बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

विप्लव समूह निकट अखिल (क्रान्तिकारी)की विद्यार्थी नेतृ पक्राउ

कास्की— चैत्र २६

नेत्रविक्रम चन्द (विप्लव)नेतृत्वको समूह निकट अखिल (क्रान्तिकारी) कास्कीका एक नेतृलाई प्रहरीले पक्राउ गरेको छ ।

क्रान्तिकारी विद्यार्थी संगठनका जिल्ला उपाध्यक्ष आस्था नेपालीलाई आज बिहान प्रहरीले पोखरा–११ फूलबारीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए ।

स्याङ्जा स्थायी ठेगाना भएकी विद्यार्थी नेतृ नेपाली हाल फूलबारीमा बस्दै आएकी थिइन् ।

प्रहरीले गत हप्ता सोही विद्यार्थी संगठनका पृथ्वीनारायण क्याम्पस एकाइका अध्यक्ष प्रकाश बाँस्तोला र जिल्ला सदस्य उज्जवल पुनलाई पक्राउ गरेको थियो । यसअघि उक्त समूहका प्रदेश संयोजक किसानसिंह गुरुङ र कास्की प्रमुख रामकाजी गुरुङलाई प्रहरीले पक्राउ गरिसकेको थियो ।

(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *