरालेर म १ ख ४४१ नम्बरको बसमा ८–१० जनाको समूहले डिजल छर्केर आगजनी गरेको प्रहरीले जनाएको छ । बन्दले यहाँको जनजीवन निकै प्रभावित भएको छ । प्रदेश राजधानी धनगढी, अत्तरियालगायतका बजारहरु पूर्ण रुपमा बन्द छन् । धनगढीमा मोटरसाइकल र विद्युतीय रिक्सामात्र सञ्चालनमा आएको छ । बिप्लवका तीन जना कार्यकर्ता पक्राउ नेत्रविक्रम चन्द बिप्लव नेतृत्व नेकपाका तीन जना कार्यकर्तालाई कैलालीमा प्रहरीले पक्राउ गरेको ...
साफ महिला च्याम्पियनसिपमा आज बंगालदेश र भुटान भिड्दै

साफ महिला च्याम्पियनसिपमा आज बंगालदेश र भुटान भिड्दै

खेलकुद, समाचार
विराटनगर — फागुन ३०। दुई वर्षअघि फाइनल खेलेको बंगलादेशले बिहीबार कमजोर मानिएको भुटानविरुद्धको खेलमार्फत् पाँचौं साफ वुमेन्स च्याम्पियनसिपको यात्रा सुरु गर्दै छ । च्याम्पियनसिपको तेस्रो दिन सहिद मैदानमा हुने खेलमा बंगलादेशले सफलता हात पार्ने अनुमान गरिएको छ। सन् २०१० को पहिलो साफ महिला च्याम्पियनसिपमा बंगलादेशले भुटानलाई ९-० ले पराजित गरेको थियो। २०१२ को दोस्रो साफमा बंगलादेशले भुटानमाथि १-० को सफलता पाएको थियो। त्यसयता यी दुई टिम साफमा पहिलोपल्ट प्रतिस्पर्धा गर्न लागेका हुन्। बंगलादेश चौथो साफ २०१६ को उपविजेता हो। भुटानले साफको इतिहासमा कुनैपनि खेल जितेको छैन। पहिलो साफ २०१० मा श्रीलंकाविरुद्ध १-१ को बराबरी गरेबाहेक बाँकी सबै खेल उसले हारेको छ। घरेलु टिम नेपालले पहिलो खेलमा भुटानलाई ३-० ले पराजित गरेको थियो। त्यसैले तीन देश सहभागि समूह ‘ए’को प्रतिस्पर्धामा बंगलादेशविरुद्ध हारेक...
सुरक्षा निकायलाई सरकारको निर्देशन–‘हतियारसहित भेटिए गोली हान्नू’

सुरक्षा निकायलाई सरकारको निर्देशन–‘हतियारसहित भेटिए गोली हान्नू’

राजनीति, समाचार
काठमाडौँ —फागुन ३०। सरकारले चन्द समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै प्रदेशभर सुरक्षा सतर्कता बढाइएको छ । सरकारले हतियार बोकेर हिँडेको फेला पारे गोली हान्न सुरक्षा निकायलाई निर्देशन दिएको छ । स्रोतका अनुसार आन्तरिक विज्ञप्तिमार्फत आएको सूचनामा ‘हतियारसहित फेला परे तत्काल फायर खोल्नू’ भनिएको छ । ‘चन्द समूहका कार्यकर्ता हतियारसहित हिँडेको फेला परे घुँडामुनि गोली हान्नेसम्मको निर्देशन छ,’ एक प्रजिअले भने । बिनाहतियार हिँडेको तर नेतृत्वमा रहेको कार्यकर्तालाई जहाँ भेटे पनि पक्राउ गर्न र सामान्य कार्यकर्तामाथि पनि उच्च निगरानी राख्न निर्देश छ । सरक्षाकर्मीलाई आफ्नो ज्यान, हतियार, कार्यालय, युनिटको सुरक्षा रणनीतिसहित सतर्क रहन भनिएको छ । एक डीएसपीका अनुसार हरेक जिल्लाका दुर्गम क्षेक्रमा सुरक्षा जनशत्ति बढाउने, गस्ती जारी राख्ने र विकास एवं सञ्चार संरचनाको सुरक्षामा विशेष सतर्कता राख्न ...
काठमाडौं उपत्यकामा बन्दको आंशिक प्रभाव, सुरक्षा व्यवस्था कडा

काठमाडौं उपत्यकामा बन्दको आंशिक प्रभाव, सुरक्षा व्यवस्था कडा

समाचार, समाज
काठमाडौँ —फागुन ३०। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको आंशिक प्रभाव परेको छ । काठमाडौं उपत्यकामा अघिपछि भन्दा केही पातलो गाडी गुडेका छन् । बजार भने खुलेको छ । उपत्यका बाहिरका मुख्य शहरबजारमा पनि बन्दको केही प्रभाव परेको छ । बन्दलाई निस्तेज पार्न सरकारले उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाएको छ । राजधानीका मुख्य–मुख्य चोकमा बिहानैदेखि जनपथ तथा सशस्त्र प्रहरी परिचालन भएका छन् । पुल, भवन लगायत सार्वजनिक संरचनाको छेउमा सुरक्षाकर्मीको उपस्थिती बाक्लो छ । काठमाडौंको विभिन्न नाका भएर बाहिरिने सवारी साधन आंशिक रुपमा चलेपनि थानकोट भएर बाहिरिने लामो दूरीको सवारीसाधन भने चलेका छैनन् । मंगलबार सरकारले विप्लव समूहमाथि प्रतिबन्द्ध घोषणा गरेको विरोधमा सो पार्टीले आज नेपाल बन्द आह्वान गरेको हो । (ईमेज खबर)...
गैंडाकोटको जयश्री पुलमा फेला परेको शंकास्पद बस्तु सेनाले हटायो

गैंडाकोटको जयश्री पुलमा फेला परेको शंकास्पद बस्तु सेनाले हटायो

अपराध, समाचार, समाज
नवलपुर —फागुन ३०। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोटको जयश्री पुलमा फेला परेको शंकास्पद बस्तुलाई सेनाले हटाएको छ । गएराति ११ बजे ब्यस्त राजमार्गमा उक्त शंकास्पद वस्तु राखिएको हो । यता, विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव नवलपुरमा पनि परेको छ । बन्दका कारण विहानैदेखि लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन चलेका छैनन् । बन्दका कारण जिल्लामा रहेका शैक्षिक संस्था, उद्योग कलकारखाना बन्द रहेका छन् । जिल्लामा अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था पनि कडा पारिएको जिल्ला प्रहरी कार्यलय नवलपुरले जनाएको छ । (ईमेज खबर)...
पोखराको दुई स्थानमा आज बिहान बम भेटियो

पोखराको दुई स्थानमा आज बिहान बम भेटियो

अपराध, समाचार, समाज
काठमाडौँ —फागुन ३०। पोखराको दुई स्थानमा आज बिहान बम फेला परेको छ । पोखरको सभागृह चोकको ट्राफिक डोम र लेखनाथ रंगशाला अगाडि दुईवटा बम भेटिएको हो । प्रहरीले शकांस्पद वस्तु भनेर दावी गरे पनि उक्त वस्तु सकेट बम भएको जनाइएको छ । बमलाई नेपाली सेनाले डिस्पोज गरेको छ । त्यस स्थानमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । नेत्र विक्रम चन्द विप्लवको नेपाल बन्दका कारण पोखराको जनजिवन प्रभावित भएको छ । केही निजी सवारी साधन फट्टफुट्ट चलेको भए पनि सार्वजनिक सवारी साधन चलेका छैनन् । विद्यालय तथा बजार पनि बन्द भएका छन् । (ईमेज खबर)...
सरकार-सीके सम्झौताबारे स्पष्ट पार्न प्रमुख प्रतिपक्षी कांग्रेसको माग

सरकार-सीके सम्झौताबारे स्पष्ट पार्न प्रमुख प्रतिपक्षी कांग्रेसको माग

राजनीति, समाचार
काठमाडौँ —फागुन २९। प्रमुख प्रतिपक्षी कांग्रेसले सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच भएको सहमतिबारे स्पष्ट पार्न माग गरेको छ । कांग्रेसले बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी फागुन २४ गते सरकारले राउतलाई मूलधारको राजनीतिमा ल्याउने भन्दै गरेको सहमतिबारे दुवै पक्षले साझा व्याख्या गर्नु पर्ने माग गरेको हो । पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पृथकतावादी बाटोमा हिंडेका व्यक्ति र समूहलाई मुलुकको अखण्डता स्वीकारेर मुलधारमा आउन सहमत गराउनु स्वागतयोग्य भए पनि सम्झौताको २ नम्बर बुँदामा असन्तुष्टिहरु जनअभिमतबाट समाधान खोज्ने उल्लेखित विषयमा आफूहरुको आपत्ति रहेको जनाए।‘तराई–मधेसलगायत देशका कतिपय स्थानमा रहेका असन्तुष्टिहरुलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत भएका छौं' भन्ने सम्झौताको दोस्रो पंक्तिको साझा व्याख्याा सत्ताप...
राजपाद्वारा संसद अवरुद्ध, माग पूरा नभएसम्म संसद अवरुद्ध गर्ने चेतावनी

राजपाद्वारा संसद अवरुद्ध, माग पूरा नभएसम्म संसद अवरुद्ध गर्ने चेतावनी

राजनीति, समाचार
काठमाडौं—फागुन २९। गिरिशचन्द्रलाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गर्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले बुधबारको संसद बैठक अवरुद्ध गरेको छ । सभामुख कृष्णबहादुर महराले बैठकको कार्वाही सुरु भएको घोषणा गर्न साथ राष्ट्रिय जनता पार्टी, नेपालका सांसदहरुले उठेर बैठक अवरुद्ध पारेका थिए । त्यसपछि सभामुख महराको अनुमतिमा बोल्दै राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजकिशोर यादवले मधेश र थरुहट आन्दोलनको न्यायिक छानविनका लागि गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेसम्म प्रतिनिधिसभा बैठक चल्न नदिने घोषणा गरे । उनले सो आयोगको प्रतिवेदनको सम्बन्धमा गृहमन्त्री रामबहादुर थापाले दिएको जवाफ चित्त नबुझेको बताए । मधेस आन्दोलनको छानविन गर्न गिरिशचन्द्रलालको संयोकत्वमा गठन गरेको आयोगको प्रतिवेदन सार्वजनिक गर्न राजपाले माग गर्दै आएको छ । सरकारले लाला आयोगको प्रतिवेदन सार्वजनिक नगरेसम्म संसद ...
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको काम ४० प्रतिशत सकियो

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको काम ४० प्रतिशत सकियो

आर्थिक, समाचार
पोखरा — फागुन २९। निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको एप्रोन (जहाज चढ्ने र ओराल्ने ठाउँ) को निर्माण सकिएको छ । यतिबेला रनवे, टर्मिनल भवनलगायत संरचना धमाधम निर्माण भइरहेको आयोजनाले जनाएको छ । आयोजना राष्ट्रिय गौरवको हो । आयोजनाका अनुसार ५ हजार ५ सय १९ वर्गमिटरको एप्रोनको निर्माण सकिएको हो । ‘एप्रोनको काम सबै सकिएर अहिले रनवेलगायत अन्य संरचनाको काम भइरहेको छ,’ आयोजनाका इन्जिनियर कृष्णप्रसाद पौडेलले भने, ‘हालसम्म आयोजनाको ३० प्रतिशत भौतिक प्रगति भएको छ ।’ ट्याक्सीवे, रनवे सोल्जरलगायत विमानस्थल क्षेत्रमा विद्युतीकरणका लागि केबुलिङ र लाइटिङको काम पनि भइरहेको छ । २ हजार ५ सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको रनवे निर्माणको काम ४० प्रतिशत पूरा भएको छ । अबको डेढ महिनामा रनवे पूरै तयार हुनेछ । त्यसैगरी तीन महिनाभित्र ट्याक्सीवे निर्माण हुने गरी काम भइरहेको छ । रनवेको दुवैतर्फ सोल्जरक...
ब्रेक्जिट ‘डिल’ संसदबाट फेरिपनि अस्वीकृत, अनिश्चय अझै बढ्यो

ब्रेक्जिट ‘डिल’ संसदबाट फेरिपनि अस्वीकृत, अनिश्चय अझै बढ्यो

अन्तराष्ट्रिय, समाचार
लन्डन —फागुन २९। बेलायती प्रधानमन्त्री टेरेजा मेले युरोपेली सङ्घबाट ब्रिटेन बाहिरिने सम्बन्धमा संसद्मा निर्णयार्थ राखेको प्रस्ताव दोस्रो पटक पनि बहुमत सांसदहरूले अस्वीकार गरी दिएका छन् । गएको राती ब्रिक्जिट बारेको अर्को प्रस्ताव पनि सांसदहरुले अस्वीकार गरे पछि बेलायती प्रधानमन्त्री थेरेसा मेलगायतका नेताहरु । तस्बिर : एएफपी । यसले गर्दा १७ दिन पछि ब्रिटेन ईयूबाट बाहिरिने छ वा छैन भन्ने बारेको अनिश्चय अरू बढेको छ । बेलायती संसद् हाउस अफ कमन्समा मङ्गलवार ३९१ सांसदहरूले प्रस्तावको विपक्षमा मतदान गरे भने २४२ जना सांसदले प्रस्तावको पक्षमा मतदान गरेका थिए । प्रधानमन्त्रीकै दल कन्जरभेटिभका ७५ सांसद र अर्को सत्तारुढ दल डेमोक्रयाटिक युनियनिष्टका १० सांसदले प्रधानमन्त्री मेको विरुद्ध मत हालेका थिए । संसद्मा हारपछि प्रधानमन्त्री मेले भनिन्, ‘सदनले आज राती गरेको निर्णयप्रति मलाई खेद छ त...