आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आजबाट बेरोजगार सूचीकरण गरिँदै

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आजबाट बेरोजगार सूचीकरण गरिँदै

राजनीति, समाचार
काठमाडौँ —चैत १ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगार युवालाई न्यूनतम् रोजगारीको अवसर प्रदान गर्नका लागि आजदेखि बेरोजगार सूचीकरण गरिँदैछ । ७५३ स्थानीय तहमा स्थापना भएको रोजगार सेवा केन्द्रमा खटिएका रोजगार संयोजकले बेरोजगार युवाको लगत संकलन गर्नेछन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले न्यूनतम रोजगारीमा संलग्न भई सार्वजनिक विकास निर्माणका काममा योगदान गर्न इच्छुक बेरोजगार व्यक्तिलाई चैत महिनाभित्र आफूले स्थायी बसोबास गर्दै आएको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा सूचीकृत हुन आग्रह गरेको छ । बेरोजगार युवाले सरकारले तोकेको ढाँचामा आफ्नो वैयक्तिक विवरणसहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुपर्नेछ । वडा कार्यालयबाट संकलित गरिएको बेरोजगारको निवेदन गाउँ तथा नगरसभाले अनुमोदन गरेपछि रोजगार संयोजकले रोजगार सूचना व्यवस्थापन प्रणालीमा प्रविष्ट गर्नेछन् । नेपाल ...
न्यूजिल्याण्डस्थित मस्जिदमा अन्दाधुन्द गोली प्रहार, कयौं हताहत

न्यूजिल्याण्डस्थित मस्जिदमा अन्दाधुन्द गोली प्रहार, कयौं हताहत

अन्तराष्ट्रिय, समाचार
न्यूजिल्याण्ड—चैत १ । न्यूजिल्याण्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा बन्दुकधारीले कयौं हताहत भएका छन् । शुक्रबार नमाज पढ्नका लागि मस्जिदमा भीड बढेको मौका छोपेर हमला भएको हो । हमलामा कतिजना संलग्छन् छन् भन्ने प्रष्ट भइसकेको छैन । केही सञ्चारमाध्यमले कम्तीमा २७ जनाको मृत्यु भएको जनाएका छन् । न्यूजिल्याण्ड भ्रमणमा रहेको बंगलादेशी क्रिकेट खेलाडी समेत मस्जिदमा पुगेका बेला उक्त हमला भएको हो । बंगलादेशी क्रिकेट खेलाडी सुरक्षित रहेको जनाइएको छ । स्थानीय प्रहरी अधिकारी माइक बुशका अनुसार एक जनालाई नियन्त्रणमा लिइएको छ । राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री जेसिन्डा आर्डर्नले अहिलेसम्म स्थिति स्पष्ट नभएको बताएकी छन् । उनले भनिन्, ‘अहिले मैले भन्न सक्ने भनेको आजको दिन न्यूजिल्यान्डको कालो दिनमध्ये एक हुनेछ ।’ (ईमेज खबर/एजेन्सी)...
दोलखामा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

दोलखामा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

समाचार, समाज
दोलखा, —चैत १ । माथिल्लो तामाकोसी आयोजनाका लागि सिनो हाइड्रो कम्पनीले प्रयोग गर्दै आएको बस दोलखामा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । कम्पनीले भाडामा लिएको बा४ख ४५७३ नम्बरको बस आज बिगु गाउँपालिका–१ नयाँ बाटोबाट करिब ३० मिटर तल खसेको दोलखा प्रहरीले जनाएको छ । दुर्घटनामा सुर्खेतको चौकुने गाउँपालिका–३ का ३८ वर्षीय दिनेश थापा र लमजुङ मर्स्याङ्दी गाउँपालिका–३ का ४४ वर्षीय हिराप्रसाद मिजारको मृत्यु भएको हो । बसमा चालकसहित करिब २५ जना मजदुर सवार थिए । दुर्घटनामा १५ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ । (ईमेज खबर)...
निर्मला हत्याप्रकरणमा प्रहरी अधिकृतसहित ६ जनाबाट धरौटी रकम माग

निर्मला हत्याप्रकरणमा प्रहरी अधिकृतसहित ६ जनाबाट धरौटी रकम माग

अपराध, समाचार, समाज
कञ्चनपुर—फागुन ३०। बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त हत्याकाण्ड प्रकरणमा ‘यातना र सार्वजनिक न्याय’ बिरुद्धको कसुरमा कञ्चनपुर जिल्ला आदालतले लाखौँ धरौटी रकम असुल्न आदेश दिएको छ । जिल्ला आदालत कञ्चनपुरका श्रेष्तेदार हरिकृष्ण अवस्थीका अनुसार जिल्ला न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको एकल एजलासले बिहीबार गरेको फैसला अनुसार यातना तथा सार्वजनिक कसुर दुई छुट्टाछुट्टै मुद्दामा प्रतिवादीबाट धरौटी रकम असुल्न आदेश दिएको हो । आदालतले कञ्चनपुरका पूर्व डिएसपी ज्ञान बहादुर सेठी र प्रहरी निरीक्षक एकेन्द्र खड्काबाट यातना मुद्दामा पाँच/पाँच लाख र सार्वजनिक कसुर मुद्दामा चार/चार लाख गरि प्रतिव्यक्ति ९ लाख रुपैयाँ असुल्न आदेश दिएको हो । सार्वजनिक मुद्दा अन्र्तरगत प्रहरी निरीक्षक जगदिश भट्ट चार लाख, प्रहरी नायब निरीक्षकद्वय हरसिंह धामी ३ लाख ५० हजार, राम सिंह धामी तीन ला...
बेलायती सेनामा अब तेस्रो गोर्खा बटालियन निर्माण गरिने

बेलायती सेनामा अब तेस्रो गोर्खा बटालियन निर्माण गरिने

अन्तराष्ट्रिय, समाचार
लन्डन — फागुन ३०। बेलायती सेनामा तेस्रो गोर्खा बटालियन स्थापना हुने भएको छ । बेलायती रक्षा मन्त्रालयका अनुसार सन् २०१९ बाट भर्ती सुरु गरी निर्माण गरिने बटालियन विशेष इन्फेन्ट्री हुनेछ । बेलायतले २०१५ मा प्रकाशित गरेको रक्षा पुनरावलोकन प्रतिवेदनले ५ वटासम्म विशेष बटालियन बनाउन दिएको सुझावअनुसार नयाँ बटालियन स्थापना गर्न लागिएको हो । गत वर्ष नेसनल अडिट अफिसले करिब ८ हजार २ सय सैनिक नपुग भएको प्रतिवेदन पेस गरेको थियो । ‘शताब्दीदेखिको लामो सेवा र बलिदानबाट आफ्नो सीप र बहादुरीका लागि गोर्खा सैनिकले अरू कसैले हासिल गर्न नसकेको इज्जत कमाएका छन्,’ बेलायती रक्षा राज्यमन्त्री मार्क ल्यान्कास्टरले नयाँ बटालियन स्थापनाको घोषणा गर्दै विज्ञप्तिमा भनेका छन् ‘गोर्खाहरूको दक्षता र बेलायतप्रति उनीहरूको दृष्टिकोणका कारण विशिष्ट तेस्रो बटालियन बनाउन उनीहरू नै आदर्श ठहरिएका हुन् ।’ रोयल गोर्खा राइफल्...
मोबाइलमा पब्जी खेल्ने १० जना प्रहरीको फन्दामा

मोबाइलमा पब्जी खेल्ने १० जना प्रहरीको फन्दामा

अन्तराष्ट्रिय, समाचार
काठमाडौँ —फागुन ३०। भारतको गुजरातमा पब्जी खेल खेलेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । मोबाइलमा खेलिने पब्जी खेलमा प्रतिबन्ध लगाएपछि प्रहरीले प्रक्राउ गरेको भने यो पहिलो घटना हो । गुजरात राज्यका विभिन्न जिल्लामा पब्जी खेलले हिंसा निम्त्याएको भन्दै खेल्न प्रतिबन्ध लगाएकाे छ । गस्तीमा निस्किएको प्रहरीले पब्जी खेलेको शंकामा उनीहरुलाई नियन्त्रणमा लिएको जनाइएको छ । ‘हामीले उनीहरुको मोबाइल नियन्त्रणमा लियौँ र जाँच गर्‍यौं,’ सई एनडी दामोर भन्छन्, ‘पब्जी खेलेको पाएपछि हामीले उनीहरुलाई नियन्त्रणमा लिएका हौँ ।’...
इलामको माइपोखरीमा आगलागी, तीन घर जले, नियन्त्रणको प्रयास जारी

इलामको माइपोखरीमा आगलागी, तीन घर जले, नियन्त्रणको प्रयास जारी

समाचार, समाज
इलाम —फागुन ३०। इलामको सन्दकपुर गाउँपालिका–२ माइपोखरीस्थित घरहरुमा आगलागी भएको छ । आगलागीका कारण तीन घर जलेर नष्ट भइसकेको छ भने अन्य घरमा आगो सल्किँदै गरेको स्थानीयले बताएका छन् । आगोले निमदोर्जे शेर्पा, चक्र बहादुर मुखिया, कमल मुखियाको घर जलेर नष्ट भएको छ । लाक्पा शेर्पाको घरमा आगो फैलिरहेको स्थानीय युवराज पीसिले जानकारी दिएका छन् । ती घरहरुमा आधा दर्जन बढी होटल तथा पसलहरु सञ्चालित छन् । नेपाली सेना, प्रहरी र स्थानीयले आगो निभाउने कोशिस गरेपछि आगो नियन्त्रण बाहिर रहेको स्थानीय युवराज पिसीले जानकारी दिए । आगो नियन्त्रणको लागि इलाम नगरपालिकाको दमकल माइपोखरी हिडिँसकेको छ । आगो चक्र मुखियाको भान्साघरबाट सुरु भएको बताइएको छ । (नयाँ पत्रिका)...
दुई हवाईजहाज चार्टर गरेर जन्ती, अधिकांशको पहिलो काठमाडौं भ्रमण

दुई हवाईजहाज चार्टर गरेर जन्ती, अधिकांशको पहिलो काठमाडौं भ्रमण

समाचार, समाज
धनकुटा —फागुन ३०। जन्ती जाँदा गाडी रिजर्भ गरेर जाने चलन सामान्य हो । तर, यहाँका एक व्यक्तिले छोराको जन्ती जानेक्रममा ६९ जन्तीलाई दुई वटा हजाईजहाज चार्टर गरेका छन् । महालक्ष्मी नगरपालिका ९ का नगेन्द्र थापाका छोरा दिनेशको विवाहका क्रममा जीतपुरबाट काठमाडौँमा जन्ती आतेजातेक्रममा बुधवार चार्टर गरिएको प्लेनमा सवार जन्ती । जसमध्ये अधिकांश जेष्ठनागरिक पहिलो पटक काठमाडौँको यात्रामा थिए । महालक्ष्मी नगरपालिका ९ का नगेन्द्र थापाका छोरा दिनेशको विवाहका क्रममा जीतपुरबाट काठमाडौँमा जन्ती आतेजातेका लागि बुधवार हवाईजहाज चार्टर गरिएको हो। जसमा पहिलो पटक काठमाडौँ जाने ४० ज्येष्ठ नागरिकसमेत जन्ती भएर गएका छन्। थापाले आफ्नै निवास रहेको जीतपुरबाट विराटनगर विमानस्थलसम्म तीन वटा गाडीमा जन्ती लगेका थिए। विराटनगरबाट काठमाडौँ गएर साँझ पुनः बुद्ध र सिम्रिक एयर चार्टर गरेर हवाईजहाजमा जन्ती विराटनगर आएको थापा...
वसन्तपुरमा तीन खण्डे ध्वजापतासहितको चीर ठड्याइयाे

वसन्तपुरमा तीन खण्डे ध्वजापतासहितको चीर ठड्याइयाे

समाचार, समाज
काठमाडौँ —फागुन ३०। काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा बिहीबार बिहान रंगीविरंगी कपडाहरुको ध्वजापतासहितको तीन खण्डे होलीको चीर ठड्याइएको हो । चीर ठड्याएसँगै काठमाडौंलगायत मुलुकभर औपचारिक रुपमा होली पर्व सुरु भएको मानिन्छ । होली पर्वको शुभारम्भ भएको जनाऊ दिन बसन्तपुरमा चीर ठड्याउने गरिएको धालासिक्व मानन्धर सनाः गू खलःका सचिव मदनरत्न मानन्धरले जानकारी दिए । बिहीबार बिहान ११ : ५५ मिनेटको साइतमा वसन्तपुरस्थित हनुमानढोका दरबारको दक्षिण पटाङगिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा ३२ फुट उचाईको तीन खण्डे गजुर जस्तो देखिने रंगीविरङगी चीर ठड्याइएको हो । चीर ठड्याएपछि गुर्जुको पल्टनबाट हर्षबढाई गरिएको थियो । (नयाँ पत्रिका)...
देशभर मौसम बदली : हल्का वर्षाको सम्भावना

देशभर मौसम बदली : हल्का वर्षाको सम्भावना

समाचार, समाज
काठमाडौँ —फागुन ३०। पश्चिमी वायुको प्रभावले बिहीबार देशभर मौसम बदली रही पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । मंगलबारदेखि भित्रिएको पश्चिमी वायुको प्रभावले देशको पश्चिमी तथा मध्य भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुजन सुवेदीले बताए । उनका अनुसार यसको प्रभाव आज रातिसम्म कायम रहने छ । बिहीबार बेलुकादेखि फेरि नयाँ प्रणालीको विकास भई पश्चिमी भूभागको केही स्थानमा मौसम प्रभावित हुनेछ । पहाडी भेगबाहेक अन्य क्षेत्रमा भने तत्काल ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद् सुवेदीले औँल्याए । शुक्रबार देशको पश्चिमी भूभागमा सामान्यतया मौसम बदली रही उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै शनिबार बिहानीपख देशको ...