शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

महिला चेम्बर ट्रेड फेयरको दोस्रो दिन रक गायक बिनोद तथा चर्चित गीत ‘सोचे झै जिन्दगी रैनछ’.. की गायिका मधु क्षेत्री लगायतको प्रस्तुती रहने

काठमाडौं- नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सव तथा १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजित तीन दिने महिला चेम्बर ट्रेड फेयरको दोस्रो दिन वित्त साक्षरता र कला प्रदर्शनी समेत हुदैछ ।मेलाको दोस्रो दिन अर्थात मार्च ९ तारिकमा कामना विकास बैंकले वित्त साक्षरता कार्यक्रम संचालन गर्दै छ भने नेपाली एवम् भारतिय कलाकारहरुले कला प्रदर्शन समेत गर्दैछन् । मंगलबार हुने कला प्रदर्शनीमा गायक गायिकाहरुले स्टेज पर्फर्मेन्स दिनेछन् ।

स्टेज पर्फर्मेन्स गर्ने कलाकारहरुमा चर्चित रक गायक बिनोद ढकाल, गायिकाहरु मधु क्षत्री, मिनाक्षी जिएम र भारतिय कलाकार अनु सिहं छिन । चर्चित गीत उकालीमा पनि हजुर मोटर जादो रैछ का गायक बिनोद ढकाल स्टेज शोका चल्तिका गायक समेत हुन । मधु क्षेत्री चर्चित नेपाली गीत सोचे झै जिन्दगी रैनछ कि गायिका हुन भने नक्कले भिनाजु गीत र मिनाक्षी चल्तीकी दोहरी गायिका हुन । साथै कार्यक्रममा मिथिला आर्ट समेत प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *