आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

रियल मड्रिडको शानदार जित

कात्तिक १६ काठमाडौं । साविक विजेता रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा शानदार जित हात पारेको छ ।घरेलु मैदानमा शनिबार राति एसडी हुयस्कालाई ४-१ गोल अन्तरले हराउँदै गर्दै रियल शीर्ष स्थानमा पनि उक्लिएको छ।

रियलको जितमा करिम बेन्जिमाले दुई गोल तथा इडेन हाजार्ड र फेड्रिको भाल्भर्डेले एक/एक गोल गरे ।हुयस्काका डेभिड फेरिरियोले एक गोल फर्काए ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको रियलले ७ खेलमा १६ अंक जोडेको छ । रियलले सोसिडाडलाई २ अंकले पछि पार्दै शीर्ष स्थान ओगटेको हो ।हुयस्का ८ खेलमा ५ अंक जोडेर तालिकाको १८औं स्थानमा रहेको छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *