शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

स्वास्थ्य

नेपालमा आज देशभरमा ४५२४ जनामा संक्रमण पुष्टि

नेपालमा आज देशभरमा ४५२४ जनामा संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
नेपालमा आज देशभर ४५ सय भन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४६७२ पीसीआर परीक्षणमा ४३६४ र १००९ एन्टिजेन परीक्षणमा १६० जना गरी ४५२४ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा कोरोनाबाट १८ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्‍यकामा मात्र १९६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौँमा १६०२, ललितपुरमा २४० र भक्तपुरमा १२४ जना कोरोना संक्रमित भेटिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ। नेपालमा कुल संक्रिय संक्रमितको संख्या २६,२२५ छ। जसमध्ये आईसीयुमा ३१५ र भेन्टिलेटरमा ८४ जना छन्। यस्तै अस्पतालमा २,८७३ र २३,३५२ जना कोरोना संक्रमित घरमै रहेको मन्त्रालयले जनाएको छ। ...
सामाजिक दुरी कायम राख्न नभुलौं

सामाजिक दुरी कायम राख्न नभुलौं

समाचार, स्वास्थ्य
डा.डिआर उपाध्याय, अहिले देशमा फेरी कोरोनाको त्रास फैलिएको छ । यसमा मनोवल कमजोर बनाउने होइन, उच्च मनोवलका साथ सामाना गर्ने हो । कोरोना संक्रमण दिन प्रतिदिन बढदै गएको छ । आफनो सुरक्षा आफै गरौं । कोरोना संग खेलवाड नगरौं । कोभिडका रोगीको संख्यामा वृद्धि भइरहेको छ । यो दोस्रो लहरको प्रवेश हो । अब के गर्ने भन्ने सम्बन्धमा सरकार गम्भिर बनेको देखिन्छ । तर सरकारको मात्र एकल प्रयासले केहि हुदैन । सरकारलाई सवैले सहयोग गरौं । सरकारले यो गरेन र उ गरेन भनेर अलमलिने बेला अव छैन । आ आफनो ठाउँवाट कोभिडको सामाना गरौं । यो एउटा बिपत हो । यो बिपतको सामना गरेर अघि बढौं । कोभिडले बालबालिकालाई बढी प्रभाव पारेको खबर आइरहेका छन्। योभन्दा पहिले देखापरेको कोरोनाले केटाकेटीलाई कम प्रभाव पारेको भनिन्छ । पहिलो लहरको कोरोनाले ज्येष्ठ नागरिकलाई बढी आक्रमण गरेको थियो । तर दोस्रो लहरको कोरोनाको प्रभाव बढी मात्रमा...
नेपालमा २५५९ जना नयाँ कोरोना संक्रमित थपिए

नेपालमा २५५९ जना नयाँ कोरोना संक्रमित थपिए

समाचार, स्वास्थ्य
 नेपालमा २५५९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २४४९ जना र एन्टिजने परिक्षण गर्दा ११० जना गरि जम्मा २५५९ जना नयाँ संक्रमित थपिएका हुन् ।               योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ९४ हजार ६०१ रहेको छ । संक्रमित मध्ये दुई लाख ७६ हजार ७५५ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या १४ हजार ७२४ रहेको छ ।     ...
उच्च मनोबिज्ञानका साथ कोरोना संग लडौं

उच्च मनोबिज्ञानका साथ कोरोना संग लडौं

समाचार, स्वास्थ्य
डा.डिआर उपाध्याय, आजभन्दा करिब डेढ वर्षअघि चीनको वुुहान प्रान्तबाट सुरु भएको कोरोना संक्रमण क्रमशः विश्वव्यापी फैलिँएको हो । यसले महामारीको रूप लिएको थियो । शक्तिशाली राष्ट्रहरुलाई समेत यसले थप चुनौती दिँदै आयो । कोरोनाले धनी गरीव कसैलाई पनि छोडदैन । र छोडेन पनि । यतिबेला नयाँ प्रजातिको संक्रमण देखिएको छ । जसले गर्दा आमनागरिकमा एक खालको त्रास उत्पन्न भएको छ । छिमेकी राष्ट्र भारतमा दैनिक लाखांैको संख्यामा देखिएको संक्रमणको उच्चतम दरले विश्वलाई नै एकखालको चुनौती दिइरहेको छ । खुला सीमानाका कारण सहजरुपमा आउने जाने भईरहदा नेपाल त्यसबाट बढी प्रभावित भएको छ । सीमानाकामा कडाई गरौं । कोरोनाका कारण बिगत बर्षमा लामो समयसम्म स्कुल , कलेज बन्द रहेका थिए । अहिले पनि त्यही स्थिती दोहोरिएको छ । देशको अर्थतन्त्र फेरी डामाडोल हुने होकी भन्ने चिन्ता पनि थपिएको छ । यो बेला कोभिडको यो भयावहले फेरि एक...
भविष्यका कर्णधार बालबालिकामा कोरोनाको त्रास

भविष्यका कर्णधार बालबालिकामा कोरोनाको त्रास

समाचार, स्वास्थ्य
डा.डिआर उपाध्याय, विश्वव्यापी रुपमा फैलिएको कोरोनाको दोस्रो लहर नेपालमा पनि पुनः देखिएको छ । पहिलो लहरको कोरोना संक्रमण भन्दा अहिले देखिएको कोरोना बढी मात्रमा घातक रहेको कुरा चिकित्सक हरुले बताउदै आएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमण भएका बिरामी मध्ये धेरैजसो जटिल अवस्थामा उपचार भैरहेको पाइन्छ । अब कोही पनि मानिसहरुले यो कोरोना सँग खेलवाड गर्नु हुँदैन । यदि कोरोना सँग खेलवाड गरियो भने जो सुकैको ज्यान खतरामा पर्न सक्छ । पछिल्लो समयमा आएर कोरोना संक्रमण बढ्दै गएपछि नेपाल सरकारले बढी भिडभाड हुने ठाउँहरुलाई बन्द गर्ने घोषणा गरेको छ । बढी मात्रमा प्रभावित हुने क्षेत्रहरु शैक्षिक संस्था, पार्टी प्यालेस, रेष्टुरेन्ट , दोहोरी साँझ लगायतका हुन् । अहिले विशेष गरेर शैक्षिक संस्था बढी मात्रमा प्रभावित भएका छन् । किनभने नजिकिदै गरेको वार्षिक परीक्षा समेत अन्योलमा परेको छ । आज देखि कोर...
सरकारले आजदेखि कोभिड–१९ को दोस्रो मात्राको खोप लगाउँदै

सरकारले आजदेखि कोभिड–१९ को दोस्रो मात्राको खोप लगाउँदै

समाचार, स्वास्थ्य
सरकारले आजदेखि कोभिड–१९ को दोस्रो मात्राको खोप लगाउँदै छ। गत माघ १४ देखि फागुन १० गतेसम्म कोभिड–१९ को पहिलो मात्रा लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप लगाउन थालिएको स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिए। उनका अनुसार उक्त अवधिमा पहिलो मात्रा खोप लगाएका व्यक्तिले यही वैशाख ७ देखि ११ गतेसम्म आफूलाई पायक पर्ने खोप केन्द्रमा गई खोप लगाउने छन्। पहिलो खोप अभियानअन्तर्गत विभागले भारत सरकारको अनुदानमा प्राप्त र खरिद गरेको ‘कोभिशिल्ड’ खोपको मात्रा दिइएको थियो। विभागले गत माघ १४ देखि १६ तथा माघ २७ देखि २९ गतेसम्म पहिलो मात्रा लगाएकाले वैशाख ७ गते, माघ १८ देखि २२ गते र फागुन २ गते लगाएकाले यही वैशाख ८ गते, माघ २३ र फागुन ३ गतेदेखि ५ गतेसम्म लगाएकाले वैशाख ९ गते, माघ २४ गते र फागुन ६, ८ र ९ गते लगाएकाले वैशाख १० गते र माघ ३० र फागुन ७ ...
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९६ जना नयाँ कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९६ जना नयाँ कोरोना संक्रमित थपिए

समाचार, स्वास्थ्य
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९६ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टाको अथ्यांक सार्वजनिक गर्दै करिब ६ हजारको परीक्षण गरिएकोमा १०९६ जना संक्रमित पुष्टि भएको बताए। उनका अनुसार ५०८४ जनाको पीसीआर परीक्षण गर्दा १०१५ जनामा संक्रमण देखिएको थियो भने ६९९ जनाको एन्टिजेन परीक्षण गर्दा ८१ जना संक्रमित रहेको पुष्टि भएको छ। गत असाजे यता नयाँ संक्रमितको संख्या एकहजार नाघेको यो पहिलो पटक हो। नेपालमा अहिले संक्रमण दर उच्च रहेको छ। पछिल्लो २४ घण्टामा संक्रमणदर १८ प्रतिशतभन्दा माथि देखिएको छ। हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार २९० पुगेको छ। प्रेस ब्रिफिङमा प्रवक्ता डा. गौतमले कोरोनाबारे बोल्ने जनस्वास्थ्य विद्हरुलाई पनि जथाभावी नबोल्न भनेका छन्। उनले नेपालमा हरेक उमेर समूह कोरोनाको जोखिममा रहेको भन्दै कुनै...
पछिल्लो २४ घण्टामा ९ सय जना कोभिड–१९ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ९ सय जना कोभिड–१९ संक्रमित थपिए

समाचार, स्वास्थ्य
नेपालमा कोरोना भाइरस संक्रमणका घटना दिनप्रतिदिन बढ्दै गइरहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पछिल्लो २४ घण्टामा ९ सय जना कोभिड–१९ संक्रमित थपिएका छन्। यो मंसिर महिनायताकै उच्च संक्रमितको संख्या हो । ६ हजार १५८ वटा नमुामाको परीक्षण गरिएकोमा नौ सय जनाको नतिजा पोजेटिभ आएको हो। योसंगै कुल संक्रमितको संख्या २ लाख ८२ हजार ९० सय पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज २ सय ८ जना संक्रमणमुक्त भएका छन्। आजसम्म २ लाख ७४ हजार ४ सय १२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। आज संक्रमित भएकामा ८१ जना बालबालिका मात्रै छन्। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ० देखि ९ वर्ष समूहका १५ जना र १० देखि १९ वर्ष समूहका ६६ जना बालबालिका कोरोना संक्रमित भएका हुन्। ...
नेपालमा ४९० जना नयाँ संक्रमित थपिए

नेपालमा ४९० जना नयाँ संक्रमित थपिए

समाचार, स्वास्थ्य
नेपालमा ४९० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ४९० जना नयाँ संक्रमित थपिएका हुन् ।    योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ८२ हजार ५४ रहेको छ । संक्रमित मध्ये दुई लाख ७४ हजार ६०४ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या तीन हजार ६६ रहेको छ ।        पछिल्लो २४ घण्टामा १५७ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या ५ रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ३०६६ पुगेको छ ।   ...
काठमाडौं उपत्यका सहित१४ जिल्ला सरकारको अति प्रभावित सूचीमा,सर्तकता अपनाउन अनुरोध

काठमाडौं उपत्यका सहित१४ जिल्ला सरकारको अति प्रभावित सूचीमा,सर्तकता अपनाउन अनुरोध

समाचार, स्वास्थ्य
नेपालमा कोरोना भाइरस संक्रमणका घटना बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्तकता अपनाउन अनुरोध गर्दै अपील जारी गरेको छ। मन्त्रालयले काठमाडौं उपत्यका सहित १४ जिल्लालाई कोरोना संक्रमणबाट अति प्रभावितमा जिल्लामा राखेको जनाएको छ। यस क्षेत्रमा विद्यालय, जात्रा, सभा सम्मेलन र सपिङ मलहरु बन्द गर्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ। आग्रह गरेको छ। ...