आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आर्थिक

आज ७८१६८७४ कित्ता सेयर ४ अर्ब १० करोड रुपैयाँ बराबरमा कारोबार

आज ७८१६८७४ कित्ता सेयर ४ अर्ब १० करोड रुपैयाँ बराबरमा कारोबार

आर्थिक, समाचार
नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज ३ अघिल्लो दिनभन्दा ३.४ अङ्क अर्थात् ०.१४ प्रतिशत परिवर्तन भएर नेप्से इन्डेक्स २४५८.४९ अङ्कमा बजार बन्द भएको छ। आजको कारोबार समयमा नेप्से इन्डेक्स बढीमा २४७९.६२७५ र कममा २४४६.०८८४ पुगेको थियो। आज ७८१६८७४ कित्ता सेयर ४ अर्ब १० करोड रुपैयाँ बराबरमा कारोबार भएर बजार बन्द भएको छ। ‘क’ बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने आज ०.०२ अंकले बढेर ४४५.२३ अंकमा पुगेको छ। नेप्सेमा सूचिकृत कूल २०५ कम्पनीको सेयर किनबेच भएको हो। नेप्से आज केहि घटेपनि केहि कम्पनीकोको सेयर मूल्यमा उच्च वृद्धि भयो। पछिल्लो समय लगातार बढिरहेको चन्द्रागिरी हिल्सको मूल्य आज पनि सर्वाधिक १० प्रतिशतले बढ्यो। घलेम्दी हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर्सको मूल्य पनि १० प्रतिशतको हाराहारीमा बढ्यो। यस दिन रैराङ हाइड्रोको मूल्य भने सबैभन्दा धेरै ४.६ प्रतिशतले घटेको छ। त...
नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) ले नागरिक उड्डयन क्षेत्र समेत लगानी गर्ने

नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) ले नागरिक उड्डयन क्षेत्र समेत लगानी गर्ने

आर्थिक, समाचार
 नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) ले नागरिक उड्डयन क्षेत्र समेत लगानी गर्ने भएको छ । लगानीका लागि ठाउँ खोजिरहेको निफ्राले यो क्षेत्रमा लगानी गर्ने इच्छा देखाएको हो । यो क्षेत्रमा लगानी गर्नसक्ने ठाउँबारे बैंकले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग छलफल सुरु गरेको छ ।  निफ्राको टोलीले यो क्षेत्रमा कसरी लगानी गर्न सकिन्छ भन्ने सम्बन्धमा अघिल्लो साता मात्रै नेपाल नागरिक उड्डयन प्राधिकरणसँग छलफल गरेको बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत भुपेन्द्य्र पाण्डे बताउँछन् ।  ‘लगानीको नयाँ नयाँ क्षेत्र खोज्ने क्रममा हामी यो क्षेत्रमा लगानी गर्ने ठाउँ कहाँकहाँ छ भनेर क्यानसँग छलफल प्रारम्भिक छलफल गरेका छौं । क्यानले यसमा सहकार्य गरेर जाने प्रतिवद्धता व्यक्त गरेको छ,’ पाण्डेले भने, ‘हामी प्रारम्भिक छलफलमै छौं । तर यो क्षेत्र हाम्रो लगानीको प्राथमिकतामा चाहिँ छ ।’ नेपाल नागरिक उड्...
ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा हालसम्ममा १५ लाख ७० हजार ४ सय १४ जना आवेदन

ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा हालसम्ममा १५ लाख ७० हजार ४ सय १४ जना आवेदन

आर्थिक, समाचार
ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा हालसम्ममा १५ लाख ७० हजार ४ सय १४ जना आवेदकबाट ३ अर्ब ३४ करोड ६७ लाख ५७ हजार रुपैयाँ बराबरको ३ करोड ३४ लाख ६७ हजार ५ सय ७० कित्ताको लागि आवेदन परेको निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेड जनाएको छ ।    कम्पनीले शुक्रबारदेखि सर्वसाधारणका लागि छुट्याएको कुल ६६ लाख कित्तामध्य ५९ लाख ४० हजार कित्ता सार्वजनिक निष्कासन गरेको हो । कुल कित्तामध्य ५ प्रतिशत दरको ३ लाख ३३ हजार कित्ता कम्पनीको कर्मचारीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानीकोषको लागि सुरक्षित राखेको छ ।   यसअघि फागुन २३ गतेदेखि विक्री खुला गर्ने मिति तय गरेको कम्पनीले सिडिएस एण्ड क्लियरिङ लिमिटेडको निर्देशनमा दुई दिन अघिनै विक्री खुला गरेको हो । छिटोमा फागुन २६ गते र ढिलोमा चैत ६ गतेसम्म विक्रीमा रहने यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधि...
नेप्से २३.२२ अंकले घटेर दुई हजार चार सय ६१ दशमलब ८८ विन्दुमा

नेप्से २३.२२ अंकले घटेर दुई हजार चार सय ६१ दशमलब ८८ विन्दुमा

आर्थिक, समाचार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेस्रो दिन आज (मंगलबार) दोहोरो अंकले घटेकोे छ । आज नेप्से २३.२२ अंकले घटेर दुई हजार चार सय ६१ दशमलब ८८ विन्दुमा थामिएको छ ।    नेप्सेसका अनुसार आज ४ अर्ब ७५ करोड २७ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका सबै समूहमध्ये तीन वटा समूहबाहेक अन्य सबै समूह घटेका छन् ।   बजार घटेपनि पाँच कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज चन्द्रागिरी हिल्स, रैराङ हाइड्रोपावर कम्पनी, नेपाल हाइड्रो डेभलपर, हिमालय उर्जा विकास कम्पनी र युनाइटेड फाइनान्स कम्पनीका लगानीकर्ता मालामाल भएका छन् । यी पाँच कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ ।  ...
कृषि विकास कार्यालयले विकसित जातको ६ हजार ५०० ओखरका  बिरूवा वितरण गर्ने

कृषि विकास कार्यालयले विकसित जातको ६ हजार ५०० ओखरका बिरूवा वितरण गर्ने

आर्थिक, समाचार
कृषि विकास कार्यालयले विकसित जातको ६ हजार ५०० ओखर वितरण गर्ने भएको छ । कृषि विकास निर्देशनालय सुर्खेतको फलफूल विकास प्रवर्द्धन कार्यक्रम अन्तर्गत ८५ प्रतिशत सहुलियतमा ओखरका बिरूवा उपलब्ध गराइने भएको छ ।सोका लागि किसानले १५ प्रतिशत रकम अग्रिम जम्मा गरिसकेका छन् । कर्णाली प्रदेश सरकारले प्रतिबोट ५०९ मूल्य तय गरेको छ । यसमा कम्तीमा पनि ५० बोट रोप्नुपर्ने प्रावधान रहेको कृषि विकास कार्यालयका प्रमुख बखतबहादुर खड्काले जानकारी दिए । कृषि विकास निर्देशनालय सुर्खेतले जारी गरेको सूचना अनुसार हुम्लाबाट विकसित जातको च्याँदुलर ओखर आयातका लागि बैंकमा रकम जम्मा भइसकेको छ । कर्णाली प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालयले प्रदेशका दश जिल्लाका लागि एक लाख विकसित जातको ओखर सहुलियत दरमा किसानलाई वितरण गर्ने भएको छ । फागुन मसान्तसम्म ती बिरूवा हुम्लामा उपलब्ध हुने छन् ...
महिला चेम्बर ट्रेड फेयरको दोस्रो दिन रक गायक बिनोद तथा चर्चित गीत ‘सोचे झै जिन्दगी रैनछ’.. की गायिका मधु क्षेत्री लगायतको प्रस्तुती रहने

महिला चेम्बर ट्रेड फेयरको दोस्रो दिन रक गायक बिनोद तथा चर्चित गीत ‘सोचे झै जिन्दगी रैनछ’.. की गायिका मधु क्षेत्री लगायतको प्रस्तुती रहने

आर्थिक, समाचार
काठमाडौं- नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सव तथा १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजित तीन दिने महिला चेम्बर ट्रेड फेयरको दोस्रो दिन वित्त साक्षरता र कला प्रदर्शनी समेत हुदैछ ।मेलाको दोस्रो दिन अर्थात मार्च ९ तारिकमा कामना विकास बैंकले वित्त साक्षरता कार्यक्रम संचालन गर्दै छ भने नेपाली एवम् भारतिय कलाकारहरुले कला प्रदर्शन समेत गर्दैछन् । मंगलबार हुने कला प्रदर्शनीमा गायक गायिकाहरुले स्टेज पर्फर्मेन्स दिनेछन् । स्टेज पर्फर्मेन्स गर्ने कलाकारहरुमा चर्चित रक गायक बिनोद ढकाल, गायिकाहरु मधु क्षत्री, मिनाक्षी जिएम र भारतिय कलाकार अनु सिहं छिन । चर्चित गीत उकालीमा पनि हजुर मोटर जादो रैछ का गायक बिनोद ढकाल स्टेज शोका चल्तिका गायक समेत हुन । मधु क्षेत्री चर्चित नेपाली गीत सोचे झै जिन्दगी रैनछ कि गायिका हुन भने नक्कले भिनाजु गीत र मिनाक्षी चल्तीकी दोहरी गायिका हुन । साथै क...
उपराष्ट्रपतिबाट महिला चेम्बर ट्रेड फेयर र अन्तर्राष्ट्रिय नारी दिवस बिशेष समारोह उद्घाटन

उपराष्ट्रपतिबाट महिला चेम्बर ट्रेड फेयर र अन्तर्राष्ट्रिय नारी दिवस बिशेष समारोह उद्घाटन

आर्थिक, समाचार
काठमाडौं, २४ फाल्गुण- महिला चेम्बर ट्रेड फेयर २०२१ आजबाट शुरु भएको छ । नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सव तथा १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजित तीन दिने ट्रेड फेयरको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गरेका हुन । उपराष्ट्रपति पुनले महिला चेम्बर ट्रेड फेयर २०२१ साथै अन्तर्राष्ट्रिय नारी दिवस बिशेष समारोहको समेत उद्घाटन गरे । सो अवसरमा उपराष्ट्रपति पुनले काठमाडौंको होटल ¥याडिसनमा सोमबार आयोजित बिशेष समारोहलाई सम्बोधन गर्दै सामाजिक राजनीतिक रुपान्तरणमा महिलाहरूको महत्वपूर्ण भूमिका रहे पनि त्यो भूमिकाको बास्तविक सम्मान हुन नसकेको बताए । “संविधानले महिलाहरूलाई समान अधिकार दिएको छ, सामाजिक न्यायसहितको समानुपातिक सहभागिताले समाजका सबै क्षेत्रमा महिलाको प्रतिनिधित्व बढाएको छ”, उपराष्ट्रपति पुनले भने , “विश्वमै नेपाल उदाहरणीय बनेको छ । तर कानुनले दिएका अधिकारहरूको ...
वरिष्ठ सौन्दर्यविद सुष्मा महराद्वारा संचालित फेसियल हाउसलाई “नेपाल्स नम्बर वान ब्युटी सैलुन “अवार्ड प्रदान

वरिष्ठ सौन्दर्यविद सुष्मा महराद्वारा संचालित फेसियल हाउसलाई “नेपाल्स नम्बर वान ब्युटी सैलुन “अवार्ड प्रदान

आर्थिक, समाचार
फागुन २३,काठमाडौं । समय सान्धर्भिक रुपका फेशनलेबल डिजाईन मेकअप साथै सौन्दर्य क्षेत्रको अग्रणी व्यापारिक प्रतिष्ठान ब्यूटीसियन तथा हेयर डिज़ाइनरलाई हेयर स्टाईल सम्बन्धी एडभान्स सिप उपलब्ध गराउने प्रख्यात ब्यूटि सैलुन फेसियल हाउसलाई “नेपाल्स नम्बर वान ब्युटी सैलुन”अवार्ड प्रदान गरिएको छ । मोडल सङ्ग्स नेपालको आयोजनामा‘ नेपाली कला,संस्कृति,सष्ट्रा तथा सर्जकको सम्मानमा समर्पित अन्तर्राष्ट्रिय अवार्ड’मोडल सङ्ग्स अवार्ड दोश्रो संस्करण २०२०’एक भव्य समारोहका बिच फेसियल हाउसलाई अवार्ड प्रदान गरिएको हो। कार्यक्रममा फेसियल हाउसका प्रवन्ध निर्देशक सुषमा महराले उक्त अवार्ड लिएकी थिइन । फेसियल हाउसल अहिले काठमाडौंको काठमाडौं मल , सिटिसि मल र चावेल गणेश थान र पोखराको पोखरा ट्रेडमलमा सञ्चालीत छ । निर्देशक महराका अनुसार फेसियल हाउसको काठमाडौंमा थप एक र काठमाडौं वाहिर एक ब्रान्च थपको लागि काम भईरहेको जना...
आज नेप्से २१.५८ अंकले  घटेर दुई हजार चार सय ८५ दशमलब ९ विन्दुमा

आज नेप्से २१.५८ अंकले घटेर दुई हजार चार सय ८५ दशमलब ९ विन्दुमा

आर्थिक, समाचार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दिन आज (आइतबार) दोहोरो अंकले घटेको छ । आज २१.५८ अंकले नेप्से घटेर दुई हजार चार सय ८५ दशमलब ९ विन्दुमा थामिएको छ ।  नेप्सेसका अनुसार आज ५ अर्ब ५४ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका सबै समूहमध्ये दुई वटा समूहबाहेक अन्य सबै समूह घटेका छन् ।   बजार घटेपनि तीन कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । शेयरमूल्यमा उच्च बृद्धि हुनेमा चन्द्रागिरी हिल्स, रैराङ हाइड्रोपावर कम्पनी, नेपाल हाइड्रो डेभलपर रहेका छन् ।     ...
सर्वोत्तम सिमेन्टले ६० करोड रुपैयाँ बराबरको शेयर निष्काशन गर्ने

सर्वोत्तम सिमेन्टले ६० करोड रुपैयाँ बराबरको शेयर निष्काशन गर्ने

आर्थिक, समाचार
 बुक विल्डिङमार्फत प्राथमिक शेयर निष्काशन गर्ने तयारी गरिरहेको सर्वोत्तम सिमेन्टले सर्वसाधारण लगानी कर्तालाई संस्थागत लगानीकर्ताको भन्दा १० प्रतिशत कममा शेयर बिक्री गर्ने भएको छ । ७५० रुपैयाँ योग्य संस्थागत लगानीकर्ताको लागि शेयर जारी गर्न आशय मूल्य निर्धारण गरेको कम्पनीले सर्वसाधारणको लागि भने यसको १० प्रतिशत कम अर्थात ६७५ मा शेयर निष्काशन गर्न सक्ने सर्वोत्तम सिमेन्टका प्रमुख कार्यकारी अधिकृत भरत दाहालले जानकारी दिए ।  ‘हामीले आन्तरिक रुपमा  योग्य  संस्थागत लगानीकर्ताको लागि प्रतिकित्ता अनुमानित मूल्य ७५० रुपैयाँ राखेका हौं,’ उनले भने ‘यो मूल्य भने क्युआइआइ (क्वालिफाइड इन्टिच्युसनल इन्भेष्टर) बाट अनुमोदन भएपछिमात्रै फाइनल हुन्छ । हामी यसलाई फाइनल गर्ने अन्तिम तयारीमा जुटेका छौं ।’ बुक बिल्डिङमा जानु पूर्व कम्पनीले बुक बिल्डिङ निर्देशिका,२०७७ को दफा ६ अनुसार निय...