आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

खेलकुद

एसियन कप फुटबलको आयोजक युएईलाई पराजित गर्दै कतार फाइनलमा

एसियन कप फुटबलको आयोजक युएईलाई पराजित गर्दै कतार फाइनलमा

खेलकुद, समाचार
काठमाडौं — १५, माघ । एसियन कप फुटबलको आयोजक युनाईटेड अरब ईमिरेट्स युएईलाई हराउँदै कतार फाइनलमा प्रवेश गरेको छ । गएराति युएईको आबुधाबीमा भएको दोस्रो सेमिफाइनलमा कतारले युएईलाई ४–० को फराकिलो गोल अन्तरमा पराजित गर्यो । फाइनलमा प्रवेश गरेसंगै सन् २०२२ को विश्वकप आयोजक राष्ट्र कतारले आफुलाई कमजोर नठान्न विश्व फुटबललाई चुनौती समेत प्रस्तुत गरेको छ । कतारले अब एसियन कपको उपाधिको लागि जापानसँग प्रतिस्पर्धा गर्ने छ । पहिलो सेमिफाइनलमा ईरानलाई पराजित गर्दै जापान फाइनलमा प्रवेश गरेको थियो । फाइनल खेल भने आगामी शुक्रबार हुनेछ ।...
आईसीसीको एकदिवसीय क्रिकेट वरियता क्रममा नेपाल समावेश

आईसीसीको एकदिवसीय क्रिकेट वरियता क्रममा नेपाल समावेश

खेलकुद, समाचार
काठमाडौं — १५, माघ । युएई विरुद्धको एकदिवसीय क्रिकेट शृङ्खलामा जित हासिल गरेसँगै नेपाल एकदिवसीय क्रिकेट वरियता क्रममा प्रवेश गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले गएराति वरियताक्रम सार्वजनिक गर्दा नेपालले पहिलो पटक वरियता क्रममा स्थान बनाउन सफल भयो । आईसीसीले सार्वजनिक गरेको वरियताक्रममा नेपाल पुछारमा रहेको छ । आईसीसीको वरियता क्रममा नेपालको रेटिङ १५ छ भने १ सय ५२ अंक रहेको छ । एकदिवसीय वरियताको शीर्ष स्थानमा भने इङ्ल्याण्ड रहेको छ । उसको रेटिङ १२४ हुदा अंक भने ६,९३७ रहेको छ । आईसीसीको एकदिवसीय क्रिकेट वरियता क्रममा क्रमश भारत दोस्रो, न्यूजिल्याण्ड तेस्रो, दक्षिण अफ्रिका चौथो, पाकिस्तान पाँचौं, अष्ट्रेलिया छैटौं स्थानमा रहेका छन् । यस्तै, बंगलादेश, श्रीलंका, वेष्ट इण्डिज र अफगानिस्तान पनि शीर्ष १० भित्र अटाएका छन् । जिम्बावे ११औं स्थानमा रहदा आयरल्याण्ड १२औ...
नेपाल टस जितेर फिल्डिङ गर्दै, सन्दीप जोराको ‘डेब्यु’

नेपाल टस जितेर फिल्डिङ गर्दै, सन्दीप जोराको ‘डेब्यु’

खेलकुद, समाचार
काठमाडौं — १४, माघ । नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) सँगको तेस्रो एकदिवसीय खेलमा टस जितेर बलिङ रोजेको छ । शृंखला १/१ को बराबरीमा रहेको छ । नेपालले पहिलो खेलमा ११३ रन मात्रै बनाउन सकेपछि ३ विकेटको पराजय भोगेको थियो।दोस्रो खेलमा नेपालले २४२ रन बनाउँदै १४५ रनको प्रभावशाली विजय हात पारेको थियो।आज हुने खेल विजय हात पारेमा नेपालले शृंखला २-१ ले आफ्नो पक्षमा पार्ने छ। नेपालले सन्दीप जोरालाई डेब्यु गर्ने मौका दिएको छ। पहिलोपटक राष्ट्रिय टोलीमा परेका जोरालाई पवन सर्राफको स्थानमा खेलाइएको छ। अलराउन्डर भए पनि पवनले पहिलो दुई खेलमा ब्याटिङ मात्रै गर्न पाएका थिए। पवन अफ स्पिनर पनि हुन्। घाँसे विकेट भएका कारण टोलीमै रहेका देब्रेहाते स्पिनर ललितनारायण राजवंशीले पनि बलिङमा कमै मौका पाएका छन्। (कान्तिपुर दैनिक)...
नेपाली क्रिकेट टोलीलाई इतिहासकै पहिलो एकदिवसीय सिरिज जित्ने अवसर

नेपाली क्रिकेट टोलीलाई इतिहासकै पहिलो एकदिवसीय सिरिज जित्ने अवसर

खेलकुद, समाचार
काठमाडौं — १४, माघ । नेपाली क्रिकेट टोलीसमक्ष इतिहासकै पहिलो एकदिवसीय सिरिज जित्ने अवसर जुरेको छ । नेपालले सोमबार युएईविरुद्ध अन्तिम एकदिवसीय खेल खेल्दै छ । युएई र नेपालबीचको एकदिवसीय सिरिज १–१ को बराबरी अवस्थामा छ । नेपालले युएईलाई हराएमा इतिहासमै पहिलोपटक एकदिवसीय सिरिज जित्नेछ । गत चैतमा एकदिवसीय विश्वकप छनोटमा सातौँ स्थानमा रहँदै नेपालले चार वर्षका लागि एकदिवसीय राष्ट्रको मान्यता प्राप्त गरेको थियो । नेपालले आफ्नो पहिलो एकदिवसीय सिरिज नेदरल्यान्डविरुद्ध खेलेको थियो, जुन १–१ को बराबरीमा टुंगियो । दुवैलाई जित्ने दबाब आइसिसी क्रिकेट एकेडेमीमा तेस्रो खेल हुनेछ । यसमा नेपाल र युएईलाई सिरिज जित्नुपर्ने दबाब छ । प्रतियोगितासँगै आइसिसीले जारी गर्ने एकदिवसीय वरीयतामा फड्को मार्नका लागि नेपालले जित निकाल्नु आवश्यक छ । आइसिसीको एकदिवसीय वरीयतामा स्थान बनाउन कम्तीमा चार खेल खेल्नुपर्छ । यद्...
स्पेनिस ला–लिगा फुटबलमा बार्सिलोना र रियाल मड्रिडको जित, बार्सिलोना शीर्ष स्थानमा

स्पेनिस ला–लिगा फुटबलमा बार्सिलोना र रियाल मड्रिडको जित, बार्सिलोना शीर्ष स्थानमा

खेलकुद, समाचार
काठमाडौं — १४, माघ । स्पेनिस ला–लिगा फुटबल अन्तर्गत गएराति बार्सिलोना र रियाल मड्रिडले आ-आफ्नो खेलमा जित निकालेका छन् । तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले १० खेलाडीमा समेटिएको जिरोनामाथि २–० को सहज जित निकाल्यो । बार्साको जितमा लियोनल मेस्सी र नेल्सनले एक–एक गोल गरे । अर्को खेलमा रियाल मड्रिडले ईस्पानियोलमाथि ४–२ को रोमान्चक जित निकाल्यो । रियाल्को जितका लागि करिम बेन्जमाले दुई गोल गर्दा सर्जियो रामोस र ग्यारेथ बेलले थप एक–एक गोल गरे । खेलको अन्त्यमा राफेल भारानेले रेड कार्ड खाएपछि भने रियाल मड्रिड १० जना खेलाडिमा समेटिएको थियो । गएराती नै भएका ला लिगाको अन्य खेलहरुमा रियाल भालाडोलिडले सेल्टा भिगोलाई २–१ ले हराउँदा एथ्लेटिक बिल्बाओले रियाल बेटिसलाई १–० ले पराजित गर्यो । गएरातिका खेलको समाप्तिपछि ला लिगाको अंक तालिकामा २१ खेलबाट ४९ अंक जोडेको बार्सिलोना शीर्ष स्थ...
मनाङ मदन भण्डारी इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश

मनाङ मदन भण्डारी इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश

खेलकुद, समाचार
काठमाडौं — १४, माघ । लिग विजेता मनाङ मस्र्याङ्दी क्लब आयोजक राष्ट्रिय जागृति (राजा) क्लबलाई २–१ ले हराउँदै मदन भण्डारी अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सुनसरीको इटहरी रंगशालामा आइतबार पहिलो हाफमा मनाङ मस्र्याङ्दीको खेल निकै फितलो देखियो । आयोजकले घरेलु मैदानको फाइदा उठाउँदै खेलको ३० मिनेटसम्म मनाङलाई निकै दबाबमा राख्यो । दर्शकको समर्थन पाएको राजा क्लबको दबाबमा रहेको मनाङका सुजल श्रेष्ठले खेलको ३७ औं मिनेटमा अग्रता दिलाए । बल्ल त्यसपछि मनाङका खेलाडी लयमा देखिए । मध्यान्तरपछिको अठारौं मिनेटमा राजा क्लबका उमेश राईले गोल गरी खेल १–१ को बराबरीमा ल्याए । मनाङका गोलरक्षक विशाल श्रेष्ठको अलमललाई सदुपयोग गर्दै राईको हेड प्रहारलाई विराज महर्जनले गोल लाइनमा क्लियर गर्ने प्रयास गरेका थिए । केहीबेर गोल भएको हो कि होइन भन्ने दोधार थियो । तर रेफ्री सुविस पाण्...
एफए कप फुटबलमा बर्न्लेलाई हराउँदै म्यानचेस्टर सिटी पाँचौं चरणमा प्रवेश

एफए कप फुटबलमा बर्न्लेलाई हराउँदै म्यानचेस्टर सिटी पाँचौं चरणमा प्रवेश

खेलकुद, समाचार
काठमाडौं — १३, माघ । एफए कप फुटबलमा बर्न्लेलाई पाखा लगाउँदै म्यानचेस्टर सिटी पाँचौं चरणमा प्रवेश गरेको छ । गएराति भएको चौथो चरणको खेलमा सिटीले बर्नलेलाई ५–० को विशाल गोल अन्तरले पराजित गर्यो । म्यान सिटीको जितमा ग्याब्रियल जिसस, बर्नार्डो सिल्भा, केभिन डे ब्रायन र सर्जियो अगुएरोले एक–एक गोल गरे भने बन्लेका केभिन लङले एक आत्मघाती गोल गरे । एफए कप चौथो चरणका अन्य खेलहरुमा भने ए.एफ.सी विम्बल्डनले वेष्ट ह्याम युनाईटेडलाई ४–२ ले पराजित गर्दा वाट्फोर्डले न्युकासल युनाईटेडलाई २–० ले हरायो । उता स्वान्सी सिटीले गिलिङ्घमलाई ४–१ ले हराउदा मिलवालले एभर्टनलाई ३–२ ले पराजित गर्यो । ...
स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिड, सेभिया र भ्यालेन्सिया विजयी

स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिड, सेभिया र भ्यालेन्सिया विजयी

खेलकुद, समाचार
काठमाडौं — १३, माघ । स्पेनिस ला लिगा फुटबलमा गएराती भएका खेलहरुमा एथ्लेटिको मड्रिड, सेभिया र भ्यालेन्सिया विजयी भएका छन् । अंक तालिकाको दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिड गेटाफेलाई २–० ले हराउदै बिजयी भयो । एथ्लेटिको को जितमा एन्टोनियो ग्रिजमन र साउल निग्वेजले एक–एक गोल गरे । खेलको अन्त्यतिर गेटाफेका डाकोमन र बाकेराले रातो कार्ड पाएर मैदान छाडेपछि टोली ९ जनामा सेमटिएको थियो । गएराती नै भएको ला लिगाको अन्य खेलमा सेभियाले लेभान्तेलाई ५–० को फराकिलो गोल अन्तरले हराउँदा भ्यालेन्सियाले भियारियालमाथि ३–० को शानदार जित निकाल्यो । स्पेनिस ला–लिगा फुटबलमा आज भने पाँच खेल हु्दैछन् । आज शीर्ष स्थानमा रहेको बार्सिलोनाले जिरोनासँग प्रतिस्पर्धा गर्दा चौथो स्थानको रियाल मड्रिडले ईस्पानियोलसँग भिड्नेछ ।...
युएईविरूद्ध एकदिवसीय र अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्न नेपाली क्रिकेट टिम आज युएई जाँदै

युएईविरूद्ध एकदिवसीय र अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्न नेपाली क्रिकेट टिम आज युएई जाँदै

खेलकुद, समाचार
माघ—८, काठमाडौं । युएईविरुद्ध एकदिवसीय र अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्न नेपाली टिम आज युएई प्रस्थान गर्दैछ। नेपाली टोली आज अपरान्ह ४:३० फ्लाई दुबई विमानबाट युएई प्रस्थान गर्ने कार्यक्रम रहेको छ। सिरिजका लागि पारस खड्काको कप्तानीमा १६ सदस्सीय नेपाली टोली त्यसतर्फ जानेछन्। आइसीसीबाट एकदिवसीय मान्यता पाएपछि दोस्रो एकदिवसीय क्रिकेट सिरिज खेल्न नेपाली टोली युएई जान लागेको हो। नेपालले युएईसँग ३ वटा एक दिवसीय र ३ वटा टी–२० क्रिकेटको सिरिज खेल्नेछ। माघ ११ गते- पहिलो एक दिवसीय माघ १२ गते - दोस्रो एक दिवसीय माघ १४ गते - तेस्रो एकदिवसीय माघ १७ गते - पहिलो टी–२० माघ १८ गते - दोस्रो टी २० माघ २० गते - तेस्रो टी २० यसैबीच बंगलादेश प्रिमियर लिग (बीपीएल) र अष्ट्रेलियाको बिग ब्यास लिग खेलेर युवा बलर सन्दीप लामिछाने स्वदेश फिर्ता भइसकेका छन्। एक दिवसीय मान्यता पाएपछि न...
नेपाली राष्ट्रिय टोलीको युएई भ्रमणका लागि सन्दीप नेपाल आए

नेपाली राष्ट्रिय टोलीको युएई भ्रमणका लागि सन्दीप नेपाल आए

खेलकुद, समाचार
माघ-८, काठमाडौं । बंगलादेशमा जारी बंगलादेश प्रिमियर लिग खेलिरहेका नेपाली युवा स्पीनर सन्दीप लामिछाने सोमबार नेपाल आएका छन् । अष्ट्रेलियामा जारी ‘बिग बास’का केही खेल खेलेर बंगलादेश गएका सन्दीप भोलिदेखि हुने नेपाली राष्ट्रिय टोलीको युएई भ्रमणका लागि स्वदेश फर्किएका हुन् । बंगलादेशमा सिलेट सिक्सर्सबाट ‘बीपीएल’का ६ खेल खेलेर सन्दीप सोमबार अपराह्न काठमाडौं आइपुगेका हुन् । उनले सिलेटका लागि ६ खेलबाट ४ विकेट लिएका थिए । यही माघ ११ गतेदेखि नेपालले गर्ने युएई भ्रमणका लागि सन्दीप आएका हुन् । युएई भ्रमणमा नेपालले घरेलु टोलीसँग समान तीन एकदिवसीय र तीन टी–२० सिरिज खेल्नेछ । नेपाली टोली मंगलबार युएई प्रस्थान गर्ने कार्यक्रम रहेको नेपाली टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए । एकदिवसीय मान्यता पाएपछि नेपालको युएईसँग हुने खेल दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय हो । यसअघि, नेपालले ...