sandeep lamixane on psl league

यूएई, मंसिर १४ ।
यूएईमा जारी टी–१० लिगमा नेपाली खेलाडी सन्दीप लामिछानेले फेरिपनि लगातार आफ्नो दोस्रो खेलमा खराब प्रदर्शन गरेका छन् ।

लामिछानेको टोली केरला किंग्स हिजो भएको पाँचौ खेलमा नर्दन वारियर्ससँग ८ विकेटले पराजित भयो । खेलमा केरलाले प्रस्तुत गरेको १०२ रनको लक्ष्य वारियर्सले ७ ओभर २ बलमा २ विकेटको क्षतिमा भेट्यायो ।

लामिछानेले समग्रमा २ ओभरमा ४७ रन खर्चिए । यसअघि चौथो खेलमा पनि उनले पञ्जावी लिजेन्ड्सविरुद्ध २ ओभरमा २८ रन खर्चिएका थिए ।

यो हारसँगै केरलाको अघिल्लो चरण प्रवेशको अंकगणीतीय सम्भावना बाँकी रहे पनि व्यवहारिक रुपमा भने निकै कमजोर देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here