आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अन्तराष्ट्रिय

कोरोनाबाट सबैभन्दा धेरै प्रभावित १० देश

कोरोनाबाट सबैभन्दा धेरै प्रभावित १० देश

अन्तराष्ट्रिय, समाचार
कात्तिक १६ काठमाडौं ।विश्भवर कोरोनाभाइरस संक्रमितको संख्या ४ करोड ६० लाख नाघेको छ । हालसम्म कोरोना संक्रमितका हिसावले अमेरिका पहिलो नम्बरमा रहेको छ ।अमेरिकामा हालसम्म संक्रमितको संख्या ९३ लाख २३ हजारको हाराहारीमा रहेको छ । यसैगरी अमेरिकामा पछि भारतमा सबैभन्दा धेरै संक्रमित रहेका छन् । भारतमा हालसम्म संक्रमितको संख्या ८१ लाख ४३ हजारको हाराहारीमा हुँदा तेस्रो स्थानमा रहेको ब्राजिलमा ५५ लाख १९ हजारको हाराहारीमा संक्रमित रहेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ । यसैगरी रसियामा १६ लाख १८ हजार, फ्रान्समा १३ लाख ३१ हजार, स्पेनमा १२ लाख ६४ हजार, अर्जेन्टीनामा ११ लाख ५७ हजार, कोलोम्बियामा १० लाख ६३ हजार, युकेमा ९ लाख ९ हजार, मेक्सिकोमा ९ लाख १ हजारको हाराहारीमा संक्रमित रहेको पनि समाचारमा जनाइएको छ । ...
भारतको उडिसामा नोभेम्बर ३० सम्म बन्दाबन्दी

भारतको उडिसामा नोभेम्बर ३० सम्म बन्दाबन्दी

अन्तराष्ट्रिय
कात्तिक १६ नयाँदिल्ली । भारतको पूर्वी राज्य उडिसामा सरकारले शनिबार बन्दाबन्दीको समयलाई थप गर्ने निर्णय गरेको छ ।महामारीलाई नियन्त्रण गर्न खास गरी शहरी क्षेत्र र सङ्क्रमण फैलिएका क्षेत्रमा बन्दाबन्दीको समय थप गरिएको हो । बन्दाबन्दी कोभिड संक्रमित भएका क्षेत्रमा लागू हुने निर्देशनमा उल्लेख छ । उक्त क्षेत्रमा अतिआवश्यक गतिविधि मात्र गर्न अनुमति दिइएको छ । निर्देशन अनुसार संक्रमण फैलिएका क्षेत्रमा विद्यालय, क्याम्पस तथा अन्य शैक्षिक संस्थानहरूलाई नोभेम्बरको अन्त्यसम्म बन्द गरिने छ । यद्यपि विद्यालय विभागको सुपरीवेक्षणमा कक्षा नौ र १२ का कक्षाहरूलाई नोभेम्बर १६ देखि सञ्चालनका लागि अनुमति दिइनेछ । उडिसा भारतको नवौँ बढी प्रभावित राज्य हो । उडिसामा कूल दुई लाख ८८ हजार ६४६ व्यक्ति संक्रमित रहेका छन् भने एक हजार ३०८ जनाको मृत्यु भएको छ ।यो हप्ताभन्दा पहिले भारतको संघीय गृहमन्त्रालयले सेप्...
रियल मड्रिडको शानदार जित

रियल मड्रिडको शानदार जित

अन्तराष्ट्रिय, खेलकुद
कात्तिक १६ काठमाडौं । साविक विजेता रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा शानदार जित हात पारेको छ ।घरेलु मैदानमा शनिबार राति एसडी हुयस्कालाई ४-१ गोल अन्तरले हराउँदै गर्दै रियल शीर्ष स्थानमा पनि उक्लिएको छ। रियलको जितमा करिम बेन्जिमाले दुई गोल तथा इडेन हाजार्ड र फेड्रिको भाल्भर्डेले एक/एक गोल गरे ।हुयस्काका डेभिड फेरिरियोले एक गोल फर्काए । जितसँगै शीर्ष स्थानमा उक्लिएको रियलले ७ खेलमा १६ अंक जोडेको छ । रियलले सोसिडाडलाई २ अंकले पछि पार्दै शीर्ष स्थान ओगटेको हो ।हुयस्का ८ खेलमा ५ अंक जोडेर तालिकाको १८औं स्थानमा रहेको छ । एजेन्सी ...
सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लोरलाई पाँच विकेटले पराजित

सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लोरलाई पाँच विकेटले पराजित

अन्तराष्ट्रिय, खेलकुद, समाचार
विराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बैंग्लोर पराजित भएको छ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत आइतबार राति शारजहाँमा भएको खेलमा बैंग्लोरलाई सनराइजर्स हैदरावादले पाँच विकेटले पराजित गरेको हो । यो आइपिएलमा बैंग्लोरको छैटौँ हार हो । बैंग्लोरले प्रस्तुत गरेको १२१ रनको लक्ष्य हैदरावादले मात्रै १४ ओभर एक बलमा पाँच विकेटको क्षतिमा भेट्टाएको हो । उसका लागि ऋिद्धिमन साहले ३२ बलमा ३९ तथा मनिष पाण्डे र ज्यासन होल्डरले समान २६ रन बनाए । यसअघि पहिले ब्याटिङ्ग गरेको बैंग्लोरले सात विकेटको क्षतिमा १२० रन मात्रै बनाउन सक्यो । उसका लागि जोस फिलिप्सले ३१ बलमा ३२, एबी डी भिल्लियर्सले २४ बलमा २४ तथा वासिङ्गटन सुन्दरले १८ बलमा २१ रन बनाए । विजयी भएको हैदरावाद १२ अंकसहित चौथो स्थानमा छ । पराजित भएको बैंग्लोर १४ अंकसहित दोस्रो स्थानमा छ । ...
लिभरपुलले वेष्ट ह्याम युनाइटेडलाई २–१ ले पराजित

लिभरपुलले वेष्ट ह्याम युनाइटेडलाई २–१ ले पराजित

अन्तराष्ट्रिय, खेलकुद, समाचार
साबिक विजेता लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा सुरुमा पछि परेर पनि जित निकाल्न सफल भएको छ । घरेलु मैदानमा भएको खेलमा लिभरपुलले वेष्ट ह्याम युनाइटेडलाई २–१ ले पराजित गरेको हो । १० औँ मिनेटमा पाब्लो फोर्नाल्सको गोलबाट भ्रमण टोली वेष्ट ह्यामले अग्रता लिएको थियो । तर ४२ औँ मिनेटमा पाएको पेनाल्टीमा मोहमद सालहले लिभरपुलका लागि बराबरी गोल फर्काए । थप खेलाडीका रुपमा मैदान छिरेका डिओगो जोटाले ८५ औँ मिनेटमा गोल गरी लिभरपुललाई जित दिलाएका हुन् । उनले लगातार तीन खेलमा गोल गरेका छन् । जितपछि सात खेलबाट १६ अंक जोडेको लिभरपुल एभर्टनलाई पछि पारेर शीर्ष स्थानमा पुगेको छ । एक खेल कम खेलेको एभर्टन १३ अंकसहित दोस्रो स्थानमा छ । ८ अंक रहेको वेष्ट ह्याम १३ औँ स्थानमा छ । ...
नोभेम्बर ५ तारिकदेखि बेलायतमा एक महिनाका लागि लकडाउनको घोषणा

नोभेम्बर ५ तारिकदेखि बेलायतमा एक महिनाका लागि लकडाउनको घोषणा

अन्तराष्ट्रिय, समाचार
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले देशव्यापी नयाँ लकडाउनको घोषणा गरेका छन्। शनिबार पत्रकार सम्मेलनमार्फत उनले बेलायतभर नै ६ जनाभन्दा बढी मानिसहरु सार्वजानिक स्थलहरुमा भेला हुन नपाइने आदेश जारी गरेका हुन्। उनको आदेशअनुसार, नोभेम्बर ५ तारिकदेखि बेलायतमा बार, डिस्को, पवहरु तथा रेष्टुराँहरु, व्यायामशालाहरु र अत्यावश्यक सामाग्रीका वाहेक अरु पसलहरु बन्द गरिनेछन् भने काममा जानैपर्ने व्यक्तिहरु वाहेक अरुले घरमै बस्नुपर्ने छ। कोरोना भाइरसको प्रकोप तीब्र गतिमा बढेपछि उनले लकडाउनको आदेश जारी गरेका हुन्। बीबीसीका अनुसार, यो नयां प्रतिबन्ध एक महिनाका लागि लागू गरिएको  छ। तर, यो प्रतिबन्धमा स्कूल, कलेज र विश्वविद्यालयहरुलाई लागू हुने छैन। तर, घरभित्र र घरको बगैंचामा समेत जमघट गर्न प्रतिबन्ध लगाइएको छ। प्रधानमन्त्री जोन्सनले आगामी क्रिस्मससम्ममा कोरोना भाइरस नियन्त्रण लिन सकिने आशा व्यक्...
दिल्लीद्वारा मुम्बईलाई १११ रनको लक्ष्य ;आईपीएल

दिल्लीद्वारा मुम्बईलाई १११ रनको लक्ष्य ;आईपीएल

अन्तराष्ट्रिय, खेलकुद
कात्तिक १५ काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको जारी लिग चरणको ५१ औं खेलमा दिल्लीले मुम्बईलाई १११ रनको समान्य लक्ष्य दिएको छ ।टस हारेर ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाएर ११० रन मात्र बनायो । दिल्लीका लागी कप्तान श्रेयस अय्यरले सर्वाधिक २५ रन बनाए । सुरुवाती ओभर देखी नै खराब प्रदर्शन गरेको दिल्लीका लागी अन्य खेलाडीहरुमा ऋषभ पन्त (२१), रविचन्द्रन अश्विन (१२), कगिसो रबाडा (१२), पृथ्वी शा (१०) र शिमरोन हेटमायरले (११) रन बनाउनु बाहेक अन्य खेलाडीहरुले दोहोरो अंक छुन सकेन । मुम्बईका लागी ट्रेन्ट बोल्टले ४ ओभरमा २१ रन दिएर ३ विकेट र जसप्रीत बुमराहले ४ ओभरमा १७ रन दिएर ३ विकेट लिए । मुम्बईका अन्य खेलाडीहरु नाथन कूल्टर–नाइल र राहुल चाहरले एक–एक विकेट लिए । आजको खेल दिल्लीको लागि महत्वपूर्ण रहेको छ । मुम्बई सँगको खेल दिल्लीले जितेमा टोली आईपीएलको प्...
जर्मनीमा कोरोना संक्रमितको संख्या पाँच लाख नाघ्यो

जर्मनीमा कोरोना संक्रमितको संख्या पाँच लाख नाघ्यो

अन्तराष्ट्रिय
कात्तिक १५ काठमाडौं । जर्मनीमा कोरोना भाइरसका संक्रमितको संख्या पाँच लाख नाघेको छ ।जर्मनीको स्वास्थ्य अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार कोभिडका संक्रमितको संख्या ५ लाख १८ हजार ७५३ जना पुगेको छ । जर्मनीमा कोरोना संक्रमणबाट गएको २४ घन्टा यता कम्तीमा पनि १९ हजार जना संक्रमित भेटिएको जनाएका छन् ।जर्मनीमा कोरोना संक्रमण शुरु भएदेखिको यो नै सबैभन्दा ठूलो संख्या भएको पनि उनीहरुले बताएका छन् । कोरोना भाइरसको प्रकोपबाट मृत्यु हुनेको संख्या पनि १० हजार नाघेको छ । यहाँ गएको २४ घन्टामा यो संक्रमणबाट कम्तीमा पनि १०३ जनाको ज्यान गएको छ । यो सँगै मृत्यु हुनेको संख्या १० हजार ४५२ पुगेका छ।जर्मनीमा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप बढ्न थालेपछि कतिपय क्षेत्रमा निषेधाज्ञा समेत लागू गरिएको छ । एजेन्सी  ...
हवाइ आक्रमणमा ९ बालबालिकाको मृत्यु

हवाइ आक्रमणमा ९ बालबालिकाको मृत्यु

अन्तराष्ट्रिय
कात्तिक १५ अजरबैजान । अजरबैजानमा पछिल्लो समयमा अर्मेनियासँगको झडपका कारण हवाई आक्रमणमा परेर कम्तीमा नौ जना बालबालिकाको ज्यान गएको छ ।अजरबैजानको शिक्षा मन्त्रालयले अजरबैजान र अर्मेनियाबीचको विवादग्रस्त क्षेत्रमा भएको सो द्धन्द्धमा परेर ती बालबालिकाको ज्यान गएको जनाएको हो । अजरबैजान र अर्मेनियाबीच पछिल्ला केही हप्ता विवादास्पद क्षेत्र नागोर्नाे काराबाखमा द्धन्द्ध जारी रहेको छ । त्यहाँ भएका एक अर्का विरुद्धका आक्रमणहरुमा सयौँ नागरिकले ज्यान गुमाएका छन् ।यी दुई देशका बीचमा दुई पटकसम्म युद्धबिराम भएको भए पनि युद्धविरामको पालना नभएको बताइएको छ । जसका कारण अहिले पनि द्धन्द्ध जारी नै रहेको छ । अजरबैजानका शिक्षा मन्त्री अमिन अम्रुल्याएभले सो कुराको जानकारी दिएका हुन् । उनले उक्त क्षेत्रमा पछिल्लो समयमा शुरुको भएको दुई देशबीचको द्धन्द्धका कारण नौ जना छात्रछात्राको ज्यान गएको बताए ।शिक्षा मन्...
कोरोनाभाइरसको उपचारमा डेक्सामेथासोन औषधिको ट्रायलको सुरुवाती नतिजाको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले स्वागत

कोरोनाभाइरसको उपचारमा डेक्सामेथासोन औषधिको ट्रायलको सुरुवाती नतिजाको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले स्वागत

अन्तराष्ट्रिय, समाचार
कोरोनाभाइरसको उपचारमा डेक्सामेथासोन औषधिको ट्रायलको सुरुवाती नतिजाको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले स्वागत गरेको छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालयका शोधकर्ताहरुले डेक्सामेथासोन औषधिको करिब २ हजार बिरामीमा परीक्षण गरेका थिए । ट्रायलमा यो औषधि कैयौं बिरामीको ज्यान बचाउन सफल रहेको पाइयो । वैज्ञानिकहरुका अनुसार डेक्सामेथासोन पहिलो यस्तो औषधी हो जो कोरोना बिरामीको ज्यान बचाउन सफल भइरहेको छ । बेलायत सरकारले डेक्सामेथासोन औषधिबाट कोरोना बिरामीको उपचारको अनुमति दिएको छ । यो एक पुरानो र सस्तो औषधि हो । अनुसन्धान टिमका नेतृत्वकर्ता डा. मार्टिन ल्याण्ड्रेले भनेका छन् कि जहाँ पनि उचित हुन्छ अब ढिलाइ नगरी अस्पतालमा भर्ना भएका बिरामीहरुलाई यो औषधि दिइनुपर्छ । तर, बिरामीले डाक्टरको सल्लाहबिना यो औषधि आफैं किनेर भने खानु हुँदैन । बीबीसीका अनुसार डेक्सामेथासोनबाट खासगरी भेन्टिल...