मङ्ल, मंसिर ९, २०८३
Tue, November 24, 2026
Shadow

समाचार

मलेसियामा समस्यामा परेका नेपाली कामदारहरुले अब अनलाइनबाटै दूतावासमा आफ्नो समस्या र गुनासो टिपाउन सक्ने

मलेसियामा समस्यामा परेका नेपाली कामदारहरुले अब अनलाइनबाटै दूतावासमा आफ्नो समस्या र गुनासो टिपाउन सक्ने

अन्तराष्ट्रिय, समाचार
 मलेसियामा समस्यामा परेका नेपाली कामदारहरुले अब अनलाइनबाटै दूतावासमा आफ्नो समस्या र गुनासो टिपाउन सक्ने भएका छन् । विभिन्न कारणले मलेसियामा समस्यामा परेका नेपालीलाई मध्यनजर गर्दै त्यहाँस्थित नेपाली दूतावासले अनलाइनबाट गुनासो टिपाउन सकिने व्यवस्था गरेको हो । दूतावासको वेबसाइटमा गएर श्रमिक गुनासो भन्ने फाइलमा गइ गुनासो राख्न सकिने दूतावासले जनाएको छ । दूतावासको इमेल labor.eonkl@mofa.gov.np वा eonkualalumpur@mofa.gov.np मार्फत् पनि गुनासो टिपाउन सकिनेछ । गुनासो राखेपछि गुनासो राख्ने व्यक्तिलाई दूतावासले नै सम्पर्क गरी समस्याको समाधान गर्नेछ । ...
नागरिकमैत्री ट्राफिक कार्यबिधी २०७७ निर्देशिका जारी

नागरिकमैत्री ट्राफिक कार्यबिधी २०७७ निर्देशिका जारी

समाचार, समाज
महानगरीय ट्राफिक प्रहरी महाशाखाले नागरिकमैत्री ट्राफिक कार्यबिधी २०७७ निर्देशिका जारी गरेको छ । महाशाखाले आज आइतवार पत्रकार सम्मेलन गरी नयाँ निर्देशिकाबारे जानकारी गराएको हो । निर्देशिका अक्षरसः पालना भएमा सेवा प्रवाह पारदर्शी, सरल, सहज र प्रभावकारी हुने महाशाखाले जनाएको छ । सडक र कार्यालयमा आउने सेवाग्राहीसँग गरिने ट्राफिक कर्मचारीहरुको आचरणलाई थप शिष्ट सभ्य र मर्यादित बनाउने निर्देशिकामा उल्लेख छ । पत्रकार सम्मेलमा महाशाखाका प्रमुख जनक भट्टराइले आर्थिक प्रलोभनमा नपरि इमानदारीपूर्वक आफ्नो काम गर्ने १७ जना विभिन्न दर्जाका ट्राफिक प्रहरीलाई पुरस्कृत गरेका छन् । ...
ग्लोबल अनलाईन पे ‘बेस्ट भोटिङ कम्पनी अफ द ईयर’ अवार्ड बाट सम्मानित

ग्लोबल अनलाईन पे ‘बेस्ट भोटिङ कम्पनी अफ द ईयर’ अवार्ड बाट सम्मानित

मनोरन्जन, समाचार
काठमाडौँ — फाल्गुन १६, २०७७। ग्लोबल अनलाईन पे ‘बेस्ट भोटिङ कम्पनी अफ द ईयर २०२०’ बाट सम्मानित भएको छ । ड्रीम सर्च एजेन्सीद्वारा आयोजित फेशन फेयर अवार्डमा उत्कृष्ट भोटिङ सर्भिस प्रदायक बन्दै बेस्ट भोटिङ कम्पनी अफ द ईयर २०२० बाट ग्लोबल अनलाईन पे सम्मानित भएको हो । नेपालभर संचालित विभिन्न रियालिटि शो, ब्युटी पेजेन्ट, अवार्ड शो लगायतका उत्कृ्ष्ट ईभेन्टहरुमा भोटिङ सर्भिस प्रदायकको रुपमा सर्वोत्कृष्ट भोटिङ सर्भिस प्रदायक कम्पनीको रुपमा आफुलाई स्थापित गर्न सफल भएकाले ग्लोबल अनलाईन पे का प्रमुख डेविल सिंह राजपुतलाई उक्त पुरस्कार प्रदान गरिएको ड्रीम सर्च एजेन्सीका कार्यकारी प्रमुख कमल निकोन क्षेत्रीले जनाएका छन। उक्त अवसरमा राजपुतले संचालनमा आएको छोटो समयमा नै प्रतिष्ठित पुरस्कार प्राप्त गर्नु ग्लोबल अनलाईन पेका लागि गौरवको विषय भएको र यसबाट ग्लोबल अनलाईन पेलाई भोटिङ सर्भिसको बृहत्तर हितमा क...
सुर्य गुरुङ र सरिता राइको स्वर रहेको ‘क पुरी क’ सार्वजनिक(भिडियो)

सुर्य गुरुङ र सरिता राइको स्वर रहेको ‘क पुरी क’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं, १५ फाल्गुण-गायक सुर्य गुरुङ र गायिका सरिता राइको ‘क पुरी क’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । वाङचु फ्युवा तमाङ एरेन्जर र किशोर थापा मास्टरमिक्सिर रहेको उक्त गीतमा सुर्य माम्बा तमाङको शब्द र संगित रहेको छ । सो म्युजिक भिडियोको निर्दशन भने निर्देशक राजेश आले मगरले गरेका हुन । https://www.youtube.com/watch?v=jack7n-NpUk&fbclid=IwAR0k-B5GAzaWdvk7pPXYpX_yQCPDWRMrbkRBFjzdaGNgAlJa-yJPDvPgNeY जसको सम्पादकमा अच्युत बजगाइँ, छायाँकारमा सुशिल डाँगी र कोरिओग्राफरमा नबिन बिक रहेका छन् । अभिनय तर्फ सोम राज राज तमाङ ( राज घलान ), राहुल बाराइली, बिशाल लामा र पूजा मगरले कलाकारको भूमिका निभाएका छन् । दि पाल्म ग्रुपको पोस्ट प्रोडक्सनमा तयार पारिएको उक्त गीतको भिडियोलाई दि पल्म म्युजिक नामक युउटुब् च्यानलबाट सहजै हेर्न मिल्ने व्यवस्था मिलाईएको छ । ...
सङ्गीतिक प्रस्तुतिसहित मनाइयो अम्बर गुरुङको ८३औं जन्म जयन्ती

सङ्गीतिक प्रस्तुतिसहित मनाइयो अम्बर गुरुङको ८३औं जन्म जयन्ती

मनोरन्जन, समाचार
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले फाल्गुण १४ गते प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति एवम् राष्ट्रगानका सङ्गीतकार सङ्गीतज्ञ अम्बर गुरुङको ८३आँै जन्म जयन्तिका अवसरमा सङ्गीतिक प्रस्तुति सहितको कार्यक्रमको आप्mनै कार्यालय परिसर, बालुवाटारमा आयोजना गरेको छ । प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ रायनले सभापतित्व गर्नुभएको कार्यक्रम स्व. अम्बर गुरुङको तस्विरमा माल्यार्पणगरी शुभारम्भ गरिएको थियो । स्वागत मन्तव्यदिने क्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले स्व. अम्बर गुरुङ धेरै चिनारी भएका एउटा व्यक्तित्व हुनुहुन्थ्यो भन्नुभयो । बोल्ने क्रममा उहाँले अम्बर गुरुङलाई आप्mनो जीवन नै सङ्गीतका माध्यमबाट राष्ट्रका लागि समर्पित गर्ने एक विशिष्ट व्यक्तित्वका रुपमा चित्रित गर्नुभयो । उहाँले सङ्गीतवद्ध गरेका माया प्रेमका गीतदेखि राष्ट्रिय भावले ओतप्र...
राजनीतिक खिचातानी

राजनीतिक खिचातानी

राजनीति, समाचार
डा.डिआर उपाध्याय, प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम असफल भएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको कदम लाई खारेज गर्दै पुनस्र्थापनाको फैसला सुनाएको छ ।अहिले नेपालको राजनीति नयाँ मोडमा प्रवेश गरेको अवस्था छ । दम्भ एवं अहंकारको राजनीति कसैले गर्नु हुदैन भन्ने पाठ सिकाएको छ । प्रतिनिधिसभाको विघटन संवैधानिक, राजनीतिक र नैतिक दृष्टिले अनुचित भएको तथ्य सिद्ध भएको छ । अव मुलुकलाई निकास दिन प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नु अपरिहार्य भएको छ । अहिले मुलुकमा नयाँ सरकार कहिले र कस्को नेतृत्वमा बन्ने भन्ने बिषयमा चर्चा चलेको छ । नयाँ सरकार त्यति सजिलै बन्ने अवस्था देखिँदैन । नयाँ सरकार गठनको बिषयमा अनेकन बाधा र संवैधानिक एवं कानुनी जटिलता देखिएका छन ।केही संवैधानिक र प्राविधिक जटिलताले नेपालको राजनीति अझै पनि गोलचक्करमा फस्ने खतरा देखिएको छ । मुलुक पुनः राजनीतिक खिचातानी र विवादको...
अष्ट्रेलिया विरुद्धको दोस्रो टी ट्वान्टी खेलमा न्युजिल्याण्डको जित

अष्ट्रेलिया विरुद्धको दोस्रो टी ट्वान्टी खेलमा न्युजिल्याण्डको जित

अन्तराष्ट्रिय, खेलकुद, समाचार
 न्युजिल्याण्डले अष्ट्रेलिया विरुद्धको दोस्रो टी ट्वान्टी खेल पनि जितेको छ । पहिलो टी ट्वान्टीमा ५३ रनको जित हात पारेको न्युजिल्याण्डले दोस्रो टी ट्वान्टीमा चार रनको जित हात पारेको छ । दोस्रो टी ट्वान्टीमा जितसँगै न्युजिल्याण्डले पाँच खेलको टी ट्वान्टीमा २–० को अग्रता लिएको छ । न्युजिल्याण्डले प्रस्तुत गरेको २२० रनको लक्ष्य पछ्याउँदै अष्ट्रेलियाले जित नजिक पुगेपनि लक्ष्य प्राप्त गर्न सकेन । पाहुना टोलि पुरै २० ओभर खेलेर आठ विकेटको क्षतिमा २१५ रन तयार गर्यो । अष्ट्रेलियाका लागि मार्कस स्टोइनिसले सर्वाधिक ७८ रनको योगदान दिए । उनले मात्र ३७ बलमा सात चौका र पाँच छक्का प्रहार गरे। डेनियल साम्सले १५ बलमा दुई चौका र चार छक्काको सहयोगमा ४१ रनको योगदान गरेर पेभेलियन फर्किनुअघि अष्ट्रेलियाले एक ओभरमा जितका लागि १५ रन आवश्यक थियो । तर अन्तिम ओभरमै मार्कस स्टोइनिस समेत पेभेलियन फर्किदा ...
सरकारकाले प्रतिनिधिसभाको बैठक फागुन २३ गते बोलाउने निर्णय

सरकारकाले प्रतिनिधिसभाको बैठक फागुन २३ गते बोलाउने निर्णय

राजनीति, समाचार
सरकारकाले प्रतिनिधिसभाको बैठक बोलाउने निर्णय गरेको छ। आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतको आदेश बमोजिम प्रतिनिधिसभा बैठक फागुन २३ गते आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । प्रतिनिधि सभा पुनर्स्थापनापछि आज पहिलो पटक मन्त्रिपरिषद् बैठक बसेको थियो। संसद बैठक बोलाउनका लागि यसअघि प्रधानमन्त्री केपी ओलीले हिजो साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका थिए। सर्वोच्च अदालतले मन्त्रिपरिषद्को सिफारिसमा गएको पुस ५ गते राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्दै गएको मङ्गगलबार १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो। ...
वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने श्री स्वस्थानी ब्रत आज  विधिपूर्वक समापन गरिँदै

वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने श्री स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै

समाचार, समाज
काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज (शनिबार) विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको ब्रत शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका भक्तजनले आज ब्रत समापन गर्न लागेका हुन् । त्यसै दिनदेखि शुरु गरिएको स्कन्द पुराणअन्तर्गत केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य गरिँदैछ । विधिपूर्वक एक महिने ब्रत गरेकाले माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ पmूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाइ ब्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ/आठ पतिलाई, पति नभए ...
काभ्रे जिल्ला कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शून्यतातर्फ

काभ्रे जिल्ला कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शून्यतातर्फ

समाचार, स्वास्थ्य
काभ्रे । जिल्लामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शून्यतातर्फ झरेको छ। काभ्रेपलाञ्चोकको १३ मध्ये हाल दुई स्थानीयतहमा चार सङ्क्रमित छन्। एघार स्थानीय तह सङ्क्रमणमुक्त भइसकेका छन्। हाल बनेपा नगरमा एक महिला र एक पुरुष तथा धुलिखेलमा एक महिला र एक पुरुष सङ्क्रमित रहेको जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ। पोष्टका अनुसार बिहीबार छ सङ्क्रमित रहेकोमा शुक्रबार दुई सङ्क्रमित डिस्चार्ज भएका हुन्। जिल्लामा तीन हजार ३५० जनालाई कोरोना भाइरस सङ्क्रमण भएका थिए। काभ्रेमा १४ महिलासहित ४५ को कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ। सङ्क्रमितमध्ये ९९ दशमलव ८९ प्रतिशत सङ्क्रमणमुक्त भइसकेको जनाइएको छ। आवश्यकतामा मात्रै परीक्षण हुने गरेकाले पछिल्ला केही हप्तादेखि कोरोना सङ्क्रमणको लक्षण देखिएकाको मात्रै परीक्षण हुने पोष्टले जनाएको छ। चार सङ्क्रमित होम आइसोलेसनमा उपचाररत छन्। कोर...