आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाज

देशभर मौसम बदली : हल्का वर्षाको सम्भावना

देशभर मौसम बदली : हल्का वर्षाको सम्भावना

समाचार, समाज
काठमाडौँ —फागुन ३०। पश्चिमी वायुको प्रभावले बिहीबार देशभर मौसम बदली रही पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । मंगलबारदेखि भित्रिएको पश्चिमी वायुको प्रभावले देशको पश्चिमी तथा मध्य भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुजन सुवेदीले बताए । उनका अनुसार यसको प्रभाव आज रातिसम्म कायम रहने छ । बिहीबार बेलुकादेखि फेरि नयाँ प्रणालीको विकास भई पश्चिमी भूभागको केही स्थानमा मौसम प्रभावित हुनेछ । पहाडी भेगबाहेक अन्य क्षेत्रमा भने तत्काल ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद् सुवेदीले औँल्याए । शुक्रबार देशको पश्चिमी भूभागमा सामान्यतया मौसम बदली रही उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै शनिबार बिहानीपख देशको ...
कैलालीमा बिहेकाे गाडीमा आगजनी, तीनजना पक्राउ

कैलालीमा बिहेकाे गाडीमा आगजनी, तीनजना पक्राउ

अपराध, समाचार, समाज
धनगढी—फागुन ३०। बन्दको समयमा बस चलाएको भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेकपाका कार्यकर्ताले कैलालीको गौरीगंगा नगरपालिका बडैपुरमा जन्ती पुर्‍याएर फर्किएको बसमा आगजनी गरेको छ । भजनीमा जन्ती पुर्‍याएर फर्कने बेलामा राति १ बजे बसमा आगजनी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले जानकारी दिए । विवाहमा गएका ब्याण्डबाजा टोलीका १० जना र चालक, सहचालक गरी १२ जनालाई ओरालेर म १ ख ४४१ नम्बरको बसमा ८–१० जनाको समूहले डिजल छर्केर आगजनी गरेको प्रहरीले जनाएको छ । बन्दले यहाँको जनजीवन निकै प्रभावित भएको छ । प्रदेश राजधानी धनगढी, अत्तरियालगायतका बजारहरु पूर्ण रुपमा बन्द छन् । धनगढीमा मोटरसाइकल र विद्युतीय रिक्सामात्र सञ्चालनमा आएको छ । बिप्लवका तीन जना कार्यकर्ता पक्राउ नेत्रविक्रम चन्द बिप्लव नेतृत्व नेकपाका तीन जना कार्यकर्तालाई कैलालीमा प्रहरीले पक्राउ गरेको ...
काठमाडौं उपत्यकामा बन्दको आंशिक प्रभाव, सुरक्षा व्यवस्था कडा

काठमाडौं उपत्यकामा बन्दको आंशिक प्रभाव, सुरक्षा व्यवस्था कडा

समाचार, समाज
काठमाडौँ —फागुन ३०। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको आंशिक प्रभाव परेको छ । काठमाडौं उपत्यकामा अघिपछि भन्दा केही पातलो गाडी गुडेका छन् । बजार भने खुलेको छ । उपत्यका बाहिरका मुख्य शहरबजारमा पनि बन्दको केही प्रभाव परेको छ । बन्दलाई निस्तेज पार्न सरकारले उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाएको छ । राजधानीका मुख्य–मुख्य चोकमा बिहानैदेखि जनपथ तथा सशस्त्र प्रहरी परिचालन भएका छन् । पुल, भवन लगायत सार्वजनिक संरचनाको छेउमा सुरक्षाकर्मीको उपस्थिती बाक्लो छ । काठमाडौंको विभिन्न नाका भएर बाहिरिने सवारी साधन आंशिक रुपमा चलेपनि थानकोट भएर बाहिरिने लामो दूरीको सवारीसाधन भने चलेका छैनन् । मंगलबार सरकारले विप्लव समूहमाथि प्रतिबन्द्ध घोषणा गरेको विरोधमा सो पार्टीले आज नेपाल बन्द आह्वान गरेको हो । (ईमेज खबर)...
गैंडाकोटको जयश्री पुलमा फेला परेको शंकास्पद बस्तु सेनाले हटायो

गैंडाकोटको जयश्री पुलमा फेला परेको शंकास्पद बस्तु सेनाले हटायो

अपराध, समाचार, समाज
नवलपुर —फागुन ३०। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोटको जयश्री पुलमा फेला परेको शंकास्पद बस्तुलाई सेनाले हटाएको छ । गएराति ११ बजे ब्यस्त राजमार्गमा उक्त शंकास्पद वस्तु राखिएको हो । यता, विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव नवलपुरमा पनि परेको छ । बन्दका कारण विहानैदेखि लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन चलेका छैनन् । बन्दका कारण जिल्लामा रहेका शैक्षिक संस्था, उद्योग कलकारखाना बन्द रहेका छन् । जिल्लामा अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था पनि कडा पारिएको जिल्ला प्रहरी कार्यलय नवलपुरले जनाएको छ । (ईमेज खबर)...
पोखराको दुई स्थानमा आज बिहान बम भेटियो

पोखराको दुई स्थानमा आज बिहान बम भेटियो

अपराध, समाचार, समाज
काठमाडौँ —फागुन ३०। पोखराको दुई स्थानमा आज बिहान बम फेला परेको छ । पोखरको सभागृह चोकको ट्राफिक डोम र लेखनाथ रंगशाला अगाडि दुईवटा बम भेटिएको हो । प्रहरीले शकांस्पद वस्तु भनेर दावी गरे पनि उक्त वस्तु सकेट बम भएको जनाइएको छ । बमलाई नेपाली सेनाले डिस्पोज गरेको छ । त्यस स्थानमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । नेत्र विक्रम चन्द विप्लवको नेपाल बन्दका कारण पोखराको जनजिवन प्रभावित भएको छ । केही निजी सवारी साधन फट्टफुट्ट चलेको भए पनि सार्वजनिक सवारी साधन चलेका छैनन् । विद्यालय तथा बजार पनि बन्द भएका छन् । (ईमेज खबर)...
भरतपुर महानगरपालिकाको वडा कार्यालयमा बम विस्फोट

भरतपुर महानगरपालिकाको वडा कार्यालयमा बम विस्फोट

अपराध, समाचार, समाज
चितवन—फागुन २९। चितवनको भरतपुर महानगरपालिकास्थित वडा नम्बर ५ को कार्यालय भवनमा बम विष्फोट भएको छ । गएराति अज्ञात समूहले वडा कार्यालय भवनमा सिलिन्डर बम विस्फोट गराएको प्रहरीले जनाएको छ । विस्फोटपछि भवन चर्किएको छ भने कार्यालयमा आगलागी समेत भएको छ । विस्फोट गराउनेको समूहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिएका छन । विस्फोटको घटनामा सरकारले हिजो मात्रै प्रतिवन्ध लगाउने निर्णय गरेको विप्लव नेतृत्वको नेकपाको हात रहेको आशंका सुरक्षा अधिकारीहरुले गरेका छन् । अहिलेसम्म घटनाको जिम्मेवारी कसैले पनि लिएको छैन ।...
मकवापुरमा जन्ती बस दुर्घटना, २ जनाको मृत्यु , २८ जना घाईते

मकवापुरमा जन्ती बस दुर्घटना, २ जनाको मृत्यु , २८ जना घाईते

समाचार, समाज
हेटौडा — फागुन २८। कान्ति राजपथबाट भक्तपुरबाट हेटौडा आउँदै गरेको जन्ती बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी २८ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए । बा ४ ख २ २२१७ नम्बरको जन्ती बस मकवानपुरगढी गाउँपालिकाको सिखर कटेरीमा मंगलबार दिउँसो सडकबाट तल खसेको थियो। बालाजुका २० वर्षीय विकास धमला र भक्तपुरका ३५ वर्षीय नवराज परियारको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइतेहरुको हटौंडामा उपचार भइरहको प्रहरीले जनाएको छ। (कान्तिपुर दैनिक)...
महिनावारी हुँदा स्कुल आउँदैनन् छात्रा, गाउँपालिकाद्वारा विद्यालयमा प्याड वितरण

महिनावारी हुँदा स्कुल आउँदैनन् छात्रा, गाउँपालिकाद्वारा विद्यालयमा प्याड वितरण

समाचार, समाज, स्वास्थ्य
लहान—फागुन २८। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाले विद्यालयमा प्याड वितरण कार्यक्रम सुरु गरेको छ। यहाँका अधिकांश माध्यमिक तहका विद्यालयमा अध्ययन गर्ने छात्रा महिनामा कम्तीमा चार दिन विद्यालयमा गयल हुने गरेका छन् । गयल हुने कारण भने महिनावारी हो । यो समस्या बढ्दै गएपछि दक्षिणवर्ती सखुवानन्कारकट्टी गाउँपालिकाले उपाय निकालेको छ । गाउँपालिकाका अध्यक्ष केदारनाथ यादवसहितको टोली सोमबार विद्यालय पुग्यो । उनीहरूले माध्यमिक तहमा अध्ययन गर्ने छात्रालाई महिनावारीमा प्रयोग गरिने प्याड वितरण गरे । प्याड पाएपछि त्यसको प्रयोग गरेर भए पनि छात्राहरू विद्यालय आउने अध्यक्ष यादवको विश्वास छ । कार्यक्रममा उनले प्याडसँगै करिब दुई हजार छात्र–छात्रालाई नोट पुस्तिकासमेत बाँडेका थिए । गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत जगदीश मण्डलका अनुसार गाउँपालिकामा पर्ने चारवटा मावि तहमा अध्ययनरत छा...
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रवाह बन्द हुने अवस्थामा , पदाधिकारीलाई कारबाही निर्देशन

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रवाह बन्द हुने अवस्थामा , पदाधिकारीलाई कारबाही निर्देशन

समाचार, समाज
काठमाडौं—फागुन २८। संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिले दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । प्रतिष्ठानको सेवा प्रवाह बन्द हुने अवस्थामा पुर्‍याएको भन्दै समितिले स्वास्थ्य मन्त्रालय र कुलपतिसमेत रहेका प्रधानमन्त्रीलाई कारबाहीसहित समस्या समाधान गर्न निर्देशन गरेको हो । उपकुलपति डा. संगीता भण्डारीसहित पदाधिकारीको मनोमानीले प्रतिष्ठान धराशायी भएको समितिको ठहर छ । राप्ती उपक्षेत्रीय अस्पतालसमेतलाई समायोजन गरी २०७४ असोज २९ गते सरकारले प्रतिष्ठानको स्थापना गरेको थियो । त्यसपछि प्रतिष्ठान दुरवस्थामा पुगेको सांसदहरूले बताए । ‘अस्पतालले दिँदै आएको सेवासुविधा पनि प्रतिष्ठान स्थापनापछि बन्द भएको छ,’ सांसद तथा समितिद्वारा गठित अध्ययन उपसमितिका संयोजक खगराज अधिकारीले भने, ‘प्रतिष्ठान सामान्य बिरामीको पनि उपचार गर्न नसक्ने अवस्थ...
दैलेखमा स्थानीय सरकारका प्रमुख, उप्रमुखलगायत वडा अध्यक्ष सम्मलाई पदबाट राजिनामा दिन पत्राचारसँगै चन्दाको चिठी

दैलेखमा स्थानीय सरकारका प्रमुख, उप्रमुखलगायत वडा अध्यक्ष सम्मलाई पदबाट राजिनामा दिन पत्राचारसँगै चन्दाको चिठी

अपराध, समाचार, समाज
दैलेख —फागुन २७। दैलेखमा विप्लप नेतृत्वको नेकपाले स्थानीय सरकारका प्रमुख, उप्रमुखलगायत वडा अध्यक्ष सम्मलाई पदबाट राजिनामा दिन पत्राचारसँगै चन्दाको चिठी थमाएका छन् । समूहले पत्र मात्र नभएर फोनबाटसमेत चन्दा असुलीबारे कुराकानी गर्ने गरेपछि सुरक्षा चुनौती बढ्न सक्ने भन्दै दैलेखका स्थानीय सरकार प्रमुखहरुले कर्णाली प्रदेशका प्रहरी प्रमुख गणेशबिक्रम शाहलाई संवेदनशिल स्थानहरुमा सुरक्षा बल बढाउन आग्रह गरेका छन् । प्रदेश प्रहरी प्रमुखसँग गुनासो गर्दै गाउँपालिका उपाध्यक्षले भनिन् 'अनुगमनमा जाँदै थियौं, फोन आयो, राम्रोसँग योजना अनुगमन गर्नुहोला, कामको प्रभावकारी मुल्याङकन गर्नुहोला, स्टिमेटका आधारमा काम भएको छ कि छैन् हेर्नुहोला ।' भन्ने निर्देशन आएको छ । तपाइ को हो भन्ने प्रश्न गर्दा 'हामी बिप्लव हो हामीलाई चन्दा अनिवार्य दिनुपर्दछ नत्र राम्रो हुँदैन्' भन्ने उत्तर आएको उनले बताइन् । यस्तो...