आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

खेलकुद

ईपिएल  क्रिकेटको तयारी पूरा, विश्वस्तरीय खेलाडीहरु नेपालमा

ईपिएल क्रिकेटको तयारी पूरा, विश्वस्तरीय खेलाडीहरु नेपालमा

खेलकुद
काठमाडौं,मंसिर-२०। एभरेष्ट प्रिमियर लिग (ईपिएल) क्रिकेटको दोस्रो संस्करण काठमाडौंमा शनिवार देखि सुरु हुँदैछ । लिगको सम्पूर्ण तयारी पूरा भएको आयोजकले बताएको छ । शनिवार हुने उद्घाटन खेलमा ललितपूर प्याट्रिएट्सले विराटनगर वारियर्ससँग भिड्ने छ । यसपटक पनि लिगमा ६ टिमले प्रतिस्पर्धा गर्दैछन् । यी ६ टोलीहरुमा काठमाडौं किङ्ग्स, ललितपूर प्याट्रिएट्स, पोखरा राईनोज, चितवन टाईगर्स, भैरहवा ग्ल्याडिएटर्स र विराटनगर वारियर्स छन् । ईपिएल क्रिकेटमा सहभागि हरेक टोलीमा तिन जना विदेशी खेलाडी समावेश अनिवार्य गरिएको छ । यसपटक ईपिएलकै लागि आयरल्याण्डका केभिन ओब्रायन, हङकङका बाबर हयात र अंशुमान राथ, युएईका रोहन मुस्तफा, भारतका गौरब तमोर र सन्नी पटेल, नेदरल्याण्ड्सका रायन टेन डोच्टे, स्कटल्याण्डका केली कोट्जर, दक्षिण अफ्रिकाका रिचार्ड लेभी लगायतका विश्वस्तरिय खेलाडी काठमाडौं आउँदैछन् । टेस्ट तथा...
विमल बेल्जियम प्रस्थान गर्दै गर्दा  किरण भने काठमाडौंमा

विमल बेल्जियम प्रस्थान गर्दै गर्दा किरण भने काठमाडौंमा

खेलकुद, समाचार
काठमाडौं, मंसिर-१९ । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य विमल घर्ती मगर बुधबार बेल्जियमतर्फ प्रस्थान गरेका छन् । बेल्जियमको दोस्रो डिभिजनको क्लबमा ‘ट्रायल’ दिन विमल १० हप्ताका लागि बेल्जियमतर्फ प्रस्थान गरेका हुन् । ट्रायलमा सफल भएको खन्डमा विमललाई सोही क्लबले अनुबन्ध गर्ने छ । काठमाडौंमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विमल च्यासल युथ क्लबमा आबद्ध रहेका थिए । च्यासलबाट पाँचौं चरणका खेलसम्म खेलेका विमल क्लबसँगको करार रद्द गर्दै बेल्जियमतर्फ प्रस्थान गरेका हुन् । विमलको कप्तानीमा नेपालले सन् २०१५ मा १९ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधी जितेको थियो । गोलकिपर किरण चेम्जोङ फर्किए नेपाली राष्ट्रिय फुटबल टोलीका पहिलो रोजाइका गोलकिपर रहदै आएका किरण चेम्जोङ माल्दिभ्सको लिग खेलेर स्वदेश फर्किएका छन् । बुधबार काठमाडौं आइपुगेका किरणलाई शहिद स्मारक ‘ए’ डिभिजन लिगमा अनु...
१५औँ खेलमा रोकियो पिएसजीको जितको शृङ्खला

१५औँ खेलमा रोकियो पिएसजीको जितको शृङ्खला

खेलकुद, समाचार
काठमाडौं, मंसिर १८ । पेरिस सेन्ट जर्मेन (पिएसजी)को फ्रेन्च लिग वानमा लगातार जितको शृङ्खला १५औँ खेलमा पुगेर अन्त्य भएको छ । १४ औं खेलसम्म लगातार जित निकालेको पिएसजी बार्डोसँग २–२ गोलको बराबरीमा रोकियो । युरोपकै सबैभन्दा खर्चिलो तथा स्टार खेलाडीले भरिएको पिएसजीलाई बार्डोले २–२ को बराबरीमा रोके पनि शीर्षस्थानमा उसको फराकिलो अग्रता कायम छ । पिएसजीले लिगमा दोस्रो स्थानमा रहेको मोन्टफेलियर संग स्पष्ट १४ अंकको अग्रता लिएको छ । पिएसजीले १५ खेलबाट सर्वाधिक ४३ अंक बटुलेको छ । यसक्रममा पिएसजीले १४ जित र १ बराबरी खेलेको छ । दोस्रो स्थानमा रहेको मोन्टफेलियरले भने १५ खेलबाट २९ अंक जोडेको छ । मोन्टफेलियरले ८ जित, ५ बराबरी तथा २ हारको सामना गरेको छ । तेस्रो स्थानमा रहेको लियोनको २८ अंक छ । लोस्क २७ अंकका साथ चौथो स्थानमा छ ।...
जिदान अब छिट्टै प्रशिक्षणमा फर्कने संकेत

जिदान अब छिट्टै प्रशिक्षणमा फर्कने संकेत

खेलकुद, समाचार
काठमाडौं, मंसिर १६। रियल म्याड्रिडलाई लगातार तीनपटक युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको उपाधि दिलाउन सफल जिनेदिन जिदानले फेरि प्रशिक्षणमा फर्कने संकेत देखाएका छन् । रियललाई च्याम्पियन्स लिगको इतिहासमै ह्याट्रिक गर्दै लगातार तिनपटक उपाधी दिलाएको दुई दिनपछि नै प्रशिक्षकबाट उनले राजीनामा दिएका थिए । जिदानले अचानक रियल छाड्नुको कारण अहिलेसम्म कसैलाई केहि बताएका छैनन् । त्यसपश्चात जिदान कुनै पनि क्लबसँग अनुबन्धित भएका छैनन । तर, उनका छोरा इन्जो जिदानले भने आफ्नु पिता चाँडै नै प्रशिक्षणमा फर्कने जनाएका छन् । जिदान युनाइटेडमा जान सक्ने संकेत एकै क्लबमा लामो समय बस्न नहुने धारणा राख्ने जिदान अब भने इंग्लिस प्रिमियर लिग म्यानचेस्टर युनाइटेडसँग आबद्ध हुन सक्ने इन्जोले बताएका छन् । ‘सम्भवत बुबा (जिदान) म्यानचेस्टर युनाइटेडसँग आबद्ध हुन सक्नुहुनेछ’, छोरा इन्जोल भने । अहिले इन्जो स्पे...
पारा तेक्वान्दो प्रतियोगितामा नेपाल ६ वटा गोल्ड मेडल जित्न सफल

पारा तेक्वान्दो प्रतियोगितामा नेपाल ६ वटा गोल्ड मेडल जित्न सफल

खेलकुद, समाचार
छैठौ अन्तर्राष्ट्रिय तथा प्रथम पारा तेक्वान्दो प्रतियोगितामा नेपालले ६ वटा गोल्ड मेडल जित्न सफल भएको छ । भारतको देहरादुनमा भएको प्रतियोगितामा नेपालको तर्फबाट सहभागि भएका शशिराम विक, वरुण शाह, प्रणव शाह, रोशन खड्गी, आशुतोष मल्ल र सुशिल ओलीले गोल्ड मेडल जितेका हुन् । यस्तै दिलिप ओलीले दोश्रो स्थान हाँसिल गर्नुभएको टिम कोच नन्दा बस्यालले जानकारी दिनुभयो । टिम कोच बस्यालले आठ देशका चार सय ५० जना खेलाडि सहभागि भएको प्रतियोगितामा नेपालबाट आफूसहित आठ जना सहभागि भएको बताउनुभयो । उहाँका अनुसार देशको प्रतिनिधित्व गरी जाने सवै खेलाडि कर्णाली प्रदेशका विभिन्न जिल्लाका हुन् ।...
महिला साफ च्याम्पियनसिपः विराटनगरमा फागुनबाट

महिला साफ च्याम्पियनसिपः विराटनगरमा फागुनबाट

खेलकुद, समाचार
विराटनगर, मंसिर १४ । महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको पाँचौ संस्करण यही फागुन अन्तिम साताबाट विराटनगरमा हुने तय भएको छ । आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रेस विज्ञप्ति निकाल्दै फागुन २८ देखि चैत ८ गतेसम्म विराटनगरमा साफ च्याम्पियनसिप फुटबल आयोजना गर्ने बताएको छ । विराटनगरस्थित शहिद रंगशालामा प्रतियोगिता हुने यसअघि नै निर्णय भईसके पनि मिति भने तोकिएको थिएन । ओमानको मस्कटमा भएको साफ राष्ट्रको भेलाले प्रतियोगिताको मिति तय गरेको एन्फाले जनाएको छ । महिला साफमा नेपालसहित, भारत, श्रीलंका, भुटान, माल्दिभ्स र बंगलादेशले प्रतिस्पर्धा गर्ने छन् । यसअघि महिला साफ श्रीलंकामा हुने तय भए पनि श्रीलंकाले अन्तिम समयमा प्रतियोगिता आयोजना गर्न नसक्ने जनाएपछि नेपालले यो अवसर पाएको हो ।...
ए डिभिजन लिगमा  पुलिस क्लवद्वारा एनआरटी ३-० ले पराजित

ए डिभिजन लिगमा पुलिस क्लवद्वारा एनआरटी ३-० ले पराजित

खेलकुद, समाचार
काठमाडौं, मंसिर १४ । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत पाँचौ चरणका खेल आजबाट सुरु भएका छन् । लिगको पाँचौ चरणको पहिलो खेलमा पुलिस क्लबले एनआरटीलाई ३–० गोल अन्तरले पराजित गरेको छ । एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको खेलमा पुलिसलाई विजयी गराउन निरकुमार राईले दुई तथा अभिषेक रिजालले एक गोल गरे । जारी  ए डिभिजन लिगमा पुलिस क्लबको यो तेस्रो जित हो भने एनआरटीको चौथो हार । लिगमा ५ खेलबाट १० अंक जोडेको पुलिस क्लब अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।...
टी-१० क्रिकेटमा लामिछानेको लगातार खराव प्रदर्शन

टी-१० क्रिकेटमा लामिछानेको लगातार खराव प्रदर्शन

खेलकुद, समाचार
यूएई, मंसिर १४ । यूएईमा जारी टी–१० लिगमा नेपाली खेलाडी सन्दीप लामिछानेले फेरिपनि लगातार आफ्नो दोस्रो खेलमा खराब प्रदर्शन गरेका छन् । लामिछानेको टोली केरला किंग्स हिजो भएको पाँचौ खेलमा नर्दन वारियर्ससँग ८ विकेटले पराजित भयो । खेलमा केरलाले प्रस्तुत गरेको १०२ रनको लक्ष्य वारियर्सले ७ ओभर २ बलमा २ विकेटको क्षतिमा भेट्यायो । लामिछानेले समग्रमा २ ओभरमा ४७ रन खर्चिए । यसअघि चौथो खेलमा पनि उनले पञ्जावी लिजेन्ड्सविरुद्ध २ ओभरमा २८ रन खर्चिएका थिए । यो हारसँगै केरलाको अघिल्लो चरण प्रवेशको अंकगणीतीय सम्भावना बाँकी रहे पनि व्यवहारिक रुपमा भने निकै कमजोर देखिएको छ ।...
सिजन मिडियाको आयोजनामा अन्तर  कलेज प्लस टू फुटसल प्रतियोगिता आयोजना हुदै

सिजन मिडियाको आयोजनामा अन्तर कलेज प्लस टू फुटसल प्रतियोगिता आयोजना हुदै

खेलकुद, समाचार
काठमाडौं, मंसिर १२ –विगत १० वर्षदेखि राजधानीमा निरन्तर रूपमा शिक्षा मनोरञ्जन तथा सामाजिक श्रेत्रमा विभिन्न सौदर्य प्रतियोगिता फेशन सोलगायतका विभिन्न कार्यक्रम गर्दै आएको सिजन मिडियाले यस वर्षदेखि काठमाडौं, ललितपुर र भक्तपुरका १० जोड दुईमा अध्ययनरत विद्यार्थीहरूलाई मध्यनजर राख्दै अन्तर  कलेज प्लस टू फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।साे प्रतियोगितामा सहभागी जनाउनका लागि कक्षा ११ वा १२ मा अध्ययनरत छात्रहरूको अाठ जनाको समूहले सिजन मिडियाको कार्यालयमा आएर आवेदन फारम भर्न सकिने व्यवस्था रहेको संस्थाका कार्यक्रम व्यवस्थापक रेजिना तुलाधरले जानकारी दिएकी छन् । उक्त प्रतियोगितामा प्लस टूमा अध्ययनरत विद्यार्थीहरूले कलेजको परिचयपत्र तथा एक प्रति पासपोर्ट सार्इजको फोटो र रु. सात हजार रुपैयाँ तिरेर यहीँ अाउँदाे पुस २० गतेसम्म आफ्नो कलेजको फुटसल टीम दर्ता गर्न सक्ने जनाएकाे छ । प्रतियोगिताको उद्घाट...
च्याम्पियन्स लिग फुटबलमा अन्तर्गत अरु चार टोली नक आउट चरणमा प्रवेश गर्ने थप चार टोलि टुङ्गो लाग्यो

च्याम्पियन्स लिग फुटबलमा अन्तर्गत अरु चार टोली नक आउट चरणमा प्रवेश गर्ने थप चार टोलि टुङ्गो लाग्यो

खेलकुद, समाचार
काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा गए रातिका खेलहरुपछि अरु ४ टोली नक आउट चरणमा प्रवेश गरेका छन् । पाँचौ चरणका खेल पश्चात जर्मनीको बोरुसीया डर्टमण्ड र शाल्का, स्पेनको एथ्लेटिको मड्रिड र पोर्चुगलको एफ.सी पोर्टोले अन्तिम १६ मा आफ्नो ठाँउ पक्का गरेका छन । लिगका एक खेल मात्रै बाँकी छँदा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पि.एस.जी) र इंग्लण्डको टोटनह्याम हट्सपरले पनि महत्वपूर्ण जित हासिल गरे । गएराती भएको खेलमा स्पेनको एथ्लेटिको मड्रिडले फ्रान्सको मोनाकोलाई २–० ले पराजित गर्दा यही समुहको अर्को खेलमा जर्मनीको बोरुसीया डर्टमण्ड र बेल्जीयमको क्लब ब्रुजले गोलरहित बराबरी खेले । एता समुह बि को खेलमा स्पेनको बार्सीलोनाले नेदरल्याण्ड्सको पि.एस.भि.लाई २–१ ले हराउँदा इंग्लण्डको टोटनह्याम हट्सपरले ईटालीको ईन्टर मिलानलाई १–० ले पाखा लगायो । यहि समुहबाट बार्सीलोना भने यसअघि नैं राउण्ड अफ...