आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आर्थिक

कारोबार शुरु भएको ग्रीन लाइफ हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक

कारोबार शुरु भएको ग्रीन लाइफ हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक

आर्थिक, समाचार
आज (मंगललबार)देखि कारोबार शुरु भएको ग्रीन लाइफ हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक बढेको छ । नेप्सेका अनुसार कारोबार शुरु भएकै दिन यस कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ । यस कम्पनीको शेयरमूल्य प्रतिकित्ता २९ रुपैयाँले बढेर ३२८ रुपैयाँ पुगेको हो ।  कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले  प्रतिकित्ता ९९ दशमलव ६७ देखि २९९ दशमलव ०१ रुपैयाँको मूल्य रेञ्ज तोकेको थियो । प्रि ओपनिङ सेसनमा पहिलो कारोबार २९९ मा भएपछि नियमित सेसनमा सोही मूल्यबाट शेयर कारोबार खुला भएको हो ।    त्यस्तै, केहि हप्तादेखि निरन्तर ओरालो लागेको नेप्सेमा पनि आज सामान्य सुधार देखिएको छ । यो समाचार तयार पार्दासम्म नेप्से एक अंकले बढेर करिब दुई अर्बको कारोबार भएको छ ।   ...
रेमिट्यान्स आलू आर्थिक वर्षको सात महिनामा १०.९ प्रतिशतले वृद्धि

रेमिट्यान्स आलू आर्थिक वर्षको सात महिनामा १०.९ प्रतिशतले वृद्धि

आर्थिक, समाचार
 विप्रेषण (रेमिट्यान्स) आप्रवाह आलू आर्थिक वर्षको सात महिनामा १०.९ प्रतिशतले वृद्धि भई रु.५६७ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.७ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.७ प्रतिशतले वृद्धि भई ४ अर्ब ८१ करोड पुगेको नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.५ प्रतिशतले घटेको थियो । यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७५.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २१.७ प्रतिशतले बढेको थियो ।  वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६७.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.६ प्रतिशतले घटेको राष्ट बैंकको तथ्यांकमा उल्...
नेपाली व्यवसायीले मगाएका सामग्री पहिलो चरणमा केरुङमा गोदाम गर्ने

नेपाली व्यवसायीले मगाएका सामग्री पहिलो चरणमा केरुङमा गोदाम गर्ने

आर्थिक, समाचार
 उत्तरी नाका रसुवागढीबाट आयात भइरहेको चिनियाँ सामग्री ल्हासादेखि रसुवागढीसम्म सिधै ढुवानी हुन थालेको छ। नेपाली व्यवसायीले मगाएका सामग्री पहिलो चरणमा केरुङमा गोदाम गर्ने र मोटरद्वारा रसुवागढी पठाउने व्यवस्था हुँदै आएको थियो। यसलाई परिवर्तन गर्दै चिनियाँ ढुवानी कम्पनीले ल्हासादेखि सिधै रसुवागढी ल्याउन शुरुआत गरेको रसुवा भन्सार कार्यालयले जनाएको छ। गोदाम र भरिया खर्चमा कमी तथा महँगो कन्टेनर भाडासमेत घटेपछि बजार भाउमा केही सरलता आउने बताइएको छ। अहिले ल्हासाबाट सामान बोकेका कन्टेनर सिधै रसुवागढी आउन थालेको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिए। उनले आयात भएका सामग्री नेपाली कन्टेनरमा रूपान्तरण गरी भन्सार हातामा प्रवेश भइसकेको बताए। चिनियाँ ल्होसार पर्वका कारण केही समय स्थगन भएको थियो। गत फागुन २१ गतेदेखि पुनः सञ्चालन भएको ढुवानी अन्तर्गत चिनियाँ व्यापारीले रसुवागढी पु-...
आज नेप्से १८.०७ अंकले घटेर दुई हजार तीन सय ८९ दशमलब १९ विन्दुमा

आज नेप्से १८.०७ अंकले घटेर दुई हजार तीन सय ८९ दशमलब १९ विन्दुमा

आर्थिक, समाचार
 नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो दिन आज (सोमबार)  दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १८.०७ अंकले घटेर दुई हजार तीन सय ८९ दशमलब १९ विन्दुमा थामिएको छ ।     नेप्सेका अनुसार आज ४ अर्ब २४ करोड ८४ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका सबै समूहमध्ये पाँच वटा समूह बढेका छन् भने अन्य सबै समूह घटेका छन् ।   बजार घटेपनि छ आइतबार चार कम्पनीको शेयरमूल्य उच्च दरमा बढेको छ । चन्द्रागिरी हिल्स लिमिटेड, घलेम्दी हाइड्रोपावर कम्पनी, पञ्चकन्यामाइ हाइड्रोपावर कम्पनी, आँखु खोला जलविद्युत कम्पनीको शेयरमूलय ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको हो ।    ...
नेपाली बजारमा सुन-चाँदीको मूल्य

नेपाली बजारमा सुन-चाँदीको मूल्य

आर्थिक, समाचार
नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ८६ हजार ६ सयमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको हो ।  महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८६ हजार ६ सय रहेका छ भने तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार १५० रहेको छ ।  त्यस्तै, आज चाँदीको मूल्य १२७५ रहेको महासंघले जनाएको छ ।   ...
वीरगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्षमा सुबोध गुप्ता निर्वाचित

वीरगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्षमा सुबोध गुप्ता निर्वाचित

आर्थिक, समाचार
वीरगञ्ज । आइतबार वीरगञ्जमा सम्पन्न वीरगञ्ज उद्योग वाणिज्य सङ्घको ४५ औं वार्षिक साधारणसभाले सुवोधकुमार गुप्तालाई अध्यक्षतामा निर्वाचित गरेको छ । उनी सर्वसम्मतका साथ अध्यक्षमा चयन भएका हुन । नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारीणी सदस्य साथै बैंक बित्तिय तथा बिमा समितिको उपसभापति, चामल दाल तेल उद्योग सङ्घका अध्यक्ष समेत रहेका गुप्ताको मनोनयन विरुद्धमा कसैले पनि उम्मेदवारी गराएनन् । त्यसैगरि उक्त साधारण सभाले नयाँ कार्यसमिति समेत चयन गरेको छ । निर्वाचनबाट कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अनिलकुमार अग्रवाल पटवारी, उपाध्यक्षमा हरिप्रसाद गौतम, महासचिवमा मनोजकुमार दास, उद्योगतर्फको सचिवमा अरविन्द्र अमात्य र वाणिज्यतर्फ आषिशकुमार लाठ, कोषाध्यक्षमा गोविन्द शाह, सह-कोषाध्यक्षमा प्रेमचन्द्र गोयल, उद्योगतर्फको सह-सचिवमा शुशान्त चाचान र वाणिज्यतर्फ अनोजकुमार रुङ्गटा चयन भएका छन् । गुप्ता नेतृत्वक...
आज ४ अर्ब ९५ करोड २७ लाख बराबरको कारोबार

आज ४ अर्ब ९५ करोड २७ लाख बराबरको कारोबार

आर्थिक, समाचार
 नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दिन आज (आइतबार) दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से ५१.२३ अंकले घटेर दुई हजार चार सय ७ दशमलब २५ विन्दुमा थामिएको छ ।    नेप्सेका अनुसार आज ४ अर्ब ९५ करोड २७ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका सबै समूहमध्ये दुई वटा समूह बढेका छन् भने अन्य सबै समूह घटेका छन् ।    बजार घटेपनि छ आइतबार पाँच कम्पनीको शेयरमूल्य उच्च दरमा बढेको छ । चन्द्रागिरी हिल्स लिमिटेड,पञ्चकन्यामाइ हाइड्रोपावर कम्पनी, अप्पर तामाकोशी हाइड्रोपावर कम्पनी, रैराङ हाइड्रोपावर कम्पनी र घलेम्दी हाइड्रोपावर कम्पनीको ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको हो । ...
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १० प्रतिशत वृद्धि,सोही अनुसार उच्च मूल्यवृद्धिको संकेत

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १० प्रतिशत वृद्धि,सोही अनुसार उच्च मूल्यवृद्धिको संकेत

आर्थिक, समाचार
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्ने क्रम जारी छ । आइतबार अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेर प्रतिब्यारेल आज (मार्च) ६९.२२ डलर पुगेको छ । १५ दिन अगाडि यस्तो मूल्य ६२.४६ डलर थियो । यो अवधिमा मात्रै मूल्यमा करिब १० प्रतिशत वृद्धि भएको देखिएको हो । नेपालमा पछिल्लोपटक फागुन १७ गते पेट्रोलियम पदार्थको मूल्य समायोजना भएको थियो । १५/१५ दिनमा मूल्य बढाउने व्यवस्था अनुसार मंगलबार भारतीय आयल कर्पोरेसनले नयाँ मूल्यसूची पठाउँछ । सोही सूचीलाई आधार बनाएर नेपाल आयल निगमले नयाँ मूल्य तोक्ने गर्छ ।  अघिल्लोपटक मूल्य निर्धारण गर्दा आयल निगमलाई पेट्रोलमा ५ रुपैयाँ ८२ पैसा, डिजेलमा ४ रुपैयाँ १३ पैसा र एलपी ग्यासमा प्रति सिलिन्डर २ सय ९५ रुपैयाँ ८३ पैसा नोक्सान रहेको थियो । यो नोक्सानका कारण निगम १५ दिनमा १ अर्ब ३२ करोड नोक्सानमा जाने प्रक्षेपण गरिएको थियो ।  यद्यपि स्वचा...
लन्डन स्टक एक्सचेन्जमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले बोन्ड जारी गर्ने

लन्डन स्टक एक्सचेन्जमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले बोन्ड जारी गर्ने

आर्थिक, समाचार
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले लन्डन स्टक एक्सचेन्जमा बोन्ड जारी गर्ने भएको छ। निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले चालु आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेञ्जमा ३० मिलियन डलर बराबरको बोन्ड जारी गर्न लागेको बताएका छन्। चालु आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेञ्जमा सूचिकृत हुने गरी ३० मिलियन डलरको बोन्ड जारी गर्ने र त्यका लागि आफूहरुले नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाइसकेको खतिवडाले बताए। उनले सो बोन्डका लगानीकर्ताले ८.५ प्रतिशत प्रतिफल पाउने पनि जानकारी दिए। पाँच वर्षे अवधिको सो बोन्डबाट प्राप्त रकमलाई नेपालका ठूला विकास पूर्वाधारमा लगानी गर्ने पनि उनले जानकारी दिए। ठूला विकास पूर्वाधारमा लगानी गर्ने उदेश्यले स्थापित निफ्राका लगानीकर्ताले प्रतिफलको चिन्ता गर्नै नपर्ने पनि उनको भनाई छ। उनले अहिले पनि करिब १० प्रतिशत लाभांश वितरण गर्ने क्षमता रहेको ...
‘नेपाल वुमन चेम्बर ट्रेड फेयर’ भव्य रुपमा सम्पन्न, उत्कृष्ट सहभागी एवं स्टलहरू पुरस्कृत

‘नेपाल वुमन चेम्बर ट्रेड फेयर’ भव्य रुपमा सम्पन्न, उत्कृष्ट सहभागी एवं स्टलहरू पुरस्कृत

आर्थिक, समाचार
नेपाल चेम्बर अफ कमर्सको ७० औँ वाषिर्कोत्सव तथा १११औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर आयोजित तीन दिने नेपाल वुमन चेम्बर ट्रेड फेयर सम्पन्न भएको छ । नेपाल महिला चेम्बरले आयोजना गरेको मेलाका उत्कृष्ट सहभागी एवं स्टलहरूलाई पुरस्कृत गरिएको थियो । सहभागीलाई कार्यक्रमका प्रमुख अतिथी सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पुरस्कृत गरेका थिए । फेयरमा सहभागी मण्डला सिल्कले प्रथम स्थान प्राप्त गरेको थियो भने अग्नि नेपाल प्रालिले द्वितीय र गोर्खा चेम्बर अफ कमर्सले तृतीय स्थान हासिल गरेको थियो । पुरस्कार वितरण गर्दै महानिरीक्षक खनालले महिलाको सम्मान हुने समाजमात्र सभ्य समाज हुन सक्ने बताए । साना र घरेलु उद्योगहरूलाई प्रबर्द्धन गर्दै मुलुकलाई औद्योगीकरणको मार्गमा लैजान उनले व्यवसायीहरूलाई आग्रह गरे । मेला समापन कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठल...