आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

अवार्ड पाउन शायद  मेरो भाग्यमा नै लेखेको छैनः अभिनेत्री तापसी पन्नू

अवार्ड पाउन शायद मेरो भाग्यमा नै लेखेको छैनः अभिनेत्री तापसी पन्नू

मनोरन्जन, समाचार
काठमाडौँ — चैत्र २७ । अभिनेत्री तापसी पन्नु यति बेला हिन्दी सिनेमाकी उत्कृष्ट अभिनेतृहरु मध्येकी एक हुन् । यस कुराको पुष्टि गर्न तापसीसँग दर्शकको साथ र राम्रा फिल्महरु त छन् तर उनीसँग कुनै अवार्ड छैन । हालै तापसीले यस विषयमा कुराकानी गर्दै भनेकी छिन्, ‘पहिले मलाइ अवार्ड पाइन भनेर दुख लाग्थ्यो । म सोचिरहन्थे कि मैले किन अवार्ड पाइन ? मलाई लाग्थ्यो कि शायद मैले कमर्सियल फिल्म गरेकी छैन त्यसैले अवार्ड पाइन । पछि मैले ‘जुडवा २’ मा अभिनय गरेँ । त्यसपछि पनि कसैले मलाई अवार्डका लागि लायक नै सम्झिएनन् । अब त मैले ठानिसकेँ कि शायद मैले गरेको कामका लागि सम्मान पाउनु मेरो भाग्यमै छैन । त्यसैले मैले आशा गर्न पनि छोडिसकेँ ।’ अभिनेत्री तापसी पन्नु अहिले फिल्म ‘बदला’ मा उनले गरेको अभिनयका कारण चौतर्फी प्रसंशा बटुलिरहेकी छिन् । यस फिल्ममा उनीसँग अभिनेता अमिताभ बच्चनको पनि अभिनय रहेको छ । अ...
जोरपाटीमा खुकुरी देखाएर मनि ट्रान्सफरको तीन लाख लुटियो

जोरपाटीमा खुकुरी देखाएर मनि ट्रान्सफरको तीन लाख लुटियो

अपराध, समाचार, समाज
साँखु— चैत्र २७ । जोरपाटीको चामुन्डा गेटस्थित पाथीभरा मनि ट्रान्सफरको मंगलबार रु तीन लाख नगद लुटपाट भएको छ । मनि ट्रान्सफरका कर्मचारी रवी श्रेष्ठको झोलामा राखिएको उक्त रकमसहित काउन्टरबाट करिब रु २० हजार लुटपाट भएको प्रहरीले जनाएको छ । पीडितले काठमाडौंको जोरपाटीस्थित नबिल बैंकबाट पैसा निकालेर मनि ट्रान्सफर पुगेपछि सटर खोलेर सफा गर्नेक्रममा एक्कासि भित्र छिर्दै तीनजनाको समूहमा आएका लुटेराले खुकुरी देखाउँदै झोला थुतेर भागेको बताएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक प्रदीप पौडेलले जानकारी दिए । प्रहरीले घटनाको थप अनुसन्धानका साथै लुटेराको खोजतलास जारी रहेको जनाएको छ । (रासस)...
‘मुद्दा मिलाउन’ भन्दै न्यायाधीशलाई ५ लाख

‘मुद्दा मिलाउन’ भन्दै न्यायाधीशलाई ५ लाख

अपराध, समाचार, समाज
राजविराज — चैत्र २७ । फलफूल व्यापारीले जिल्ला अदालत सप्तरीका तत्कालीन न्यायाधीश श्यामसुन्दर अधिकारीको बैंक खातामा ५ लाख जम्मा गरेको भौचरसहित न्यायपरिषद्मा उजुरी, बहुविवाहमा सफाइको आदेश दिलाउन लेनदेन भएको आरोप । मुद्दा प्रभावित पार्न एक जना जिल्ला न्यायाधीश र फलफूल व्यापारीबीच रकम लेनदेन भएको खुलेको छ । राजविराजका व्यापारी सागरकुमार साहले जिल्ला अदालत सप्तरीका तत्कालीन न्यायाधीश श्यामसुन्दर अधिकारीको बैंक खातामै ५ लाख रुपैयाँ जम्मा गरेको भन्दै न्यायपरिषदमा उजुरी परेको छ । न्यायाधीश अधिकारी जिल्ला अदालत कालिकोटमा छन् । राजविराजका फलफूल व्यापारी सागरकुमार साहले जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारीको खातामा विभिन्न मितिमा हालेको रकमको भौचर । सप्तरीको सप्तकोसी नगरपालिका १ फत्तेपुरका मनोजकुमार साहले न्यायाधीश अधिकारीले सागरकुमार साहमार्फत आफ्नो मुद्दा प्रभावित गर्न लिएको भन्दै हुलाकम...
हावाहुरी पीडितलाई समाज कल्याण गतिविधि नेपालद्वारा राहत वितरण

हावाहुरी पीडितलाई समाज कल्याण गतिविधि नेपालद्वारा राहत वितरण

समाचार, समाज
काठमाडौँ — चैत्र २७ । समाज कल्याण गतिविधि नेपालले सामाजिक उत्तरदायित्व/ कार्य अन्तर्गत बारा र पर्सा जिल्लाका हावाहुरीपीडितलाई राहत सामग्री वितरण गरेको छ । हावाहुरीसँगै आएको बिनासकारी आँधीका कारण बारा र पर्सा जिल्लामा भएको मानवीय क्षतीलाई दृष्टिगत गर्दै समाज कल्याण गतिविधि नेपाललेले आफ्ना देश भित्र र बाहिर रहेका नेपाली सहयोगी मनहरुबाट राहत संकलन गर्दै प्रभावित क्षेत्रका पीडितलाई वितरण गरेको हो। संस्थाले बारा जिल्लाको फेटा १ भल्मुहिका पीडित ४० घरपरिवारलाई चामल, दाल, तेल, साबुन दन्त मन्जन, चप्पल, कपडा, विस्कुट, चाउचाउ, भाँडाकुडा, थाल–कचौरा लगायतका अन्य अत्यावश्यक सामग्री वितरण गरेको समाज कल्याण गतिविधि नेपालका अध्यक्ष गणेश महताराले जनाए । समाज कल्याण गतिविधि नेपालले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्व/ कार्यलाई प्राथमिकतामा राखेर विभिन्न समयमा नेपालभित्र र बाहिर रहे...
नोटाम सुरु भएको १७ मिनेट पछि अन्तर्राष्ट्रिय उडान नियम विपरित फ्लाई दुबईको विमान उड्यो

नोटाम सुरु भएको १७ मिनेट पछि अन्तर्राष्ट्रिय उडान नियम विपरित फ्लाई दुबईको विमान उड्यो

आर्थिक, समाचार
काठमाडौँ — चैत्र २७ । सात दिन अघि 'नोटाम' का कारण नेपाल वायुसेवाको विमानलाई उड्न निदएको विमानस्थलले फ्लाई दुबईलाई भने किन दियो अनुमति ? त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मतकालागि १० बजेदेखि हुने उडान बन्दको अन्तर्राष्ट्रिय नियम (नोटाम) उल्लंघन गर्दै फ्लाई दुबईलाई मंगलबार राति उडान अनुमति दिइएको छ । उड्डयनकर्मीहरुकालागि जारी गरिने नोटाम लागू भइसकेपछि उडान अनुमति दिन मिल्दैन। विमानस्थल व्यवस्थापनले ठिक १० बजेपछि उडान गतिविधि रोक्नुपर्छ। तर, विमानस्थल व्यवस्थापनले नोटाम जारी भएको १७ मिनेटपछि फ्लाई दुबईको बोइङ ७३७ विमान काठमाडौंबाट दुबईकालागि उड्नको लागि अनुमति दिएको छ। विमानस्थलका अधिकारीहरु र एटीसीले महाप्रबन्धकको आदेशअनुसार, उक्त विमानलाई उड्न अनुमति दिएको जानकारी दिए। विमास्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले आफूले यात्रुहरुप्रति सहानुभूति राखेर उडान भर्...
पूर्वसांसद तथा उद्योगपति दिवाकर गोल्छाको निधन

पूर्वसांसद तथा उद्योगपति दिवाकर गोल्छाको निधन

समाचार, समाज
काठमाडौँ — चैत्र २७ । नेपालका प्रसिद्ध उद्योगपति तथा पूर्वसांसद दिवाकर गोल्छाको निधन भएको छ । भारतको चेन्नइमा गएराति गोल्छाको निधन भएको हो । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष समेत रहिसकेका गोल्छाको दुई साता अघिमात्र मिर्गौला प्रत्यारोपण गरिएको थियो । ६७ वर्षीय गोल्छा पहिलो संविधानसभामा नेपाली कांग्रेसबाट समानुपातिक सभासद थिए । गोल्छा अर्गनाइजेसनको औद्योगिकरणमा पिता हुलासचन्द गोल्छाले उनलाई प्रेरित गरेका छन् । उनको अग्रसरतामा करिब २ दर्जन उद्योग स्थापना भएका छन् । हुलास वायर, हुलास खाद्यान्न, श्रीराम सुगर मिल, हुलास जस्तापाता जस्ता धेरै उद्योग गोल्छा अर्गनाइजेसनले चलाउँदै आएको छ । गोल्छाको पार्थिव शरीर विहीबारसम्म काठमाडौं ल्याइने पारिवारिक स्रोतले जनाएको छ । गोल्छाका दुई छोरा छन् । (ईमेज खबर)...
म्युजियममा दुई देश

म्युजियममा दुई देश

मनोरन्जन, समाचार
काठमाडौँ — चैत्र २७ । एकातिर काँशी, अर्कोतिर लुम्बिनी । एउटै क्यानभासमा गान्धी र बुद्ध । अनि स्वयम्भू र ताजमहल । दुई देशको राष्ट्रिय प्रतीक स्वरुप झण्डाहरू पनि क्यानभासमा उत्तिकै हाबी छन् । तर, सांस्कृतिकता झल्काउन बौद्ध दर्ज्युले सघाउँछ । बौद्धस्थित तारागाउँ म्युजियममा जारी चित्रकला प्रदर्शनीले यति बेला यसरी नेपाल र भारतको सम्बन्ध प्रकाश पारिरहेको छ । सुशीला आर्टले एकेडेमीले गरेको प्रदर्शनीमा राखिएका कलाकृतिहरू आफैंमा दुई देश जोड्ने कला सेतु बनेका छन् । एउटै फ्रेममा एकातिर बनारस र अर्कोतिर लुम्बिनी प्रस्तुत गर्नु निकै अर्थपूर्ण देखिन्छ । यसले नेपालका हिन्दु धर्मावलम्बीहरूको बनारस कनेक्सन र भारतका बौद्ध धर्मावलम्बीहरूको लुम्बिनी कनेक्सन मात्रै प्रस्तुत गर्दैन्, लामो समयदेखि फैलिँदै आएको बुद्ध भारतमा जन्मेका हुन् भन्ने भ्रम चिर्न पनि सहयोग गर्छ । भारतको झण्डापट्टि गान्धी र नेपाल...
समायोजनका क्रममा बाहिरका एकजना डाक्टरले मात्रै रोजे कर्णाली

समायोजनका क्रममा बाहिरका एकजना डाक्टरले मात्रै रोजे कर्णाली

समाचार, समाज
वीरेन्द्रनगर —चैत्र २७ । कर्मचारी समायोजनका क्रममा बाहिरका एकजना डाक्टरले मात्र कर्णाली प्रदेश रोजेका छन् । कर्णालीमै कार्यरतमध्ये पनि अधिकांश डाक्टरले बाहिरकै अस्पताललाई कार्यथलो छानेका छन् । कर्णाली प्रदेशमा ११८ डाक्टरको दरबन्दी छ । कार्यरत १४ डाक्टरले यही क्षेत्र रोजेका छन् । कार्यथलो कर्णाली छानेका बाहिरका एकसहित १५ मध्ये १० प्रदेशमातहतका अस्पताल र ५ स्थानीय तहमा रहने सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख वृषबहादुर शाहीले जनाए । ‘हामीकहाँ चिकित्सक दरबन्दी नै कम छ,’ उनले भने, ‘त्यहीमाथि बाहिरका यहाँ आउनै मान्दैनन् ।’ स्वास्थ्य सेवातर्फ कार्यरत कर्णालीका डाक्टर–कर्मचारीसहित ४० जनाले प्रदेश बाहिरका जिल्ला, स्थानीय तह र संघलाई रोजेका छन् । डाक्टर–कर्मचारी गरी ३३ जनाले कर्णालीलाई आफ्नो रोजाइमा पारेकामा १६ जना कर्णाली बाहिरका छन् । कतिपय डाक्टरले भने कर्णाली प्रदेश रोजे...
चेन्नाई आईपीएल क्रिकेटको शीर्ष स्थानमा उक्लियो, कोलकाता ७ विकेटले पराजित

चेन्नाई आईपीएल क्रिकेटको शीर्ष स्थानमा उक्लियो, कोलकाता ७ विकेटले पराजित

खेलकुद, समाचार
काठमाडौँ — चैत्र २७ । कोलकाता नाईट राईडर्सलाई हराउँदै चेन्नाई सुपर किङ्स इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा कोलकातामाथि ७ विकेटको जित निकाल्दै चेन्नाई १० अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । समान खेलबाट ८ अंक जोडेको कोलकाता दोस्रो स्थानमा छ । चेन्नाईमा गएराति कोलकताले दिएको १ सय ९ रनको लक्ष्य घरेलु टोलीले १७ ओभर २ बलमा ३ विकेट गुमाएर पुरा गर्‍यो । चेनाईको जितमा फाप डु प्लेसिस र अम्बाती रायडुले उत्कृष्ट साझेदारी गरे । प्लेसिस ४३ रनमा अविजित रहँदा रायडुले २१ रनको योगदान गरे । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८ रन मात्र बनाउन सक्यो । उसका लागि आन्द«े रसेलले ५० रन बनाउँदा अन्य कुनै पनि ब्याट्सम्यानले सम्झन लायक प्रदर्शन गर्न सकेनन् । कोलकातालाई सस्तैमा समेट्न चेन्ना...
छोरी ट्रोल भएपछि भड्किएका अजय देवगनले जवाफमा भने— यस्तो ट्रोलिङले पुरै परिवार प्रभावित हुन्छ

छोरी ट्रोल भएपछि भड्किएका अजय देवगनले जवाफमा भने— यस्तो ट्रोलिङले पुरै परिवार प्रभावित हुन्छ

मनोरन्जन, समाचार
काठमाडौँ — चैत्र २६ । बलिउड सुपरस्टारका बच्चाहरु कुनै न कुनै कारण समाजिक सञ्जालमा ट्रोल भइरहेका हुन्छन् । यस पटक अभिनेता अजय देवगन र काजोलकी १४ वर्षीया छोरी न्यासा ट्रोल भएकी छिन् । न्यासा उनले लगाएको छोटो लुगाका कारण ट्रोल भएकी हुन् । सामाजिक सञ्जाल प्रयोगकताहरुले न्यासाको विषयमा अनेक टिकाटिप्पणी गरिरहेका छन् । छोरी न्यासालाई सामाजिक सञ्जालमा ट्रोल गरेको थाहापाएपछि दुखी भएका अजयले यस विषयमा जवाफ फर्काएका छन् । अजयले भनेका छन् ‘जब यस्तो ट्रोलिङ हुन्छ तब मेरी छोरी न्यासा मात्रै नभई पुरै परिवार प्रभावित हुन्छ । न्यासा केवल १४ वर्षकी छिन् । तर मलाइ लाग्छ मानिसहरु कहिलेकाहीँ आफ्नो मर्यादा भुलेर बकवास गर्न थाल्छन् ।’ अजयले आफ्नी छोरीले लगाएको लुगाको विपषयमा भने, ‘न्यासाले शर्टस् लगाएकी थिइन् तर उनले लगाएको लामो ड्रेसले शर्टस् छोपिएको थियो । त्यसपछि मानिसहरुले उनलाई ट्रोल गर्न सु...