काठमाडौँ — चैत्र २७ ।
समाज कल्याण गतिविधि नेपालले सामाजिक उत्तरदायित्व/ कार्य अन्तर्गत बारा र पर्सा जिल्लाका हावाहुरीपीडितलाई राहत सामग्री वितरण गरेको छ ।

हावाहुरीसँगै आएको बिनासकारी आँधीका कारण बारा र पर्सा जिल्लामा भएको मानवीय क्षतीलाई दृष्टिगत गर्दै समाज कल्याण गतिविधि नेपाललेले आफ्ना देश भित्र र बाहिर रहेका नेपाली सहयोगी मनहरुबाट राहत संकलन गर्दै प्रभावित क्षेत्रका पीडितलाई वितरण गरेको हो।

संस्थाले बारा जिल्लाको फेटा १ भल्मुहिका पीडित ४० घरपरिवारलाई चामल, दाल, तेल, साबुन दन्त मन्जन, चप्पल, कपडा, विस्कुट, चाउचाउ, भाँडाकुडा, थाल–कचौरा लगायतका अन्य अत्यावश्यक सामग्री वितरण गरेको समाज कल्याण गतिविधि नेपालका अध्यक्ष गणेश महताराले जनाए ।

समाज कल्याण गतिविधि नेपालले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्व/ कार्यलाई प्राथमिकतामा राखेर विभिन्न समयमा नेपालभित्र र बाहिर रहेका नेपाली सहयोगी मनहरुको साथ र सहयोगमा मुलुकमा आईपर्ने प्राकृतिक विपत्तिहरु बाढी, पहिरो, भूकम्पलगायतका विपद्को समयमा सहयोग गर्दै आएको छ।

सहयोगीहरुको विवरणः
१ कल्पना खड्का 3000¥
२ अम्बिका गुरुङ 5000¥
३ स्वस्तिका मास्की मगर 5000 ¥
४ लिला बहादुर श्रेष्ठ 5000 ¥
५ मङ्गल गुरुङ 5000 ¥
६ अर्मानी (युएसए) रु ५०००/-
७ खुस्बु थापा (अष्ट्रेलिया) रु ८०००/
८ हेमन्त रोकाय रु ६०००/-
९ SWMN टिम नेपाल रु १०५००/-
१० मङ्गल गुरुङ ५०००/-
११ सकिला पाठक १५०००/-
