शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

समाचार

विभिन्न बहानामा यात्रुलाई ठग्ने ६ हजार ट्याक्सी चालक कारबाहीमा

विभिन्न बहानामा यात्रुलाई ठग्ने ६ हजार ट्याक्सी चालक कारबाहीमा

अपराध, समाचार, समाज
काठमाडौं— २२, माघ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न बहानामा यात्रुलाई ठग्ने छ हजार ६६४ ट्याक्सी चालकलाई कारवाही गरेको छ । महाशाखाको टोलीले चालु आर्थिक वर्षमा कानूनविपरीतका कार्य गरी मिटरमा जान नमान्ने, मिटर बिगार्ने, भाडा अनियमितता गर्ने, बढी भाडा लिने ट्याक्सीका चालकलाई कारवाही गरेको हो। महाशाखाले आव २०७२/७३ मा दुई हजार ७९५, २०७३/७४ मा चार हजार ५१८ र २०७४/७५ मा आठ हजार १२० ट्याक्सी चालकलाई कारवाही गरेको थियो। महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले यात्रुसँग मोलमोलाइ गरी बढी भाडा लिने ट्याक्सी चालकका लागि विशेष अभियान सञ्चालन गरी कारवाही गरिएको बताए। 'दैनिक ४० देखि ५० ट्राफिक प्रहरीलाई बढी भाडा लिने ट्याक्सी जाँचका लागि पठाउँदै आएका छौँ', उनले भने। बढी भाडा लिने ट्याक्सी चालकसँग ट्राफिक प्रहरीले तीन हजार जरिवाना गर्ने गरेको छ। त्यस्तै, पाँच पटकभन्दा ...
पानीमाथि बसेर मुस्ताङमा तस्वीर खिच्दै पर्यटक

पानीमाथि बसेर मुस्ताङमा तस्वीर खिच्दै पर्यटक

समाचार, समाज
काठमाडौं— २२, माघ । अत्यधिक चिसोका कारण तापक्रम घटेको मुस्ताङ पर्यटकहरुको आकर्षक केन्द्रविन्दु बनेको छ । पछिल्लो समय आन्तरीक तथा वाह्य पर्यटक मुस्ताङमा हिउँ खेल्न तथा जमेका नदी हेर्न पुग्ने गरेका छन् । मुस्ताङको घरपझोङ गाउँपालिका –५ सम्ले स्थित ढुम्बा ताल जमेको छ । तालको पानी जमेर बरफ बनेपछि पर्यटकहरु तालको बीच-बिचमा पुगेर तस्वीर खिचाउन थालेका छन् । पानीको सतहमा बाक्लो बरफ जमेका कारण मानिस हिँड्न मिल्ने भएको कारण समेत पर्यटकहरुको पहिलो रोजाईमा पछिल्लो समय मुस्ताण्ग पर्दै आएको छ । मुस्ताङमा अहिले माइनस ६ डिग्री सेल्सियस तापक्रम रहेको बताइन्छ ।...
इंग्लिस प्रिमियर लिग फुटबलमा वेष्टह्याम युनाईटेड र लिभरपुल बराबरीमा रोकिए

इंग्लिस प्रिमियर लिग फुटबलमा वेष्टह्याम युनाईटेड र लिभरपुल बराबरीमा रोकिए

खेलकुद, समाचार
काठमाडौं— २२, माघ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत वेष्टह्याम युनाईटेड र लिभरपुलले बराबरीमा चित्त बुझाएका छन । गएराति लण्डनस्थित वेष्टह्यामको घरेलु मैदानमा भएको खेल १–१ गोलको बराबरीमा सकि्यो । खेलको २२ औं मिनेटमा सादियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिएपनि त्यसको ६ मिनेटपछि वेष्टह्यामका मिचेल एन्टोनियोले बराबरी गोल गरे । प्रिमियर लिग फुटबल अन्तर्गत २५ खेलबाट ६२ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा रहेको छ । समान खेलबाट ५९ अंकको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा छ भने ५७ अंकका साथ टोटनह्याम हट्सपर तेस्रो स्थानमा यथावत रहेको छ । चौथो स्थानको चेल्सीको ५० अंक रहँदा ४८ अंकसहित म्यान्चेस्टर युनाईटेड पाँचौ तथा ४७ अंक जोडेको आर्सनल छैटौं स्थानमा रहेको छ ।...
नृत्य निर्देशकहरुको छाता संगठन नृत्य निर्देशक संघ नेपालमा भुवन श्रेष्ठ नियुक्त

नृत्य निर्देशकहरुको छाता संगठन नृत्य निर्देशक संघ नेपालमा भुवन श्रेष्ठ नियुक्त

मनोरन्जन, समाचार
काठमाडौं— २२, माघ । नेपालका नृत्य निर्देशकहरुको अग्रणी छाता संगठन नृत्य निर्देशक संघ नेपालको दोश्रो साधारण सभा संपन्न भएको छ। काठमाडौंको पुतलीसडक स्थित केन्द्रिय कार्यालयमा शनिवार आयोजित कार्यक्रममा नृत्य निर्देशक संघ नेपालको दोश्रो साधारण सभा संपन्न भएको हो। नेपाली नृत्य निर्देशकहरुको हक, हित तथा अधिकारका लागि घनिभूत रुपमा बहस तथा छलफल भएको थियो। दोश्रो साधारण सभाले नयाँ कार्य समिति समेत निर्वाचित गरेको छ। संस्थापक अध्यक्ष भुवन श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित भएको प्र्रमुख निर्वाचन अधिकृत सन्तोष रानामगरले भिजन संसार डटकमलाई बताएका छन्। प्रमुख निर्वाचन अधिकृत रानामगरका अनुसार अध्यक्ष भुवनदास श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष प्रदीपमान श्रेष्ठ तथा दुई उपाध्यक्ष संजय शर्मा र भावना कार्की रहेका छन्। महासचिवमा नृपध्वज खत्री र सचिव ज्ञानवहादुर महर्जन तथा...
क्यामरुनको डाफिन्स फुटबल टीम पोखरा कपको सेमिफाइनलमा प्रवेश

क्यामरुनको डाफिन्स फुटबल टीम पोखरा कपको सेमिफाइनलमा प्रवेश

खेलकुद, समाचार
काठमाडौं— २१, माघ । पोखरामा जारी मनकामना केबुलकार पोखरा कप फुटबलमा क्यामरुनको डाफिन्स फुटबल परिवार सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार पोखरा रंगशालामा भएको दोस्रो क्वार्टरफाइनलमा त्रिभुवन आर्मी क्लबको बी टिमलाई ४-१ को गोल अन्तरले पराजित गर्दै डाफिन्स अन्तिम चारमा प्रवेश गरेको हो । डाफिन्सको जितमा यानिकले दुई गोल गरेको खेलमा आर्मीका विवेक बस्नेतले सान्त्वना गोल फर्काएका थिए । यसअघि थ्रीस्टार क्लबलाई पराजित गर्दै एपिएफ क्लव सेमिफाइनलमा पुगिसकेको छ । तेस्रो क्वार्टरफाइनल खेलमा मंगलबार नेपाल पुलिस क्लबले रिस्सो युनिभर्सिटीसंग भिड्दैछ । कास्की जिल्ला फुटबल संघको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले सात लाख ५५ हजार रुपैयाँ पुरस्कार पाउने छ ।...
अन्तर्राष्ट्रिय टि–२० सिरिजमा विजयी नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीद्धारा बधाई

अन्तर्राष्ट्रिय टि–२० सिरिजमा विजयी नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीद्धारा बधाई

खेलकुद, समाचार
काठमाडौं— २१, माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय टि–२० सिरिज जित्न सफल भएकामा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिनुभएको छ । प्रधानमन्त्री ओलीले ट्विीटरमार्फत शुभकामना तथा बधाई दिँदै तेस्रो टि–२० खेलमा नेपालले युएईसँग १४ रनले विजय हासिल गरेको थाहा पाउँदा अत्यन्तै खुशी लागेको उल्लेख गर्नुभएको छ । नेपाली क्रिकेटका लागि टि–२० सिरिज जित्नु अर्को ठूलो सफलता भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले ट्विीटरमा लेख्नुभएको छ, “नेपाली क्रिकेटका लागि यो अर्को ठूलो सफलता हो, नेपाली क्रिकेट टिमका सम्पूर्ण सदस्यलाई हार्दिक बधाई दिन चाहन्छु ।” (रासस)...
२५० उद्योगका ३६९ वस्तुलाई नेपाल गुणस्तर चिह्न प्रदान

२५० उद्योगका ३६९ वस्तुलाई नेपाल गुणस्तर चिह्न प्रदान

आर्थिक, समाचार
काठमाडौं— २१, माघ । नेपाल गुणस्तर तथा नापतौल विभागले २५० उद्योगबाट उत्पादित ३६९ उद्योगलाई नेपाल गुणस्तर चिह्न (एनएस) प्रदान गरेको छ । विभागले हालसम्म स्वदेश तथा विदेशमा उत्पादन भएका उद्योगका उत्पादित वस्तुलाई नेपाल गुणस्तर चिह्न प्रदान गरेको हो । गुणस्तर चिह्न प्राप्त गर्नेमा ७१ सिमेन्ट उद्योगबाट उत्पादित १३५ वस्तु, २५ डण्डी उद्योगबाट उत्पादित २५ वस्तु, २३ पिभीसी केवल उद्योगबाट उत्पादित २३ वस्तु, १० एलपीजी उद्योगबाट उत्पादित १० वस्तु, १३ पिभीसी पाइप उद्योगबाट उत्पादित १३ वस्तु र २९ एचटिपीइ पाइप उद्योगबाट उत्पादित २९ वस्तु रहेका छन् । एनएस चिह्न प्राप्त गर्ने सिमेन्ट उद्योगमा ६३ ओपीसी, १४ पीएससी र ५८ पीपीसी रहेका छन् । विभागले गत वर्षदेखि विदेशमा उत्पादित वस्तुलाई पनि एनएस चिह्न दिन शुरु गरेको छ । विभागले भारतमा उत्पादित नौ उद्योगका १४ वस्तु र चीनमा उत्पादित एक उद्योगको एक वस्तुलाई...
वीरगञ्ज भन्सारमा २४ हजार ४५ मेट्रिक टन चिनी थन्कियो

वीरगञ्ज भन्सारमा २४ हजार ४५ मेट्रिक टन चिनी थन्कियो

आर्थिक, समाचार
वीरगञ्ज— २१, माघ । साल्ट ट्रेडिङ कर्पोरेशनले भित्र्याएको करीब रु १३ करोड मूल्य बराबरका २४ हजार ४५ मेट्रिक टन भारतीय चिनी सुख्खा बन्दरगाहको गोदाममा थन्किएको छ । सरकारले चिनी आयातमा परिणात्मक बन्देज (कोटा सिस्टम) लगाएपछि कर्पोरेशनले भित्र्याएको उक्त परिणामको भारतीय चिनी गोदाममा थन्किएको हो । परिणात्मक बन्देजका कारण पाँच महिना भइसक्दा पनि कर्पोरेशनले चिनी लग्न सकेको छैन । हिन्दूको महान् चाँड दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी कर्पोरेशनले भारतको गुजरात राज्यस्थित रेणुका सुगर मिलबाट सो परिणामको चिनी आयात गरेको थियो । ढिलो गरी आयात भएकाले सो चिनी भन्सार पास हुन नसक्दा गोदाममै थन्किएकोे छ । विगत लामो समयसम्म गोदाममै थन्किएका कारण चिनी बिग्रदै गएको छ । २०७५ भदौ ३१ गते बसेको मन्त्रिपरिषद्को निर्णयलाई आधारमानी वाणिज्य विभागले चिनीको जाँचपास नगर्न पत्राचार गरेकाले यस्तो स्थिति आएको सुख्ख...
नेकपाको भेनेजुएलाबारे अडान कायमै

नेकपाको भेनेजुएलाबारे अडान कायमै

राजनीति, समाचार
काठमाडौं— २१, माघ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले भेनेजुएलाबारे आफ्नो अडान दोहोर्याएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले कुनै पनि देशमा बाह्य हस्तक्षेप हुन नहुने र कुनै समस्या आए त्यहीँका जनताले शान्तिपूर्ण रुपमा समाधान खोज्नुपर्ने धारणा दाहोर्याएको हो । बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो पार्टी संयुक्त राष्ट्रसंघको बडापत्र र पञ्चशीलको सिद्धान्तहरुप्रति सदा प्रतिवद्ध रहिआएको बताए । हरेक देशको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई सम्मान गर्नुपर्ने भन्दै उनले कुनै पनि देशको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हुन नहुने र कुनै पनि समस्या पैदा भएमा त्यस देशका जनताले स्वतन्त्रतापूर्वक, शान्तिपूर्ण बाटोबाट समाधान गर्नुपर्छ भन्ने मान्यता नेकपाको रहेको बताए । सचिवालय बैठकले सांगठनिक एकीकरणका लागि ...
झुन्डिएर आत्महत्या गरेको अवश्थामा वनमन्त्री बस्नेतकी भतिजीको शव भेटियो

झुन्डिएर आत्महत्या गरेको अवश्थामा वनमन्त्री बस्नेतकी भतिजीको शव भेटियो

समाचार, समाज
काठमाडौं— २१, माघ । वन तथा वातावरण मन्त्री शक्ति बस्नेतकी भतिजी बबिता बस्नेतकाे झुन्डिएकाे अवस्थामा शव फेला परेकाे छ । महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी रवीन्द्र धानुकले बस्नेतकाे शव फेला परेकाे पुष्टि गरे । उनका अनुसार ललितपुरको बालकुमारीस्थित वेस्टार अर्पाटमेन्टमा बस्ने बस्नेतकाे आइतबार शव फेला परेकाे हाे । ‘अर्पाटमेन्टको पाँचौ तलामा झुण्डिएको अवस्थामा हामीले फेला पारेका हौँ’, धानुकले बताए । उनका पति रोशन खड्का उर्जामन्त्री वर्षमान पुनका प्रेस संयोजकसमेत हुन् । (नया पत्रिका)...