bimal gharti magar and kiran chemjong

काठमाडौं, मंसिर-१९ ।
नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य विमल घर्ती मगर बुधबार बेल्जियमतर्फ प्रस्थान गरेका छन् ।

बेल्जियमको दोस्रो डिभिजनको क्लबमा ‘ट्रायल’ दिन विमल १० हप्ताका लागि बेल्जियमतर्फ प्रस्थान गरेका हुन् ।

ट्रायलमा सफल भएको खन्डमा विमललाई सोही क्लबले अनुबन्ध गर्ने छ ।

काठमाडौंमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विमल च्यासल युथ क्लबमा आबद्ध रहेका थिए । च्यासलबाट पाँचौं चरणका खेलसम्म खेलेका विमल क्लबसँगको करार रद्द गर्दै बेल्जियमतर्फ प्रस्थान गरेका हुन् ।

विमलको कप्तानीमा नेपालले सन् २०१५ मा १९ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधी जितेको थियो ।

गोलकिपर किरण चेम्जोङ फर्किए

नेपाली राष्ट्रिय फुटबल टोलीका पहिलो रोजाइका गोलकिपर रहदै आएका किरण चेम्जोङ माल्दिभ्सको लिग खेलेर स्वदेश फर्किएका छन् ।

बुधबार काठमाडौं आइपुगेका किरणलाई शहिद स्मारक ‘ए’ डिभिजन लिगमा अनुबन्ध गर्न केही क्लबहरु इच्छुक रहेको स्रोतले जनाएको छ ।

किरणको टिमले माल्दिभ्सको लिग जित्दा किरणले उत्कृष्ट गोलकिपरको उपाधि समेत पाएका थिए । सो लिग सिजनभर उनले जम्मा ५ गोलमात्रै खाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here