बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

पूर्वसांसद तथा उद्योगपति दिवाकर गोल्छाको निधन

काठमाडौँ — चैत्र २७ ।

नेपालका प्रसिद्ध उद्योगपति तथा पूर्वसांसद दिवाकर गोल्छाको निधन भएको छ ।

भारतको चेन्नइमा गएराति गोल्छाको निधन भएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष समेत रहिसकेका गोल्छाको दुई साता अघिमात्र मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

६७ वर्षीय गोल्छा पहिलो संविधानसभामा नेपाली कांग्रेसबाट समानुपातिक सभासद थिए ।

गोल्छा अर्गनाइजेसनको औद्योगिकरणमा पिता हुलासचन्द गोल्छाले उनलाई प्रेरित गरेका छन् ।

उनको अग्रसरतामा करिब २ दर्जन उद्योग स्थापना भएका छन् ।

हुलास वायर, हुलास खाद्यान्न, श्रीराम सुगर मिल, हुलास जस्तापाता जस्ता धेरै उद्योग गोल्छा अर्गनाइजेसनले चलाउँदै आएको छ ।

गोल्छाको पार्थिव शरीर विहीबारसम्म काठमाडौं ल्याइने पारिवारिक स्रोतले जनाएको छ । गोल्छाका दुई छोरा छन् ।

(ईमेज खबर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *