बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

जर्मनीमा कोरोना संक्रमितको संख्या पाँच लाख नाघ्यो

कात्तिक १५ काठमाडौं । जर्मनीमा कोरोना भाइरसका संक्रमितको संख्या पाँच लाख नाघेको छ ।जर्मनीको स्वास्थ्य अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार कोभिडका संक्रमितको संख्या ५ लाख १८ हजार ७५३ जना पुगेको छ ।

जर्मनीमा कोरोना संक्रमणबाट गएको २४ घन्टा यता कम्तीमा पनि १९ हजार जना संक्रमित भेटिएको जनाएका छन् ।जर्मनीमा कोरोना संक्रमण शुरु भएदेखिको यो नै सबैभन्दा ठूलो संख्या भएको पनि उनीहरुले बताएका छन् ।

कोरोना भाइरसको प्रकोपबाट मृत्यु हुनेको संख्या पनि १० हजार नाघेको छ । यहाँ गएको २४ घन्टामा यो संक्रमणबाट कम्तीमा पनि १०३ जनाको ज्यान गएको छ । यो सँगै मृत्यु हुनेको संख्या १० हजार ४५२ पुगेका छ।जर्मनीमा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप बढ्न थालेपछि कतिपय क्षेत्रमा निषेधाज्ञा समेत लागू गरिएको छ । एजेन्सी 

Leave a Reply

Your email address will not be published. Required fields are marked *