विश्वकप छनोटका लागि नेपाली राष्ट्रिय टोलीको अन्तिम सूची सार्वजनिक
नेपाली राष्ट्रिय टोलीको अन्तिम ‘२३’ सदस्यीय टोलीको सूची सार्वजनिक भएको छ।
फिफा विश्वकप तथा एसियन छनोटका बाँकि खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले कुवेत भ्रमण गर्ने अन्तिम टोलीको घोषणा गरेका छन्। बन्द प्रशिक्षणमा रहेका ३२ खेलाडीबाट प्रशिक्षक अल्मुताइरीले २३ खेलाडी छनोट गरेका हुन्। उनले टोली छनोटमा केही अप्रत्याशित तथा ‘बोल्ड’ निर्णयहरु गरेको देख्न सकिन्छ।
राष्ट्रिय टोलीका नियमित नामहरूमा भरत खवास, रञ्जित धिमाल, रविशंकर पासवान र दर्शन गुरुङ जस्ता खेलाडी २३ सदस्यीय टोलीमा पर्न असफल भएका छन्। त्यस्तै अमित तामाङ, सेसेहाङ आङदेम्बे, निशान खड्का, विवेक बस्नेत र नितिन थापा पनि टोलीमा नअटाएको देख्न सकिन्छ।
अल्मुताइरीले सुरज जिउ ठकुरी, मनिष डाँगी, कमल थापा, गौतम श्रेष्ठ र आयुष घलानलाई पहिलो पटक नेपाली टोलीमा समावेश गरेका छन्।
त्यस्तै उनले ‘लेफ्ट ब्याक’ सुमन अर्याललाई ...









