नेपालमा २५५९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २४४९ जना र एन्टिजने परिक्षण गर्दा ११० जना गरि जम्मा २५५९ जना नयाँ संक्रमित थपिएका हुन् ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ९४ हजार ६०१ रहेको छ । संक्रमित मध्ये दुई लाख ७६ हजार ७५५ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या १४ हजार ७२४ रहेको छ ।
