आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अन्तराष्ट्रिय

स्पेनमा कोरोनाको बढ्दो संक्रमणलाई हेरेर ६ महिनाको स्वास्थ्य संकटकाल घोषणा

स्पेनमा कोरोनाको बढ्दो संक्रमणलाई हेरेर ६ महिनाको स्वास्थ्य संकटकाल घोषणा

अन्तराष्ट्रिय, समाचार
 कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरस जाडो महिनामा झनै तीव्र रुपले बढीरहेको छ । केहि देशहरुमा कोरोना संक्रमणको दोश्रो लहर फैलिएको छ । जसका कारण स्थिती झनै भयावह बनेको छ । धेरै यूरोपीय देशहरुमा कोरोनाको कहर फेरि बढेको छ । जसका कारण फेरि लकडाउन लागेको छ । यसैबीच स्पेनमा कोरोनाको बढ्दो केसलाई हेरेर ६ महिनाको स्वास्थ्य संकटकाल घोषणा गरिएको छ । स्पेनमा ३५ हजार भन्दा धेरैको मृत्यु भईसकेको छ भने १२.३८ लाखभन्दा धेरै संक्रमित भएका छन् । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले कोरोनाको बढ्दो केसलाई मध्यनजर गर्दै देशमा हेल्थ इमर्जेन्सी लागू गरेको बताए । संकटकाल ११ बजेदेखि लिएर बिहान ६ बजेसम्म लागू हुनेछ । एजेन्सीको सहयोगमा ...
गत २४ घण्टामा विश्वमा ५ लाख ७३ हजार ५ सय ९ कोरोनाका संक्रमित थपिए

गत २४ घण्टामा विश्वमा ५ लाख ७३ हजार ५ सय ९ कोरोनाका संक्रमित थपिए

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
गत २४ घण्टामा अमेरिकामा १ लाख १ हजार बढी कोरानोका संक्रमितहरु थपिएका छन्। अथ्यांक अनुसार अमेरिकामा कोराना संत्रमित हुनेको संख्या ९३ लाख १६ हजार १ सय भन्दा धरै रहेको छ। अमेरिकामा १ लाख १ हजार कोरोनाका संक्रमित थपिएसँगै विश्वमा एकैदिनमा ५ लाख ७३ हजार ५ सय ९ कोरोनाका विरामीहरु थपिएका हुन्। गत २४ घण्टामा अमेरिकापछि फ्रान्समा सबैभन्दा धेरै कोरोनाका संक्रमितहरु थपिएका छन्। वल्र्डोमिटरको तथ्यांक अनुसार फ्रान्समा ४९ हजार २ सय १५ जना कोरोनाका विरामीहरु थपिएका हुन्। योसँगै फ्रान्समा कोरोनाबाट संक्रमित हुनेको संख्या १३ लाख ३१ हजार ९ सय बढिरहेको छ। भारतमा पछिल्ला केहीदिन यता कोरोना संक्रमित हुनेको संख्या घट्दो छ। गत २४ घण्टामा भारतमा ४८ हजार १ सय २० कोरोनाका संक्रमितहरु थपिएका छन्। योसँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८१ लाख ३६ हजार १ सय बढीरहेको छ। हालसम्म भारतमा कोरोनाका कारण १ लाख ...
टर्कीमा  ७.० रेक्टरस्केलको शक्तिशाली भूकम्प, अहिलेसम्म ४ जनाको मृत्यु

टर्कीमा ७.० रेक्टरस्केलको शक्तिशाली भूकम्प, अहिलेसम्म ४ जनाको मृत्यु

अन्तराष्ट्रिय, समाचार
 टर्कीमा शुक्रबार दिउँसो शक्तिशाली भूकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार टर्कीको पश्चिमी शहर इजमिरलाई केन्द्र बनाएर गएको भूकम्पको धक्काले कैयौं भवनहरु भत्किएका छन् । समाचार संस्था रोयटर्सका अनुसार भूकम्पका कारण अहिलेसम्म ४ जना मानिसको मृत्यु भएको विवरण प्राप्त गरिएको छ । यस्तै, कम्तीमा १ सय २० जना घाइते भएका छन् । भूकम्पका कारण थप मानवीय क्षति भएको हुनसक्ने आकलन गरिएको छ । अमेरिकी जिओलोजिक सर्वेका अनुसार भूकम्पको तीव्रता ७.० रेक्टरस्केल मापन गरिएको छ । भूकम्पले ग्रीस र एथेन्स पनि प्रभावित भएका बीबीसीले उल्लेख गरेको छ । तुर्कीको विपद प्रबन्ध विभागले राहत तथा उद्दारकर्ताहरुलाई प्रभावित क्षेत्रमा पठाइसकिएको जनाएको छ । भूकम्पले प्रभावित इजमिर टर्कीको तेस्रो ठूलो शहर हो । ...
जोसे मोरिन्होको टिम टोटनह्याम युरोपा लिग फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा पराजित

जोसे मोरिन्होको टिम टोटनह्याम युरोपा लिग फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा पराजित

अन्तराष्ट्रिय, खेलकुद, समाचार
जोसे मोरिन्होको टिम टोटनह्याम युरोपा लिग फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा पराजित भएको छ । समूह चरणको पहिलो खेलमा विजयी भएको टोटनह्याम अवे मैदानमा बिहीबार राति भएको खेलमा भने पराजित भयो । बेन डेविसको गल्तीले रोयल एन्टवेर्पलाई जितका लागि सहयोग गरेको हो । टोटनह्यामबाट २०० औँ खेलमा सहभागी भएका बेनलाई सहजै छक्याएर डिएमरिक एमबोकानीले दिएको पासलाई लिओर रेफाएलोभले गोलमा परिणत गरेका हुन् । लिओरले २९ औँ मिनेटमा गरेको गोल नै रोयलको जितमा निर्णायक बन्यो । लगातार दुई खेलमा जित निकालेको रोयल ६ अंकसहित समूहको शीर्ष स्थानमा पुगेको छ । सोही समूह अन्तर्गत भएको खेलमा एलएएसकेले लुडोगोरेट्सलाई ४-३ ले पराजित गरेको छ । अरु खेलमा आरजेड पेलेट्स डब्लुएसीले फेयेनूर्डलाई ४-१, रेड स्टार बेलग्राडेले स्लोभान लिबेरिकलाई ५-१, होफेनहेमले केएए जेन्टलाई ४-१, स्पोर्टिङ्ग ब्रागले जोर्या लुहान्स्कलाई २-१, एसी...
मुम्बई इन्डियन्स युएईमा जारी  (आईपीएल) टी-ट्वान्टी क्रिकेटको प्ले अफमा प्रवेश

मुम्बई इन्डियन्स युएईमा जारी (आईपीएल) टी-ट्वान्टी क्रिकेटको प्ले अफमा प्रवेश

अन्तराष्ट्रिय, खेलकुद, समाचार
साविक विजेता मुम्बई इन्डियन्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ । दुबईमा बिहीबार राति भएको खेलमा चेन्नई सुपर किङ्सले कोलकाता नाइट राइडर्सलाई पराजित गरेपछि मुम्बई प्ले अफमा पुगेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा चेन्नईले कोलकातालाई ६ विकेटले पराजित गरेको थियो । कोलकाताले दिएको १ सय ७३ रनको लक्ष्य चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर पुरा गरेको थियो । तालिकाको पुछारमा रहेको चेन्नईले कोलकातालाई हराएपछि शीर्ष स्थानको मुम्बई प्ले अफ पुग्ने पहिलो टिम बनेको हो । मुम्बईले १२ खेलमा १६ अंक जोडेको छ । र, तालिकाको शीर्ष स्थानमा रहेको छ । अब बाँकी रहेको २ खेल गुमाए पनि मुम्बई शीर्ष चारमा रहनेछ । चेन्नई कोलकातासँग पराजित भएको भए मुम्बईले प्ले अफ पुग्न अझै एक खेल कुर्नु पर्ने थियो । अब तीन टिमले प्ले अफमा ...
विश्वमा हालसम्म चार करोड ५३ लाख एक हजार एक सय ९१ जना संक्रमित,११ लाख ८५ हजार ६ सय ३२ जनाको मृत्यु

विश्वमा हालसम्म चार करोड ५३ लाख एक हजार एक सय ९१ जना संक्रमित,११ लाख ८५ हजार ६ सय ३२ जनाको मृत्यु

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
विश्वमा हालसम्म चार करोड ५३ लाख एक हजार एक सय ९१ जना संक्रमित भइसकेका छन् । संक्रमितमध्ये ११ लाख ८५ हजार ६ सय ३२ जनाको मृत्यु भइसकेको छ । विश्वमा हालसम्म तीन करोड २९ लाखभन्दा बढी कोरोना भाइरस संक्रमित निको भएका छन् । शुक्रबार बिहानसम्ममा विश्वभरका तीन करोड २९ लाख ६४ हजार आठ सय ७२ जना कोरोनामुक्त भएका हुन् । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म ९२ लाख सात हजारभन्दा बढी मानिसमा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये ५९ लाख ७१ हजारभन्दा बढी निको भइसकेका छन् । त्यहाँ अहिले पनि ३० लाखभन्दा बढी मानिस संक्रमित अवस्थामै छन् । अमेरिकामा कोरोना संक्रमणबाट हालसम्म दुई लाख ३४ हजार एक सय १४ जनाको मृत्यु भइसकेको छ । भारतमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८० लाख ८८ हजारभन्दा बढी पुगेको छ । त्यहाँ अहिले पनि पाँच लाख ९५ हजार मानिस संक्रमित...
बार्सिलोनाले युभेन्टसमाथि सहज जित

बार्सिलोनाले युभेन्टसमाथि सहज जित

अन्तराष्ट्रिय, खेलकुद
कात्तिक १३ काठमाडौं । लियोनल मेस्सीको गोलमा च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले युभेन्टसमाथि सहज जित हात पारेको छ । समूह जी अन्तर्गतको बुधबार राति भएको खेलमा बार्सिलोनाले युभेन्टसलाई २-० गोलले पराजित गर्‍यो । बार्सिलोनाको जितमा ओउसमान डेम्बेले र लियोनेल मेसीले एक/एक गोल गरे ।डेम्बेलेले खेलको १४औँ मिनेटमा मेस्सीको असिस्टमा गोल गरे ।खेलको ८५औँ मिनेटमा युभेन्टसका मरिह डेमिरलले दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि दबाबमा परेको युभेन्टसले ९१औँ मिनेटमा अर्को गोल खायो । ९१औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै मेस्सीले बार्सालाई २-०को जित दिलाए ।जितपछि बार्सिलोना समूह जीमा दुवै खेल जितेर ६ अंकसहित शीर्ष स्थानमा छ भने भने युभेन्टसको २ खेलमा ३ अंक रहेको छ । युभेन्टस कोरोना संक्रमणका कारण क्रिस्टियानो रोनाल्डो बिना खेलेको थियो । ...
च्याम्पियन्स लिगमा पीएसजीको जित

च्याम्पियन्स लिगमा पीएसजीको जित

अन्तराष्ट्रिय, खेलकुद
कात्तिक १३ काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले इस्तानबुल बासाकेशिरलाई हराएको छ ।बुधबार राति भएको समूह ‘एच’ को खेलमा पीएसजीले टर्कीस क्लब इस्तानबुल बासाकेशिरलाई २–० ले हराएको हो । पीएसजीको जितमा यसै सिजन एभर्टनबाट लोनमा आएका मोइस केनले दुई गोल गरे ।खेलको ६४औं मिनेटमा पहिलो गोल गरेका उनले ७९औं मिनेटमा दोस्रो गोल गरेका थिए । केनको दुवै गोलका लागि केलियन एम्बाप्पेले पास मिलाएका थिए । खेलको सुरुवातमै मांशपेशीमा चोट बोक्दै नेयमार मैदानबाट बाहिरीएका थिए । जितसँगै पीएसजीले समूहमा तीन अंक जोडेको छ । एजेन्सी ...
चन्द्रमाको सतहमा पहिला सोचिए भन्दा धेरै पानी फेला परेपछि गहिरो अनुसन्धानमा लागे बैज्ञानिक

चन्द्रमाको सतहमा पहिला सोचिए भन्दा धेरै पानी फेला परेपछि गहिरो अनुसन्धानमा लागे बैज्ञानिक

अन्तराष्ट्रिय
कात्तिक १३ काठमाडौं । अमेरिकी अन्तरिक्ष संस्था नासाका वैज्ञानिकहरूले चन्द्रमाको सतहमा पहिला सोचिएभन्दा पानीको मात्रा बढी भएको खुलासा गरेका छन्। अनुसन्धानकर्ताहरूले चन्द्रमाको सतहमा कुनाकुनामा प्राचीन बरफको सानासाना थुप्रै टुक्राहरू भएको पत्ता लागेको बताएका हुन्। उनीहरूका अनुसार ती प्राचीन बरफमा अर्बौं वर्षदेखि प्रत्यक्ष घामका किरण परेको छैन।नयाँ अनुसन्धानले चन्द्रमाको सतहको करिब ४० हजार वर्ग किलोमिटर क्षेत्रमा पानी यसैगरी रहेको हुनसक्ने अनुमान गरेको छ। यो खोजले भविष्यमा अन्तरिक्षयात्रीका लागि ताजा पानीको स्रोत बरफ हुनसक्ने सम्भावना देखाएको छ।पानी रहेको स्पष्ट रूपमा पत्ता लागेपछि यसले नासाको चन्द्रमामा आधार बनाउने आकाङ्क्षालाई थप बल दिएको छ।यसको उद्देश्य चन्द्रमाकै प्राकृतिक स्रोतको प्रयोग गरेर त्यहाँको आधारलाई टिकाउ बनाउने हो। वैज्ञानिकहरूले पत्ता लगाएका यी विषय नेचर एस्ट्रोनोमी ...
विश्वभर पछिल्लो २४ घण्टामा ५ लाखभन्दा बढीमा संक्रमण, ७ हजार बढीको मृत्यु

विश्वभर पछिल्लो २४ घण्टामा ५ लाखभन्दा बढीमा संक्रमण, ७ हजार बढीको मृत्यु

अन्तराष्ट्रिय, समाचार
कात्तिक १३ काठमाडौं । कोरोना भाइरसको महामारी सुरू भएको १० महिनामा विश्वभर ४ करोड ४७ लाखभन्दा बढीमा संक्रमण भएको छ । वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख २ हजारभन्दा बढीमा संक्रमण भएको छ । योसँगै संक्रमितको संख्या ४ करोड ४७ लाख ३९ हजार ९१७ पुगेको छ । संक्रमितमध्ये ८१ हजार १६६ जनाको अवस्था गम्भीर छ । यस्तै पछिल्लो २४ घण्टामा ७ हजार १०४ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ११ लाख ७८ हजार ५२७ पुगेको छ । यस्तै विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ८५ लाख ३ नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ६५ हजारभन्दा धेरै  निको भएर घर फर्किएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या ३ करोड २७ लाख नाघेको छ । सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा ९१ लाख १८ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । ...