football nepal police club

काठमाडौं, मंसिर १४ ।

सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत पाँचौ चरणका खेल आजबाट सुरु भएका छन् । लिगको पाँचौ चरणको पहिलो खेलमा पुलिस क्लबले एनआरटीलाई ३–० गोल अन्तरले पराजित गरेको छ ।

एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको खेलमा पुलिसलाई विजयी गराउन निरकुमार राईले दुई तथा अभिषेक रिजालले एक गोल गरे ।

जारी  ए डिभिजन लिगमा पुलिस क्लबको यो तेस्रो जित हो भने एनआरटीको चौथो हार । लिगमा ५ खेलबाट १० अंक जोडेको पुलिस क्लब अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here