शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

स्वास्थ्य

स्वास्थ्य  मन्त्रालयले काठमाडौं उपत्यकासहित देशका ठूला शहरका विद्यालयहरु कम्तीमा १ महिनाका लागि बन्द गर्न सिफारिस

स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकासहित देशका ठूला शहरका विद्यालयहरु कम्तीमा १ महिनाका लागि बन्द गर्न सिफारिस

समाचार, स्वास्थ्य
 कोरोना भाइरस (कोभिड १९) संक्रमणको दोस्रो लहर फैलिने जोखिम कम गर्न भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित देशका ठूला शहरका विद्यालयहरु कम्तीमा १ महिनाका लागि बन्द गर्न सिफारिस गरेको छ । मन्त्रालयले काठमाडौंसहित देशका १५ वटा जिल्लाका ठूला शहरका विद्यालय कम्तीमा १ महिनाका लागि बन्द गर्न सिफारिस गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले दोस्रो लहरको कोरोना संक्रमण फैलिने जोखिम कम गर्न विद्यालय बन्द गर्नुपर्ने सुझावसहित कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा सिफारिस गरिएको जानकारी दिए । काठमाडौं उपत्यकासहित भरतपुर, पोखरा, वीरगन्ज, विराटनगरसहितका शहरका विद्यालय १ महिनाका लागि बन्द गर्नुपर्ने भनेर सिफारिस गरिएको सचिव न्यौपानेले जानकारी दिए । फछिल्लो समय नयाँ प्रकार (भेरियन्ट)को कोरोना भाइरसको संक्रमण देखिन थालेको मन्त्रालय...
नेपालमा पछिल्लो २४ घण्टामा थप ४६० जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप ४६० जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
 नेपालमा पछिल्लो २४ घण्टामा थप ४६० जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८० हजार ९ सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण ५ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या ३ हजार ५८ पुगेको छ । मन्त्रालयका अनुसार आज थप १५३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार ३ सय १८ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ६ सय ८ रहेको र भने ८५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमणको जोखिम बढिरहेको छ । यसअघि सोमवार नेपालमा थप ४९६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । भने १३ जनाको मृत्यु भएको थियो । ...
घरबाहिर निस्किँदा हरेकले जनस्वास्थ्यका मापदण्डहरूको ख्याल गरौं

घरबाहिर निस्किँदा हरेकले जनस्वास्थ्यका मापदण्डहरूको ख्याल गरौं

समाचार, स्वास्थ्य
डा.डिआर उपाध्याय, मुलुकमा कोरोना भाइरसको संक्रमण दर पुनः उकालो लाग्ने संकेत देखिन थालेको छ । फेरि जनतामा एक खालको त्रास उत्पन्न भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अहिले दिनहुँ ३ सय जना हाराहारी नयाँ संक्रमित थपिन थालेका छन । यो बडो चिन्ताको बिषय हो । अव हामी सवै नागरिक हरु सचेत बन्नु पर्ने बेला फेरि आएको छ । कोही पनि यो रोग संग हेलचेक्राइ गरेर बस्नु हुदैन । कोरोना संक्रमण भनेको महामारी हो । यो संग डराउनुका साथै सचेत हुनु पर्छ । सवै भन्दा पहिला आफू सचेत भएर अरुलाई सचेत गराउनु पर्छ । अहिले विश्वभर जुन किसिमले पुनः संक्रमण दर बढिरहेको छ, त्यस हिसाबले यहाँको थोरै मात्राकै संख्यात्मक वृद्धिलाई पनि खतराको सूचकका रूपमा लिनुपर्छ । अव ढिला नगरी कोरोनालाई नियन्त्रणमा ल्याउनका लागि सरकार अग्रसर हुनुपर्छ । पूर्व तयारीका साथ सरकार बस्नु पर्छ । रोगले माहामारी लिए पछि गरिएको तयारीले कुनै अर्...
२४ घण्टामा थप ३०३ कोरोना संक्रमित थपिए, एकको मृत्यु

२४ घण्टामा थप ३०३ कोरोना संक्रमित थपिए, एकको मृत्यु

समाचार, स्वास्थ्य
नेपालमा पछिल्लो २४ घण्टामा थप ३०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमतिको संख्या २ लाख ८० हजार २८ पुगेको छ । त्यस्तै कोरोनाका कारण सोही अवधिमा थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालससम्म नेपालमा ३ हजार ४० कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १४१ जना कोरोनामुक्त भएका छन्  । योसँगै हालसम्म २ लाख ७४ हजार २७ जना कोरोनामुक्त भएका छन् । नेपालमा हाल २ हजार ९६१ जना आइशोलेशन र ८३ जना क्वारेन्टिनमा रहेका छन् । त्यस्तै नेपालमा हालसम्म २३ लाख १२ हजार ९०१ जनाको पीसीआर परीक्षण भएको छ। ...
नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५३२ जनाको पीसीआर परीक्षण गर्दा ३३७ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको छ भने १५१ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ७२५ पुगेको छ भने निको हुनेको संख्या २ लाख ७३ हजार ८८६ पुगेको छ । यस्तै हालसम्म ३ हजार ३९ जनाको मृत्यु हुँदा सक्रिय संक्रमित २८ सय जना रहेका छन् । ...
संक्रमितहरुमा जटिल प्रकृतिको लक्षण देखिएको र संक्रमण दर पनि बढेर गएकाले सावधानी अपनाउनुपर्ने:स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

संक्रमितहरुमा जटिल प्रकृतिको लक्षण देखिएको र संक्रमण दर पनि बढेर गएकाले सावधानी अपनाउनुपर्ने:स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

समाचार, स्वास्थ्य
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जना भन्दा बढी मानिस भेला नहुन आग्रह गरेको छ । कोभिड–१९ संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले भिडभाड कम गर्न र २५ जना भन्दा बढी मानिस भेला नहुन आग्रह गरेको हो । मन्त्रालयले २५ जना भन्दा बढी मानिस भेला हुन नदिने व्यवस्था गर्न मन्त्रिपरिषद् समक्ष प्रस्ताव लगिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । आज शुक्रवार प्रवक्ता गौतमले स्कुल, कलेज, सिनेमा हल, पार्टी प्यालेस, जुलुस लगायत सबै बन्द गर्नुपर्ने अवस्था आएको बताए । अहिले देखिएका संक्रमितहरुमा जटिल प्रकृतिको लक्षण देखिएको र संक्रमण दर पनि बढेर गएकाले सावधानी अपनाउनुपर्ने बेला आएको बताए । उनले भने ‘अहिले जुन भिडभाड भइरहेको छ कति ठाउँमा, अब त्यो भिडभाड पुरै बन्द गर्नुपर्छ । एकदमै जनस्वास्थ्यका मापदण्ड फलो गरेर २५ जना भन्दा कम मान्छे दुरी कायम गरेर भेला हुन सकिन्छ । त्यो पनि अब कति दिनपछि ...
सबैलाई सचेत र सावधानी अपनाउन , सरसफाइ र व्यक्तिगत स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह:प्रधानमन्त्री केपी शर्मा ओली

सबैलाई सचेत र सावधानी अपनाउन , सरसफाइ र व्यक्तिगत स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह:प्रधानमन्त्री केपी शर्मा ओली

समाचार, स्वास्थ्य
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस पुनः प्रकट भएकामा गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनले सबैलाई सचेत रहन तथा सावधानी अपनाउन आग्रह गर्दै सरसफाइ र व्यक्तिगत स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरे । नेपाल चेम्बर अफ कमर्शको ७०औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले देशलाई पुनः ठप्प पार्ने बाध्यात्मक परिस्थिति सिर्जना नहोस् भन्नेतर्फ सम्पूर्ण नेपाली जनता जागरुक हुनुपर्नेमा जोड दिए । उनले कोरोना नियन्त्रण गर्न नसके प्रधानमन्त्रीको आलोचना हुने भएकाले आफू यसतर्फ गम्भीर रहेको बताए । उनले तातो पानीको बाफ लिने, नुनपानीले कुल्ला गर्ने बानी बसाल्दा कोभिड संक्रमणबाट जोगिन सकिने पनि दावी गरे । पछिल्लो समय भारतमा कोभिड संक्रमण दर बढ्दै गएको र खुला सिमानाका कारण नेपालमा पनि जोखिम बढेकोले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै सचेत रहन आग्रह गरेको थियो। मन्त्रालयले...
कोरोना संक्रमणको जोखिम बढेसँगै रात्रिकालीन व्यवसायराति ९ बजेपछिबन्द गराउन अनुरोध

कोरोना संक्रमणको जोखिम बढेसँगै रात्रिकालीन व्यवसायराति ९ बजेपछिबन्द गराउन अनुरोध

समाचार, स्वास्थ्य
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमणका घटना बढ्दै गएको भन्दै सर्तकता अपनाउन आग्रह गरेको छ। मन्त्रालयमा आज बसेको बैठकले विद्यालयहरुमा उच्च सावधानी अपनाउन अपील गरेको छ। यस्तै, देशभर कोरोना संक्रमणको जोखिम बढेसँगै मन्त्रालयले राति ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गराउन अनुरोध गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै शैक्षिक संस्थाहरुमा उच्च सर्तकता अपनाउन, सार्वजनिक यातायातमा भीडभाड कम गर्न, कन्ट्याक्ट ट्रेसिंग बढाउन र एन्टिजेन वा पसिआिर परीक्षण बढाउन, घरबाहिर अनिवार्य मास्कको प्रयोग गर्न र गराउन र रात्रीकालिन व्यवसायहरु अनिवार्य रुपमा ९ बजेपछि बन्द गर्न आग्रह गरेको हो। ...
चर्चित अभिनेता गोविन्दालाई  कोरोना संक्रमण

चर्चित अभिनेता गोविन्दालाई कोरोना संक्रमण

समाचार, स्वास्थ्य
भारतमा कोरोना भाइरस संक्रमणका घटना दिनदिनै बढिरहेका छन्। पछिल्लो २४ घण्टामा करिब १ लाख नयाँ संक्रमित थपिएको अधिकारीहरुले जनाएका छन्। कोरोनाको दोस्रो लहर आएपपछि स्वास्थ्य सुरक्षाका मापदण्ड मनाउन आग्रह गरिएको छ। यसैबीच, बलिउड अभिनेताहरु पनि कोरोना संक्रमणको सिकार भइरहेका छन्। अक्षय कुमार पछि अब चर्चित अभिनेता गोविन्दालाई पनि कोरोना संक्रमण भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार बिहीबार गोविन्दाले कोरोना टेस्ट गराएका थियो । उनको रिपोर्ट सकारात्मक आएको छ। उनी अहिले घरमै होम क्वारेन्टाइनमा बसेका छन्। ...
पछिल्लो २४ घन्टामा नेपालमा थप १७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

पछिल्लो २४ घन्टामा नेपालमा थप १७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
 पछिल्लो २४ घन्टामा नेपालमा थप १७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३४५६ मा पिसिआर गर्दा १७६ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घन्टामा भक्तपुरमा ४, ललितपुरमा ८ र काठमाडौँमा ८७ गरी उपत्यकामा मात्रै ९९ सय जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७७ हजार ९४४ पुगेको छ । पछिल्लो २४ घन्टामा ११७ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७३ हजार २४० पुगेको छ । यसैगरी आजसम्म कोरोना संक्रमित ४७ जना आइसियूमा र ११ जना भेन्टिलेटरमा उपाचररत छन् । ...