इङलिस प्रिमियर लिग फुटबलमा टोटेनहमले सिजनको आफ्नो अन्तिम खेलमा जित हासिल गरेको छ ।

टोटेनहमलाई जित दिलाउन अन्तिम खेलमा एक गोल गरेका ह्यारी केनले प्रिमियर लिग गोल्डेन बुट पाएका छन् । उनले यो सिजन टोटेनहमका लागि २३ गोल गरे । उनीपछि लिभरपुलका मोहम्मद सलाहले २२ गोल गरे ।

सिजनको अन्तिम खेलमा टोटेनहमले लेस्टर सिटीलाई ४–२ ले पराजित गरेको हो । टोटेनहलाई जित दिलाउन ग्यारेथ बेलले दुई गोल गरे । ह्यारी केनले एक गोल गरे । एक गोल टोटेनहमले आत्मघाती उपहार पाएको थियो ।

लेस्टरका लागि जिम्मी भार्डीले पेनाल्टीमार्फत दुई गोल गरे । लेस्टर टोटेनहमसँग पराजित हुँदा अर्काे सिजन च्याम्पियन्स लिगका लागि छनोट हुन सकेन । लेस्टर पराजित हुँदा चेल्सीले च्याम्पियन्स लिगमा स्थान बनायो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here