स्वरोजगार बन्ने सीप, दक्षता र उद्यमशीलता आजको आबश्यकता
डा.डिआर उपाध्याय,
देशमा बेरोजगारी समस्या दिनौं बढदै गएको छ । यो चिन्ताको बिषय हो । बेरोजगारी समस्या समयमै समाधान हुन सकेन भने देशमा असन्तुष्टिका स्वरहरु गुञ्जिन थाल्छन । यसलाई समयमै सम्बोधन गर्ने कार्य प्रभावकारी हुन जरुरी छ । यदि समयमै यो समस्या समाधान गर्न सकिएन भने यसले अझ भयावह रूप लिने निश्चित छ ।
सरकारको नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भएअनुसारका रोजगार सिर्जनाका कार्ययोजनाको प्रभावकारी कार्यान्वयनको खाँचो छ । स्थानीय, प्रदेश र संघ तीनै तहबाट रोजगार सिर्जनाको कार्यलाई प्राथमिकताका साथ अघि बढाउनु पर्छ । देशमा रोजगारीको अवसर नपाएर युवा जनशक्ति खाडी मुलुक देखि अन्य मुलुकमा पलायन हुन बाध्य छन । राज्यले ती युवामा आशा, भरोसा र विश्वास जगाउन सक्नु पर्छ । हाम्रो देशका युवामा केवल निराशा र वितृष्णा मात्रै छ । यसो हुनुको कारण पनि छ । देशमा गरि खाने शिक्षा भएन । अहिले सम्म पनि नेपालको...








