आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

खेलकुद

नेपाली पार्कर खेलाडी दिनेश सुनारद्वारा अमेरिकाबाट पाँचौँ विश्व किर्तिमान राख्न सफल

नेपाली पार्कर खेलाडी दिनेश सुनारद्वारा अमेरिकाबाट पाँचौँ विश्व किर्तिमान राख्न सफल

खेलकुद, समाचार
किर्तिमानी नेपाली पार्कर खेलाडी दिनेश सुनारले अमेरिकाबाट पाँचौँ पार्कर विश्व किर्तिमान राख्न सफल भएका छन् । खोटाङको अति विकट गाउँ खाम्तेल कामीडाँडामा जन्मेका दिनेश नेपालको नाम विश्वमा चिनाउँदै पार्कर खेलाडीको रूपमा आफ्नो र देशको नाम इतिहास रच्न सफल भएका छन। चार पटकको आफ्नै रेकर्ड तोड्दै पाँचौँ पटक ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा नाम लेखाउन सफल भएका छन् । सानैदेखि गाउँमा उफ्रिने उल्टीमार्ने गर्दै पछि पार्कर खेलाडीका रूपमा आफूलाई विश्वका सामु चिनाउनु सफल भएका हुन। ‘मस्ट ट्वि’स्टिङ ब्याक फिलिप्स अफ द वाल इन वन मिनट’ टाइटलमा पहिलोपटक गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराएका दिनेशले गिनिज बुकमा नाम दर्ता गराउन ‘न्यूनतम १५ पटकसम्म गर्नुपर्ने उल्लेख थियो, तर उनले १८ पटकसम्म गरेको थिए। दिनेशले निरन्तरको रेकर्ड हासिल गर्दै पछिल्लोपटक जीपी फाउन्डेसन र ब्यालेन्स ग्रुप अफ कम्पनी अमेरिकाको स...
जापानको टोकियोमा आयोजना हुने ओलम्पिक खेलको उद्घाटन समारोहमा नेपालको झण्डा पौडी खेलाडी गौरीका सिंहले बोक्ने

जापानको टोकियोमा आयोजना हुने ओलम्पिक खेलको उद्घाटन समारोहमा नेपालको झण्डा पौडी खेलाडी गौरीका सिंहले बोक्ने

अन्तराष्ट्रिय, खेलकुद, समाचार
जापानको राजधानी टोकियोमा आयोजना हुने ओलम्पिक खेलको उद्घाटन समारोहमा नेपालको झण्डा पौडी खेलाडी गौरीका सिंहले बोक्नु हुने भएको छ । नेपाल ओलम्पिक कमिटीले नेपाल यात्रा कार्यक्रममार्फत आज टोकियो ओलम्पिकमा नेपालको झण्डा बोक्ने खेलाडीको नाम सार्वजनिक गरेको हो । टोकियो ओलम्पिकमा नेपालबाट चार खेलका पाँच खेलाडीले सहभागिता जनाउनुहुने छ । सिंहले दोस्रो पटक ओलम्पिक खेल्न लाग्नुभएको हो भने अन्य चार खेलाडी पहिलो पटक ओलम्पिकमा सहभागी बन्दैछन् । उहाँले सन् २०१६ मा रियो ओलम्पिकमा सहभागिता जनाउनुभएको थियो । नेपालमा आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकूद (साग)मा सिंहले पौडीमा चार स्वर्ण, दुई रजत र तीन कांस्य पदक प्राप्त गर्नुभएको थियो । टोकियो ओलम्पिकमा सिंहसहित पौडीबाट एलेक्स शाह, एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार तथा जुडोकी सोनिया भट्टले सहभागिता जनाउनु हुनेछ । सिंहले महिला १०० सय फ्रि...
कोपा अमेरिकाको फाइनल खेलमा ब्राजिल विरुद्ध अर्जेन्टिनाले १-०ले जित हासिल

कोपा अमेरिकाको फाइनल खेलमा ब्राजिल विरुद्ध अर्जेन्टिनाले १-०ले जित हासिल

अन्तराष्ट्रिय, खेलकुद, समाचार
कोपा अमेरिकाको फाइनल खेलमा ब्राजिल विरुद्ध अर्जेन्टिनाले १-०ले जित हासिल गरेको छ । ब्राजिलको रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा भएको फाइनल खेलमा होम ग्राउन्डमै ब्राजिलले हार बेहोर्नु परेको छ । अर्जेन्टिना लाई अग्रता दिलाउँदै डी मरियाले खेलको २१ औ मिनेटमा गरेको सर्प्राइज गोलले नै अर्जेन्टिनालाई कोपा अमेरिकाको यो सिजनको बिजेता बनाएको हो । डी पाउलको पासमा एंगेल डी मारियाले गोल गरेका थिए । कोपा अमेरिकाको यस सिजनमा यो त्यस्तो पहिलो गोल साबित भएको छ जसमा मेस्सीले  कुनै योगदान गर्न पाएनन । यो बिजय संगै मेस्सीले २८ बर्ष पछी देशलाई बिजेता बनाएको जस पाउने छन । ...
इङ्ल्यान्डले डेनमार्कलाई २-१ गोलले पराजित गर्दै फाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्ने

इङ्ल्यान्डले डेनमार्कलाई २-१ गोलले पराजित गर्दै फाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्ने

अन्तराष्ट्रिय, खेलकुद, समाचार
जारी युरो कप २०२० अन्तर्गत दोस्रो सेमी फाइनल खेलमा इङ्ल्यान्डले डेनमार्कलाई २-१ गोलले पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ। इङ्ल्यान्डको घरेलु मैदान ‘वेम्बली’ मैदानमा भएको दोस्रो सेमी फाइनल खेलमा दुवै टोलीले शुरुवाती मिनेटदेखि नै निकै प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरेका थिए। ६० हजार दर्शक माझ खेलिएको सो खेलमा डेनमार्कले अग्रता लिन सफल भयो। ड्यानीस युवा खेलाडी डाम्सगार्डले खेलको पहिलो गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए। पहिलो हाफको ३०औं मिनेटमा डेनमार्कले पाएको ‘फ्रि-किक’लाई डाम्सगार्डले उत्कृष्ट तरिकाले गोलमा परिणत गरेका थिए। यस प्रतियोगितामा इङ्ल्यान्डले आफ्नो पोस्टमा हुन दिएको यो पहिलो गोल रह्यो। तर डेनमार्कको अग्रता १० मिनेटसम्म पनि टिकेन। घरेलु टोली इङ्ल्यान्डका कप्तान ह्यारी केनले खेलको ३९औं मिनेटमा शानदार ‘थ्रु बल’ निकाले। सोही बलमा बूकायो साकाले निकालेको क्रस ड्यान...
जारी युरो कप २०२० अन्तर्गत इटालीले बेल्जियमलाई २-१ गोलले पराजित

जारी युरो कप २०२० अन्तर्गत इटालीले बेल्जियमलाई २-१ गोलले पराजित

अन्तराष्ट्रिय, खेलकुद, समाचार
जारी युरो कप २०२० अन्तर्गत शुक्रवार राती भएको दोस्रो क्वार्टर फाइनल खेलमा इटालीले बेल्जियमलाई २-१ गोलले पराजित गरेको छ। जर्मनीको म्युनिखस्थित ‘एलियान्ज एरेना’मा भएको खेलमा चार पटक विश्वकप विजेता इटालीले शानदार खेलको नमुना पस्कियो। पहिलो हाफको १३औं मिनेटमा नै इटालीले गोल गर्न पुगेको थियो तर लियोनार्डो बोनुचि अफसाइड हुँदा सो गोललाई ‘भी.ए.आर.’ले खारेज गरिदियो। त्यसपछि इटालीले खेलको ३१औं मिनेटमा पुनः गोल गर्यो। र यस पटक भने गोल मान्य पनि भयो। इटालियन मिडफिल्डर निकोलो बरेलाले शानदार फुटवर्क देखाउँदै सुन्दर गोल गर्दा इटालीले खेलमा अग्रता लियो। पहिलो हाफमा निकै बलियो देखिएको इटालीले ४४औं मिनेटमा अग्रता दोब्बर बनायो। इटालियन फरवार्ड लोरेन्जो इन्सिन्याले सोलो गोल गरे। उनले बेल्जियमका युरी तिलीमान्सलाई सजिलै बिट गरेर ‘डी-बक्स’ बाहिरबाट प्रहार गरेको शटले बेल्जियमको पोस्टको ‘राईट टप कर्नर’ च...
बेल्जियम क्वाटरफाइनलमा,पोर्चुगल बाहिरियो

बेल्जियम क्वाटरफाइनलमा,पोर्चुगल बाहिरियो

अन्तराष्ट्रिय, खेलकुद, समाचार
आइतबार राति भएको प्रि-क्वाटरफाइनलमा साबिक विजेता पोर्चुगललाई १-० गोल अन्तरले पराजित गर्दै बेल्जियम अन्तिम आठमा पुगेको छ भने साबिक विजेता पोर्चुगल अन्तिम १६ बाटै बाहिरिएको छ । बेल्जियमका लागि खेलको ४२ औँ मिनेटमा थोर्गन हाजार्डले  गोल गरेका हुन् । यससँगै बेल्जियम क्वाटरफाइनलमा पुग्ने चौंथो टिम बनेको छ । बेल्जियमले क्वाटरफाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । ...
अस्ट्रियालाई २-१को गोल अन्तरले पराजित गर्दै इटाली क्वाटर फाइनलमा

अस्ट्रियालाई २-१को गोल अन्तरले पराजित गर्दै इटाली क्वाटर फाइनलमा

अन्तराष्ट्रिय, खेलकुद, समाचार
अस्ट्रियालाई पराजित गर्दै इटाली जारी युरो कपको अन्तिम आठमा पुगेको छ । शनिवार राती भएको खेलमा अस्ट्रियालाई २-१को गोल अन्तरले पराजित गर्दै इटाली क्वाटर फाइनलमा पुगेको हो । इटालीलाई जित दिलाउन फेडरिको चिसा र माटियो पेसिनाले एक एक गोल गरेका थिए भने अस्ट्रियाका सासा कलाडिज्कले एक गोल फर्काए का थिए । कडा र रोचक प्रतिस्पर्धा भएको खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएको थियो । अतिरिक्त समयमा इटालीले दुई गोल गर्‍यो भने अस्ट्रियाले एक गोल फर्काउन सफल भयो । यससँगै इटाली क्वाटर फाइनलमा पुग्ने दोस्रो टिम बनेको छ भने अस्ट्रिया भने प्रतियोगिताबाट बाहिरिएको छ । ...
विश्वकप छनोट : जोर्डनसँग प्रतिस्पर्धा गर्दै नेपाल

विश्वकप छनोट : जोर्डनसँग प्रतिस्पर्धा गर्दै नेपाल

खेलकुद, समाचार
विश्वकप छनोट अन्तर्गतको खेल खेल्न नेपाली टोली अहिले कुवेतमा छ। इराकसँगको मैत्रीपूर्ण खेल खेलेर कुवेत पुगेको नेपाली टोलीले चाइनिज ताइपेइलाई केही दिन अघि हराएको थियो। त्यस्तै आज बेलुकी हुने खेलमा नेपालले जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ। फीफा वरीयतामा ९५ औं स्थानमा रहेको जोर्डन नेपालको बलियो प्रतिस्पर्धी हो। विश्वकप छनोटकै यसअघिको खेलमा जोर्डनले नेपालमाथि ३-० को गोलअन्तरले जित निकालेको थियो। समूह बी मा ४ खेलबाट १२ अंक जोडेको अस्ट्रेलिया शीर्षस्थानमा छ भने कुवेत ५ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा छ। त्यस्तै समान खेल खेलेर १० अंक नै जोडेको जोर्डन तेस्रो स्थानमा रहँदा ६ अंक जोडेको नेपाल चौथो स्थानमा छ। उता चाइनिज ताइपेइ जितविहीन रहँदै तालिकाको पुछारमा छ। इतिहासको हिसाबले हेर्ने हो भने जोर्डन बलियो टोली देखिन्छ। सन् १९४९ मा जोर्डनको फुटबल एसोसिएसन बनेको थियो भने फिफामा सन् १९५६ मा सदस्य...
यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि चेल्सीलाई

यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि चेल्सीलाई

अन्तराष्ट्रिय, खेलकुद, समाचार
इङ्लिस क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । गए राति भएको खेलमा म्यानचेस्टर सिटीलाई १–० गोल अन्तरले पराजित गर्दै चेल्सीले उपाधि जितेको हो । चेल्सीलाई जित दिलाउन काइ हाभर्ट्जले खेलको ४२ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै चेल्सीले दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । यसअघि चेल्सीले सन् २०१२ मा उपाधि जितेको थियो । ...
इङलिस प्रिमियर लिग फुटबलमा टोटेनहमले सिजनको आफ्नो अन्तिम खेलमा जित हासिल

इङलिस प्रिमियर लिग फुटबलमा टोटेनहमले सिजनको आफ्नो अन्तिम खेलमा जित हासिल

अन्तराष्ट्रिय, खेलकुद, समाचार
 इङलिस प्रिमियर लिग फुटबलमा टोटेनहमले सिजनको आफ्नो अन्तिम खेलमा जित हासिल गरेको छ । टोटेनहमलाई जित दिलाउन अन्तिम खेलमा एक गोल गरेका ह्यारी केनले प्रिमियर लिग गोल्डेन बुट पाएका छन् । उनले यो सिजन टोटेनहमका लागि २३ गोल गरे । उनीपछि लिभरपुलका मोहम्मद सलाहले २२ गोल गरे । सिजनको अन्तिम खेलमा टोटेनहमले लेस्टर सिटीलाई ४–२ ले पराजित गरेको हो । टोटेनहलाई जित दिलाउन ग्यारेथ बेलले दुई गोल गरे । ह्यारी केनले एक गोल गरे । एक गोल टोटेनहमले आत्मघाती उपहार पाएको थियो । लेस्टरका लागि जिम्मी भार्डीले पेनाल्टीमार्फत दुई गोल गरे । लेस्टर टोटेनहमसँग पराजित हुँदा अर्काे सिजन च्याम्पियन्स लिगका लागि छनोट हुन सकेन । लेस्टर पराजित हुँदा चेल्सीले च्याम्पियन्स लिगमा स्थान बनायो । ...