शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

समाचार

चर्चित कलाकार बिएस राणाको आज बिहान निधन

चर्चित कलाकार बिएस राणाको आज बिहान निधन

मनोरन्जन, समाचार
काठमाडौं— १८, माघ । नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार बिएस राणाको आज बिहान ७९ वर्षको उमेरमा निधन भएको छ । उनको उपचारका क्रममा आज बिहान शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको लेखक तथा कलाकार घनश्याम खतिवडाले जानकारी दिए । करीब ३० वर्ष बेलायतमा बसेका राणाले त्यहाँ रहँदा विश्वविख्यात साहित्यका शेक्सपियरका नाटकहरुमा अभिनय गरेका थिए । विसं २०४१ देखि नेपाली चलचित्रमा पनि अभिनय शुरु गरेका राणाले दर्जनौं चलचित्रमा अभिनय गरेका छन् । उनले दक्षिणा, कोसेली, चिनो, दुई थोपा आँशु, नेपाली बाबु, करोडपति, दर्पण छायाँ–२, सेतो बाघ, हबल्दार, सुन्तली, काफल पाक्यो, सम्बोधन, साथी म तिम्रो, आई एम सरी, दासढुङ्गा, बसन्तीगलगायतका चलचित्र तथा दर्जनौं टेलिचलचित्रमा अभिनय गरेका छन् । काठमाडौँ बूढानीलकण्डका स्थायी बासिन्दा राणा केही समयदेखि ललितपुरको भैँसेपाटीमा बस्दै आएका थिए । उनको श्रीमती र तीन छोरी छन...
लाओसका उपराष्ट्रपतिसँग नेकपा प्रतिनिधिमण्डलको भेटवार्ता सम्पन्न

लाओसका उपराष्ट्रपतिसँग नेकपा प्रतिनिधिमण्डलको भेटवार्ता सम्पन्न

राजनीति, समाचार
काठमाडौं— १८, माघ । लाओस भ्रमणमा रहेका नेपाल कम्युनिस्ट पार्टीको प्रतितिनिधिमण्डलले लाओसको उपराष्ट्रपति फांखाम भिफाभान्हसँग आज राजधानी भेन्टाइनस्थित पार्टी कार्यालयमा भेट गरेको छ ।बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा गएको टोलीले सत्तारुढ कम्युनिस्ट पार्टी– लाओ पिपुल्स रिभ्युलसनरी पार्टीका पोलिट्ब्युरो सदस्य तथा उपराष्ट्रपति भिफाभान्हसँग भेट गरेको हो । भेटका अवसरमा उपराष्ट्रपति भिफान्हले लाओस र नेपालबीच धेरै विषयमा समानता रहेको उल्लेख गर्दै भूपरिवेष्ठित देश भएकाले एक अर्काका समस्या र चाहनाहरु दुबै देशले बुझेकाले आपसमा साझेदारी गरेर अघि बढ्नुपर्नेमा जोड दिए । कम्युनिस्ट पार्टीको नेतृत्वमा लाओसले हासिल गरिरहेको समृद्धि र तीब्र आर्थिक विकासका बारेमा चर्चा गर्दै उनले उन्नत प्रविधि र पुँजीको प्रयोगबाट जनसहभागितामुलक विकासको मोडल आफ्नो जस्ता मुलुकका लागि प्रभावकारी...
नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर

नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर

आर्थिक, समाचार
काठमाडौं— १८, माघ । नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर बनेको छ । रु दुई खर्बको लगानी भएको र वार्षिक रु १५० अर्बको कारोवार हुँदै आएको सिमेन्ट उत्पादनमा नेपाल यो वर्षदेखि आत्मनिर्भर भएको व्यवसायीले बताएका छन् । निजी क्षेत्र प्रवेश भएको झण्डै १६ वर्षको अन्तरालमा शून्यबाट आत्मनिर्भरमा पुगेको बताउँदै नेपाल सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष ध्रुवराज थापाले अर्काे वर्षदेखि नेपाल सिमेन्ट निर्यात गर्ने अवस्थामा पुग्ने उल्लेख गर्नुभयो । “अन्य उद्योगको तुलनामा सिमेन्टमा फरक किसिमले छिटो उत्पादन बढेको छ, यो नेपाल कै लागि गौरव हो, अब सरकारले उद्योगमा देखिएका समस्या समाधानमा पहल गर्नुपर्ने देखिन्छ”, थापाले भन्नुभयो । सन् १८४५ देखि सिमेन्ट उत्पादन शुरु भए पनि नेपालमा १९६० देखि मात्रै उत्पादन शुरु गरिएको थियो । नेपालमा अहिले तीन किसिमका सिमेन्टको गुणस्तर मापन भएको छ । नेपालमा पहिलो हिमाल सिमेन्टले उ...
पिक एन्ड ड्रप अभियान अन्तर्गत पूर्वबाट उपत्यका भित्रिने गाडी मनोहरामै रोक्ने तयारी

पिक एन्ड ड्रप अभियान अन्तर्गत पूर्वबाट उपत्यका भित्रिने गाडी मनोहरामै रोक्ने तयारी

समाचार, समाज
काठमाडौं— १८, माघ । काठमाडौंको सवारी जाम घटाउन भित्री ११ रुटमा पिक एन्ड ड्रप अभियान चलाएको ट्राफिक प्रहरीले चक्रपथबाहिर पनि विस्तार गर्ने तयारी गरेको छ । पूर्व र पश्चिमबाट गाडी भित्रिने मुख्य नाका कोटेश्वर र कलंकीमा यो नियम लागू गर्न लागेको हो । बिपी र अरनिको राजमार्गबाट भित्रिने पूर्वका गाडीलाई भक्तपुरको मनोहरामै रोक्ने प्रहरीको तयारी छ । ‘अहिले अरनिको राजमार्गमा चल्ने सवारी खुलामञ्चस्थित बसपार्कमा आउँछन् । यसले चक्रपथभित्र जाम बढेको छ । मनोहराकिनारमै रोक्ने व्यवस्था भयो भने कोटेश्वरको जाम घट्छ,’ साना–ठूला यातायात व्यवस्था कार्यालय एकान्तकुनाका प्रमुख वसन्त पन्थीले भने । उनी पिक एन्ड ड्रप लागू गर्न महानगरपालिका सहरी सुव्यवस्थापन विभागका प्रमुख हरिबहादुर कुँवरको नेतृत्वमा बनेको सिफारिस समितिका सदस्य पनि हुन् । पूर्वका गाडीलाई मनोहरामा रोक्न काठमाडौंका सिडिओसहितको टोलीले ठाउँ हेरिस...
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,’पार्टी र सरकार भेनेजुयलाको पक्षमा  दृढतापूर्वक उभिन्छ’

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,’पार्टी र सरकार भेनेजुयलाको पक्षमा दृढतापूर्वक उभिन्छ’

राजनीति, समाचार
काठमाडौं— १८, माघ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भेनेजुयलाको पक्षमा पार्टी र सरकार दुबै दृढतापूर्वक उभिने बताएका छन् । साम्रराज्यवादी विरुद्धको मञ्च नेपालले राजधानीमा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा प्रवक्ता श्रेष्ठले अध्यक्ष प्रचण्ड र सरकार दुबैले अमेरिकी साम्रराज्यवादका विरुद्ध भेनेजुयलाको सार्वभौम राज्यसत्ताको पक्षमा मत राखेको बताए । कुनै पनि मुलुकको सार्वभौमिकता,राष्टिय अखण्डता र राष्ट्रिय स्वधिनतामा हस्तपक्ष गर्न नहुने श्रेष्ठले बताए । भेनेजुयला मात्र नभई संसारका कुनै पनि स्वतन्त्र मुलुकको आन्तरिक मामलामा आक्रमण वा हस्तक्षप हुँदा दृढतापूर्वक उभिने उनले बताए । यस्तै नेकपा केन्द्रीय सदस्य बलराम बास्कोटाले साधन स्रोतले सम्पन्न भेनेजुयला साम्रराज्यवादीको गिद्धे दृष्टिले अस्थिरता भएको बताए । ‘निकोलस माडुरस ६७ प्रतिशत मत ल्याई राष्ट्रपति हुँदा पनि अमेरिका लगायत पुजीवादी मु...
मलेसियाका नयाँ राजाद्वारा भव्य समारोहविच राज्यारोहण

मलेसियाका नयाँ राजाद्वारा भव्य समारोहविच राज्यारोहण

अन्तराष्ट्रिय, समाचार
क्वालालम्पुर— १८, माघ । मलेसियाका नवनिर्वाचित राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले बिहीबार राज्यारोहण गरेका छन् । क्वालालम्पुरस्थित राष्ट्रिय दरबारमा सांस्कृतिक र परम्परागत रूपमा आयोजना गरिएको भव्य समारोहमा बिहीबार राजा अब्दुल्लाहले राज्यारोहण गरेका हुन् । समारोहमा उनले नीलो पानीरङको औपचारिक पोसाक लगाएका थिए । यसअघिका राजाले पाँचवर्षे कार्यकाल पूरा नहुँदै बीचमै राजीनामा दिएकाले निर्वाचनमार्फत् छनोट गरिएका नयाँ राजाले राज्यारोहण गरेका हुन् । राज्यरोहण समारोहमा प्रधानमन्त्री महाथिर मोहम्मद, मुस्लिम धर्मगुरुलगायतको उल्लेख्य सहभागिता थियो । राज्यारोहण समारोहको टेलिभिजनमार्फत् प्रत्यक्ष प्रसारण गरिएको थियो । शपथग्रहण अगाडि नयाँ राजा अब्दुल्लाहलाई संसद्मा स्वागत गरिएको थियो । उनलाई मलेसियाको राजसभाले केही दिनअघि संवैधानिक राष्ट्रप्रमुखका रूपमा निर्वाचित गरेको थियो । उनी मलेसियाका ...
नेपाल विद्यार्थी संघ्द्वारा ताप्लेजुङमा प्रधानमन्त्री ओलीको पुत्ला दहन

नेपाल विद्यार्थी संघ्द्वारा ताप्लेजुङमा प्रधानमन्त्री ओलीको पुत्ला दहन

राजनीति, समाचार
काठमाडौं— १८, माघ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ताप्लेजुङ सदरमुकाममा सरकारविरुद्ध प्रदर्शन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ । सरकारले जबरजस्ती चिकित्सा शिक्षा विधेयक पारित गरेको विरोध गर्दै नेविसंघले नारावाजीसहित प्रधानमन्त्री ओलीको पुत्ला जलाएको हो । जिल्ला सदरमुकाम फुङलिङको पुरानो बैंक लाइनबाट विरोध जुलुस निकालेको नेविसंघले विरेन्द्रचोकमा पुगेर प्रधानमन्त्री ओलीको पुत्ला जलाएको हो । कार्यक्रममा नेविसंघका जिल्ला अध्यक्ष विश्व नाल्बोले सरकारले जबरजस्ती चिकित्सा शिक्षा विधेयक पारित गरेको, प्रा.डा. गोबिन्द केसीको माग सम्बोधन नगरेको, मुलुकका विभिन्न ठाउँमा भएका बलात्कार र हत्याजस्ता जघन्य अपराधमा संलग्न रहेकाहरुलाई कारबाही गर्न नसकेको आरोप लगाए ।...
मार्चमा हुने भेनेजुएला र मारोक्को विरुद्धको खेलबाट अर्जेन्टिनी स्टार लियोनेल मेस्सी राष्ट्रिय टाेलीमा फर्कदै

मार्चमा हुने भेनेजुएला र मारोक्को विरुद्धको खेलबाट अर्जेन्टिनी स्टार लियोनेल मेस्सी राष्ट्रिय टाेलीमा फर्कदै

खेलकुद, समाचार
काठमाडौं— १८, माघ । अर्जेन्टिनाका स्ट्राइकर तथा अहिलेको समयका उत्कृष्ट फूटवल खेलाडी लियोनेल मेस्सी अन्तराष्ट्रिय खेलमा फर्किने भएका छन् । मेस्सी मार्चमा भेनेजुएला र मारोक्को विरुद्धको हुने खेलबाट अर्जेन्टिनाका लागि खेल्ने भएका छन्। २००१८ मा रसियामा सम्पन्न विश्वकपमा फ्रान्ससँग ४ - ३ गोल अन्तरले पराजित भए यता मेस्सीले अर्जेन्टिनाका लागि कुनै पनि अन्तराष्ट्रिय खेल खेलेका छैनन् । मार्च २२ मा भेनेजुएलासँगको खेलमा मेस्सी दुई सय १४ दिनपछि अर्जेन्टिनाका लागि मैदानमा उत्रने भएका छन् । मेस्सीले अर्जेन्टिनाका लागि एक सय २८ खेल खेल्दै ६५ गोल गरेका छन् । क्लव फूटवलको इतिहासमै उत्कृष्ट प्रदर्शन गर्दै आएका मेस्सीले अर्जेन्टिनाका लागि भने कुनैपनि महत्वपुर्ण उपाधी जिताएका छैनन् ।...
जिरोनालाई पराजित गर्दै रियाल मड्रिड कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश

जिरोनालाई पराजित गर्दै रियाल मड्रिड कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश

खेलकुद, समाचार
काठमाडौं— १८, माघ । कोपा डेल रे फुटबलको उपाधी दाबेदार रियाल मड्रिड सेमिफाइनलमा प्रवेश गरेको छ । कोपा डेल रे अन्तर्गत गएराति भएको क्वाटरफाइनल दोस्रो लिग खेलमा जिरोनालाई ३–१ ले हराउँदै रियाल मड्रिड समग्रमा ७–३ को जितसहित सेमिफाइनलमा प्रवेश गरेको छ। घरेलु मैदानमा भएको दोस्रो लिगमा रियाललाई जिताउने क्रममा करिम बेन्जिमाले दुई गोल गरे भने मार्कस लोरेन्टले थप एक गोल गरे । पहिलो लिगको खेलमा रियालले जिरोनालाई ४–२ ले पराजित गरेको+ थियो । यो खेलसँगै स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनल पुग्ने सबै चार टोलीको टुंगो लागेको छ । रियालसँगै बार्सिलोना, भ्यालेन्सिया र रियाल बेटिसले सेमिफाइनलमा आफ्नो आफ्नो स्थान पक्का गरेका छन् ।...
यूएई विरुद्दको टी–ट्वान्टी सिरिजको पहिलो खेलमा नेपाल पराजित

यूएई विरुद्दको टी–ट्वान्टी सिरिजको पहिलो खेलमा नेपाल पराजित

खेलकुद, समाचार
काठमाडौं— १७, माघ ।  टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेलमा यूएईसँग नेपाल २१ रनले पराजित भएको छ । युएईले दिएकाे १५४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा एक सय ३२ रनमात्र बनऔन सक्यो । नेपालका लागि सन्दीप जोराले सर्वाधिक ५३ रनको अर्धशतकीय पारी खेले भने सोमपाल कामीले २७ र कप्तान पारस खड्काले २५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकसम्म जोड्न सकेनन् । युएईका लागि महोम्मद नाभिद, सुल्तान एहमद र जोहर खानले समान २/२ विकेट लिए भने आमिर हायातले १ विकेट लिए । नेपालले सिरिजको दोस्रो खेल यहि शुक्रबार खेल्नेछ । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको युएईले ६ विकेटको क्षतिमा एक सय ५३ रन जोडेको थियाे । नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले समान २/२ विकेट लिए भने सोमपाल कामी र अविनास बोहोराले १/१ विकेट लिए । युएईका लागि ...