आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अन्तराष्ट्रिय

दिल्ली क्यापिटल्स प्लेअफमा आइपिएल

दिल्ली क्यापिटल्स प्लेअफमा आइपिएल

अन्तराष्ट्रिय, खेलकुद
कात्तिक १८ काठमाडौं । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको प्लेअफमा स्थान बनाउन सफल भएको छ ।अबुधाबीमा सोमबार राति भएको खेलमा विराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बैंग्लोरलाई ६ विकेटले पराजित गरेर दिल्ली क्यापिटल्सले प्लेअफमा स्थान बनाएको हो । १५३ रनको लक्ष्य दिल्ली क्यापिटल्सले १९ ओभरमा चार विकेटको क्षतिमा भेट्टायो । उसका लागि अजिन्क्या रहाणेले ४६ बलमा ६० तथा शिखर धवनले ४१ बलमा ५४ रन बनाए । प्लेअफमा पुगेको दिल्ली क्यापिटल्सले नोभेम्बर ५ मा हुने पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्ने छ । पराजित भएको बैंग्लोर पनि रनरेटका आधारमा अघि रहँदै प्लेअफमा पुग्न सफल भएको छ । बैंग्लोरले कोलकाता नाइट राइडर्स वा सनराजर्स हैदरावादसँग क्वालिफायरमा प्रतिस्पर्धा गर्ने छ ।कोलकाता चौथो स्थानमा छ । तर मंगलबार हुने समूह चरणको अन्तिम खेलमा मुम्बई इन्डियन्सलाई पर...
अस्ट्रियाको राजधानी भियनामा आतंकवादी आक्रमण

अस्ट्रियाको राजधानी भियनामा आतंकवादी आक्रमण

अन्तराष्ट्रिय
कात्तिक १८ काठमाडौं । अस्ट्रियाको राजधानी भियनामा आतंकवादी आक्रमण भएको छ । राइफलसहितका बन्दुकधारीले मध्य भियनाका विभिन्न ६ स्थानमा अन्धाधुन्ध गोली चलाएका छन् । गोली लागेर कम्तीमा एकजनाको ज्यान गएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अस्ट्रियाका चान्सलर सेबास्टियन क्रूजले प्रतिघाती आतंकारी आक्रमण रहेको बताएका छन् । सुरक्षाकर्मीको गोली लागेर एक बन्दुकधारीको पनि ज्यान गएको छ । घाइते हुनेमा प्रहरी पनि रहेका छन् । यहुदी प्रार्थना स्थल नजिकै आक्रमण भएको हो, तर सो स्थल निशाना थियो थिएन भन्ने स्पष्ट भएको छैन । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि देशव्यापी रुपमा लागु भएको नया प्रतिबन्धको केही घण्टामै घटना भएको हो । युरोपका नेताहरुले आक्रमणको निन्दा गरेका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले डरलाग्दो आक्रमणबाट त्रसित भएको बताएका छन् ।...
इजरायलमा नेपाली कामदार पठाउन ‘प्रोटोकल’ तयार

इजरायलमा नेपाली कामदार पठाउन ‘प्रोटोकल’ तयार

अन्तराष्ट्रिय
कात्तिक १८ काठमाडौं । गत असोजमा इजरायसँग भएको श्रम सम्झौता अनुसार नेपाली कामदार त्यहाँ पठाउन ‘प्रोटोकल’ तयार भएको छ । इजरायल सरकारका प्रतिनिधि र नेपाल सरकारका उच्च अधिकारीहरूबीच १ महीनाको छलफलपछि प्रोटोकल तयार गरिएको हो । प्रोटोकलमा श्रम सम्झौतामा भएका व्यवस्थालाई आधार मान्दै कामदार जाने प्रक्रिया, कामदारको योग्यता, पारिश्रमिक, सेवासुविधालगायत विषय समेटिएको छ । नेपालीहरूलाई रोजगारीका लागि विशेष गरी हस्पिटल क्षेत्रमा पठाउने र त्यहाँ खानेबस्ने सबै प्रबन्ध मिलाउने व्यवस्था आदिलाई प्रोटोकलले प्रस्ट्याएको छ । हस्पिटलबाहेक केयर गिभर, कृषि, होटेल र रेस्टुराँ, निर्माणलगायत क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर मिल्ने गरी प्रोटोकल तयार गरिएको छ । इजरायलसँग भएको श्रम सम्झौताअनुसार प्रोटोकलमा रोजगारीका लागि उक्त देशमा जान चाहने नेपालीले भिसा शुल्क, मेडिकल परीक्षण, कल्याणकारी कोषमा जम्मा गर्नुपर्न...
सास सुँघेरै कोरोना संक्रमण पत्ता लगाउने नयाँ प्रविधि विकास

सास सुँघेरै कोरोना संक्रमण पत्ता लगाउने नयाँ प्रविधि विकास

अन्तराष्ट्रिय
कात्तिक १८ काठमाडौं । वेल्सका वैज्ञानिकले मानिसकाे सास सुँघेरै कोरोना संक्रमण पत्ता लगाउने नयाँ प्रविधि विकास गरेका छन्। बीबीसीका अनुसार यो उपकरण वेल्सस्थित इम्स्पेक्स डाइग्नोस्टिक्स कम्पनीले विकास गरेको हो। सुरुमा फोक्सोको क्यान्सरजस्ता रोग र ब्याक्टेरिया र भाइरसले गराउने श्वासप्रश्वाससम्बन्धी रोगबीच भिन्नता छुट्याउन यो प्रविधि विकास गर्न लागेको तर कोरोना महामारी सुरु भएकाले यसलाई कोरोना परीक्षणका लागि विकास गरिएको कम्पनीले जनाएको छ। उक्त उपकरणबाट स्कटल्यान्ड र जर्मनीमा परीक्षण गर्दा तुरुन्त काेराेना भए/नभएकाे पत्ता लागेकाे ‘लान्सिट’ जर्नलमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।इम्स्पेक्स डाइग्नोस्टिक्सले बजेट सुनिश्चित भएमा याे उपकरण ६ महिनाभित्र आम प्रयोगका लागि तयार हुन सक्ने जनाएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत सान्टी डोमिनगुएजले यसको सम्भावना निकै उत्साहप्रद देखिएको र...
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा संक्रमण विज्ञ फाउचीलाई जिम्मेवारीबाट हटाउने चेतावनी

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा संक्रमण विज्ञ फाउचीलाई जिम्मेवारीबाट हटाउने चेतावनी

अन्तराष्ट्रिय
कात्तिक १८ फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबारको निर्वाचनबाट आफू पूनः राष्ट्रपतिमा निर्वाचित भएमा संक्रमण रोग विज्ञ डा. एन्थोनी फाउचीलाई जिम्मेवारीबाट हटाउने चेतावनी दिएका छन् । संक्रमण रोग न्युनिकरण, नियन्त्रण र व्यवस्थापनसम्वन्धी देशको उच्च जिम्मेवारीमा रहनु भएका फाउचीलाई उनले हटाउने चेतावनी दिएका हुन्। अमेरिका व्यापक संक्रामक रोग कोरोना भाइरसबाट अत्यन्त आक्रान्त बनेको वेला नै उनले हटाउने चेतावनी राष्ट्रपति ट्रम्पले दिएको समाचारमा जनाइएको छ । गत वसन्त ऋतुदेखि नै फैलिएको महामारी नियन्त्रण तथा व्यवस्थापन गर्न राष्ट्रपति ट्रम्प असफल भएको र त्यसमा डा फाउचीको कुरालाई उनले वेवास्ता गर्ने गरेको आरोप लाग्दै आएको थियो । डा फाउचीले अमेरिकामा संक्रमण फैलिन नदिन वा सचेतना गर्न र व्यवस्थापन गर्न आफ्नो तर्फबाट सक्दो प्रयासहरु गर्दै आएको भन्दै कतिपयले उनको प्रशंसा गर्ने...
अमेरिकी राष्ट्रपतीय निर्वाचन आज, ट्रम्प र बाइडेन प्रतिस्पर्धामा

अमेरिकी राष्ट्रपतीय निर्वाचन आज, ट्रम्प र बाइडेन प्रतिस्पर्धामा

अन्तराष्ट्रिय
कात्तिक १८ वासिङ्टन- अमेरिकामा बहुप्रतिक्षित  राष्ट्रपतीय निर्वाचन आज हुँदैछ ।नेपाली समयानुसार आज राति हुने निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो वाइडन प्रतिस्पर्धामा छन् । कोरोना महामारीका कारणले धेरै मानवीय क्षति व्यहोरेको अमेरिकाले आगामी दिनमा स्वास्थ्य, आर्थिक, सामाजिक र विश्व राजनीतिक सम्बन्धलाई कसरी कसरी अघि बढाउँछ भन्ने विषयले यो चुनाव  संसारभरको चासोको केन्द्र बनेको छ । आगामी चार वर्षका लागि निर्वाचित हुने विश्वकै शक्तिशाली पद मानिने राष्ट्रपतिको यो निर्वाचन र त्यसपछि आउने नेतृत्वलाई केवल वर्षको समयावधिसँग मात्र तुलना गरिँदैन । सन् १९१८ मा देखा परेको स्पेनिस फ्लुपश्चात् एक सय वर्षमा आइलागेको कोरोना भाइरस र यसले पारेको गम्भीर असरलाई दीर्घकालीनरुपमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयसमेत यसै निर्वाचनसँग आएर जोडिएको छ । विगतका चुनावमा अनुद...
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार इजरायली परीक्षण विश्वव्यापी रूपमा परीक्षण भइरहेका अग्रणी ४० खोपहरुमध्ये एक हो

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार इजरायली परीक्षण विश्वव्यापी रूपमा परीक्षण भइरहेका अग्रणी ४० खोपहरुमध्ये एक हो

अन्तराष्ट्रिय, समाचार
इजरायलले आइतबार एउटा कोरोनाभाइरस खोपको क्लिनिकल परीक्षण सुरु गरेको अधिकारीहरूले बताएका छन्। साथै इजरायल सरकारले कोभिड–१९ सङ्क्रमण रोक्न लिएका नियन्त्रणका उपायलाई पनि खुकुलो पार्ने बताएको छ । ‘हामी सुरुङ्को अन्त्यमा प्रकाश देख्न सक्छौँ’, प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले तेल अवीव नजिकै शेबा मेडिकल सेन्टरमा पत्रकारहरूसँग भने। महामारीको सुरुमै नेतान्याहूले इजरायल इन्स्टिच्युट फर बायोलोजिकल रिसर्च (आईआईबीआर)लाई कोभिड–१९ भाइरसविरूद्ध खोप विकास गर्न निर्देशन गरेका थिए। खोपको सुरुवात शेबा मेडिकल सेन्टर र जेरूसेलमको हद्दास मेडिकल सेन्टरमा कार्यरत दुई स्वयम्सेवकहरूलाई दिएर आइतबार गरिएको हो। इजरायलले पहिलो चरण ८० जनामा खोपको परीक्षण गर्नेछ भने दोस्रो चरणमा ९८० जनामा परीक्षण गर्नेछ र अन्तिम चरणमा अप्रिल वा मेसम्ममा तेस्रो अर्थात् अन्तिम परीक्षण २५ हजार व्यक्तिमा गर्ने बताइएको छ। ...
आर्सनलले म्यानचेस्टर युनाइटेडलाई १४ वर्षमा पहिलोपटक उसकै मैदानमा पराजित

आर्सनलले म्यानचेस्टर युनाइटेडलाई १४ वर्षमा पहिलोपटक उसकै मैदानमा पराजित

अन्तराष्ट्रिय, खेलकुद, समाचार
इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई १४ वर्षमा पहिलोपटक उसकै मैदानमा पराजित गरेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा आर्सनलले घरेलु टिम म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको हो । ६९ औँ मिनेटमा पाएको पेनाल्टीमा पिएर–एमरिकले गोल गरे । सोही गोल नै आर्सनलको जितका लागि निर्णायक बन्यो । ...
पञ्जाबले चेन्नइलाई दियो १५४ रनको लक्ष्य;आईपीएल

पञ्जाबले चेन्नइलाई दियो १५४ रनको लक्ष्य;आईपीएल

अन्तराष्ट्रिय, खेलकुद
कात्तिक १६ काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत जारी खेलमा किंग्स ११ पञ्जाबले चेन्नइ सुपर किंग्सलाई १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ।अबुधाबीस्थित शेख जायेद स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ‌ओभरमा ६ विकेट गुमाउँदै १५३ रन बनाएको हो। पञ्जाबका लागि दीपक हूडाले अर्धशतकीय पारी खेले। धर्मराउँदै गरेको पञ्जाबको ब्याटिङ उकासेका उनले ३० बलमा ६२ रन बनाउँदै अभिजित रहे।त्यस्तै मयंक अग्रवालले २६, कप्तान केएल राहुलले २९ रन बनाए। त्यसबाहेक मन्दीप सिंहले १४ र क्रिस गेलले १२ रन बनाए। उता चेन्नइका लागि लुंगी नगिदीले सर्वाधिक ३ विकेट लिँदा रवीन्द्र जडेजा, सार्दुल ठाकुर र इमरान ताहिरले समान १/१ विकेट लिए।पञ्जाब प्लेअफको यात्रामा कायम रहन अनिवार्य जित निकाल्नु पर्ने दवाबमा छ। चेन्नइ भने यसअघि नै प्लेअफको होडबाट बाहिरी सकेको छ। ...
टर्कीमा भूकम्पबाट मृत्यु हुनेको संख्या ४२ पुग्यो

टर्कीमा भूकम्पबाट मृत्यु हुनेको संख्या ४२ पुग्यो

अन्तराष्ट्रिय
कात्तिक १६ काठमाडौं । टर्कीमा शुक्रबार गएको शक्तिशाली भूकम्पबाट ज्यान जाने व्यक्तिको संख्या ४२ पुगेको छ । भूकम्पका कारण टर्कीमा कम्तीमा ४२ जनाको मृत्यु भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् । यो भूकम्पको धक्का अन्य छिमेकी देशहरुमा पनि महसुश भएको बताइएको थियो । तर पनि ती देशहरुमा अहिलेसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् । टर्कीको इज्मीर शहरमा शुक्रबार ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त शहरमा अहिले पनि खोजी तथा उद्धार कार्य भइरहेको जनाइएको छ । भूकम्पका कारण अहिलेसम्म ८०० जना घाइते भएको विवरण प्राप्त भएको टर्कीको प्रकोप तथा विपद् व्यवस्थापन कार्यालयले जनाएको छ । भूकम्पपछि सयौँ पटक पराकम्प पनि महसुस गरिएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले टेलिभिजनमार्फत् सम्वोधन गर्दै यस भूकम्पबाट मृत्यु हुनेको संख्या ४२...