शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

इन्फ्रा एक्सिलेन्स सेन्टरमा सूचीकृत हुन निफ्राको आग्रह

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा कार्यरत व्यक्ति वा संस्थाहरूलाई इन्फ्रा एक्सिलेन्स सेन्टरमा सूचीकृत हुन आग्रह गरेको छ।

बैंकले यातायात, उर्जा, कृषि, पर्यटन, विशेष आर्थिक क्षेत्ररऔद्योगिक क्षेत्र, सामाजिक र सहरी पूर्वाधार तथा सूचना एवं संचार प्रविधिमा दखल भएका व्यक्ति वा संस्थाहरूलाई इन्फ्रा एक्सिलेन्स सेन्टरमा सूचीकृत हुन आग्रह गरेको हो ।

यस प्रकृया मार्फत सूचीकृत हुन सफल हुने व्यक्ति एवं संस्थाहरुलाई बैंकले आवश्यकता बमोजिम अल्पकालीन एवं दीर्घकालिन रुपमा पूर्वाधारका परियोजनाहरुको पहिचान देखी निर्माण एवं संचालनसम्मका विभिन्न चरणमा विज्ञको रुपमा एवं पूर्वाधार विकासमा विश्वका सफल अभ्यासहरुलाई अंगिकार गर्न आवश्यक हुने नीति, नियम तर्जूमाका लागि सहभागी गराउने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *