कोपा अमेरिकाको फाइनल खेलमा ब्राजिल विरुद्ध अर्जेन्टिनाले १-०ले जित हासिल गरेको छ । ब्राजिलको रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा भएको फाइनल खेलमा होम ग्राउन्डमै ब्राजिलले हार बेहोर्नु परेको छ ।

अर्जेन्टिना लाई अग्रता दिलाउँदै डी मरियाले खेलको २१ औ मिनेटमा गरेको सर्प्राइज गोलले नै अर्जेन्टिनालाई कोपा अमेरिकाको यो सिजनको बिजेता बनाएको हो । डी पाउलको पासमा एंगेल डी मारियाले गोल गरेका थिए ।

कोपा अमेरिकाको यस सिजनमा यो त्यस्तो पहिलो गोल साबित भएको छ जसमा मेस्सीले  कुनै योगदान गर्न पाएनन । यो बिजय संगै मेस्सीले २८ बर्ष पछी देशलाई बिजेता बनाएको जस पाउने छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here