काठमाडौं मल ब्यापार संघका पहिलो ठेकेदार प्रविर शमशेर राणाले साँढे १२ करोड भन्दा बढी रकम पाउनु पर्ने अदालतको निर्णय
काठमाडौँ — चैत्र २६ ।
काठमाडौं मल ब्यापार संघका पहिलो ठेकेदार प्रविर शमशेर राणाले साँढे १२ करोड भन्दा बढी रकम पाउनु पर्ने अदालतको निर्णयसहितको पत्र लिएर आएपछि काठमाडौं मल ब्यापार संघमा भागाभाग भएको छ ।
काठमाडौं मल व्यापार संघमा पहिलो ठेकेदार राणाले २०७१ मंसीर ५ देखि द काठमाडौं मल व्यापार संघ र राणाबीच सम्झौता भई कर्मचारी संचय कोषसमेतले स्वीकार गरी व्यापार संघबाट सिधै संचयकोषमा भाडा बुझाएको भनेता पनि २०७२ असोजसम्म १२ करोड ६२ लाख ६५ हजार रुपैया कर्मचारी संचय कोषले रकम नलिएको भनी राणाबिरुद्ध मुद्दा हालेको थियो ।
मुद्दामा पाटन अदालतले कर्मचारी सञ्चय कोषले भरी लिन पाउने निणर्य गरेको कागजसहित द काठमाडौं मल व्यापार संघमा उक्त अवधिको १२ करोड ६२ लाख ६५ हजार संघबाट भराई पाउ भनी राणा आएपछि संघमा भागाभाग मच्चिएको हो । केही समय अघि मात्रै संघको नेतृत्व लिनुभएकी अध्यक्ष सुष्मा महराले कुनै प...









