मङ्ल, मंसिर ९, २०८३
Tue, November 24, 2026
Shadow

समाचार

नेपाललाई अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि संयुक्त राष्ट्र संघको कमिटी फर डेभलपमेन्ट पोलिसी (सीडीपी) को सिफारिश

नेपाललाई अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि संयुक्त राष्ट्र संघको कमिटी फर डेभलपमेन्ट पोलिसी (सीडीपी) को सिफारिश

अन्तराष्ट्रिय, समाचार
नेपाललाई अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि संयुक्त राष्ट्र संघको कमिटी फर डेभलपमेन्ट पोलिसी (सीडीपी)ले सिफारिश गरेको छ। सीडीपीले नेपालको प्रतिव्यक्ति आय, मानव सम्पत्ति तथा आर्थिक जोखिमका सूचकहरुको समीक्षापछि स्तरोन्नतिका लागि सिफारिश गरेको हो । यसमध्ये आर्थिक जोखिम र मानव सम्पत्ति सूचकमा नेपालले स्तरोन्नतिको मापदण्ड पूरा गरेको छ। यद्यपि, प्रतिव्यक्ति आयमा भने तोकिएको मापदण्ड पूरा भएको छैन। स्तरोन्नतिको तयारीका लागि सीडीपीले नेपाललाई ५ वर्षको अवधि दिने निर्णय गरेको हो । सामान्यतयाः स्तरोन्नति तयारीका लागि ३ वर्षको अवधि दिइने भएपनि नेपालले ५ वर्षको अवधि पाएको छ। जसले गर्दा नेपालले अहिले अति कम विकसित देशका हैसियतले पाइरहेको सुविधा आगामी पाँच वर्षसम्म निरन्तर पाउनेछ। सीडीपीको सिफारिशपछि राष्ट्रसंघीय आर्थिक एवं सामाजिक परिषद् (इकोसोक) र राष्ट्रसंघको महासभा...
‘नेपाल महिला चेम्बर ट्रेड फेयर २०२१’ आयोजना गरिदै

‘नेपाल महिला चेम्बर ट्रेड फेयर २०२१’ आयोजना गरिदै

आर्थिक, समाचार
काठमाडौं, १४ फाल्गुण- नेपाल महिला चेम्बर ट्रेड फेयर २०२१ मार्च ८ देखी १० तारिकसम्म संचालनमा आउने भएको छ । आज जमल स्थित चेम्बर भवन पत्रकार सम्मेलन आयोजना गरि सो मेला बारे जानकारी गराईएको हो । नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठको सभापतित्वमा भएको सो पत्रकार सम्मेलनमा मेला ‘मेड इन नेपाल, मेक इन नेपाल’को थिममा लाजिम्पाट स्थित होटल रेडिसनमा गरिने जानकारी दिइयो । सो अवसरमा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले उक्त मेला आयोजना गर्नुको उदेश्य महिला उद्यमीद्वारा उत्पादित सामाग्रीको प्रबर्द्धन गर्ने रहेको बताउदै मेलाले हस्तकला सामग्री, खाद्य, पहिरन एवम् आभुषण, सौन्दर्य सामाग्री लगायतका उत्पादनको व्यवसायीकरण गर्न सहयोग पुग्ने दाबी गरिन । साथै, उनले कोभिड १९ बाट बढी जसो महिला उद्यमीहरु प्रभावित बनेको उल्लेख गर्दै नेपालमा महिला उद्यमशीलताको विकासका लागि नेपाल महिला चेम्बरले सक्र...
यातायात व्यवस्था विभागले चालक अनुमतिपत्रको परीक्षा पास गरेका  एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना

यातायात व्यवस्था विभागले चालक अनुमतिपत्रको परीक्षा पास गरेका एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना

समाचार, समाज
नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना बनाएको छ । ठूलो सङ्ख्यामा कार्ड छाप्ने उपकरण (मास प्रिन्टर) को प्रयोग गरेर एकैदिनमा धेरै सङ्ख्यामा अनुमतिपत्र छाप्न सकिने विभागले जनाएको छ ।    अहिले तत्काल कार्ड स्टक थोरै सङ्ख्यामा भएकाले छाप्न नसकिएको भए पनि नयाँ कार्ड आउनासाथ अनुमतिपत्र छपाइ गरिने छ । विभागले १४ लाख कार्ड खरीदका लागि प्रक्रिया अघि बढाएको निर्देशक रामचन्द्र पौडेलले बताए । उनका अनुसार यी कार्डको खरीद गर्न लागेको कम्पनीले अहिले थोरै सङ्ख्यामा कार्ड नमूना परीक्षणका लागिसमेत पठाइसकेको छ । त्यो ठीक छ भन्ने जानकारी दिएपछि केही समयमा नै कार्ड आउने उनले जानकारी दिए । उनले भने, “हामीसँग थोरै कार्ड मात्रै बाँकी भएकाले थोरै छापिएको हो...
पछिल्लो २४ घण्टामा थप १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
नेपालमा बितेको २४ घण्टामा थप १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा १ सय १२ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ९८४ पुगेको छ । पछिल्लो २४ घन्टामा ५४ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या दुई लाख ७० हजार २७७ पुगेको छ। त्यस्तै शुक्रवार कोरोना भाइरसको संक्रमणबाट ४ जनाले ज्यान गएको छ । योसँगै अहिलेसम्म कोरोना संक्रमणबाट दुई हजार ७ सय ७१ पुगेको छ । ...
काठमाडौंस्थित तारकेश्वर नगरपालिका–१ साङ्लामा फेरि बर्डफ्लू पुष्टि

काठमाडौंस्थित तारकेश्वर नगरपालिका–१ साङ्लामा फेरि बर्डफ्लू पुष्टि

समाचार, समाज
काठमाडौंस्थित तारकेश्वर नगरपालिका–१ साङ्लामा फेरि बर्डफ्लू भेटिएको छ । यही फागुन १३ गते बिहीवार साङ्लास्थित पाँच वटा व्यावसायिक फार्ममा बर्डफ्लू पुष्टि भएको हो । बर्डफ्लू पुष्टि भएसँगै सो स्थान र वरपरका लेयर्स, बोइलर र लोकल गरेर १५ हजार ३५७ कुखुरा, चल्ला लगायत घरपालुवा पन्छी र तीसँग सम्बन्धित वस्तु जस्तै अण्डा, दाना आदि नष्ट गरिएको छ । त्यस्तै फार्म वरपर स्वास्थ्य सुरक्षाको उपाय अपनाउन, घरपालुवा पशुपन्छीलाई बाहृय पशुपन्छीको सम्पर्कमा आउन नदिन, अस्वभाविक रुपमा पन्छी बिरामी परे वा मरे तत्काल नजिकैको पशु सेवा निकायमा खबर गर्न विभागले किसान एवम् व्यवसायीलाई आग्रह गरेको छ । झण्डै एक महिनाअघि तारकेश्वर नगरपालिका–१ मै बर्डफ्लू भेटिएको थियो । तर, हाँसमा मात्रै । त्यसवेला पनि संक्रमण भेटिएको क्षेत्रका करिब २३ सय घरपालुवा पन्छी र तीसँग सम्बन्धित वस्तु नष्ट गरिएको थियो । कृषि तथा पशुपन्छी व...
‘क्रियटिभ दिभा’ को लागी आबेदन खुल्ला

‘क्रियटिभ दिभा’ को लागी आबेदन खुल्ला

मनोरन्जन, समाचार
फरक अबधारणाका साथ आयोजना हुन लागेको ‘क्रियटिभ दिभा’ को लागी आबेदन खुलेको छ ।प्लानेट मल्टीमेडिया ईन्टरनेशनलको आयोजनामा प्रदेश नं १ दमकबाट सुरु गर्न लागिएको कार्यक्रम ‘क्रीयटिभ दिभा’को सम्पूर्ण पूर्व तयारी सकिएको छ ।नेपालमै पहिलो पटक हुन लागेको यो कार्यक्रममा फरक प्रस्तुती मात्र रहदैंन, तीन बिधालाई एउटै कार्यक्रममा फरक फरक प्रस्तुती रहने गरी एउटै मञ्चमा प्रतिस्प्रर्धा गराईनेछ । फेशन र मोडलिङसँग सम्बन्धित तीन बिधा सौन्दर्य कर्मि, (मेक अप आर्टिस्ट), फेशन डिजाईनर र मोडल (र्याम्प मोडेल) हरुको आफ्नो प्रतिभा प्रस्तुती एकै समय एउटै मञ्चबाट गराईनेछ । तीन फरक बिधालाई संयोजन गरी एउटै मञ्चमा प्रस्तुत गर्न लागिएको यो पहिलो कार्यक्रम भएको कम्पन्री प्रमुख तथा प्रोग्राम डिरेक्टर मोनित महर्जनले बताउनु भयो । कार्यक्रम निकै मनोरञ्जनत्मक हुने अनि भब्य हुनुका साथै सहभागिहरुले आफ्नो क्षेत्रमा एक कदम अघी बढन मद्...
इमानको राजनीतिले मात्र देशको उन्नती प्रगति

इमानको राजनीतिले मात्र देशको उन्नती प्रगति

राजनीति, समाचार
डा.डिआर उपाध्याय राजनीतिमा इमान्दारिता नहुँदा जनताले दुःख पाउँछन् । बेइमानको राजनीतिले नेपाली जनताले लामो समयदेखि दुःख पाइरहेका छन् । अब नयाँ पुस्ताले इमानको राजनीति गर्नुपर्छ । इमानको राजनीतिले मात्र देशको उन्नती प्रगति हुन्छ । राजनीतिको नाममा कमाउँ धन्दा मौलाएको छ । यो नै देशको लागि सबैभन्दा डरलाग्दो रोग हो । राजनीति भनेको समाजसेवा हो । राजनीतिलाई कमाउँ धन्दा बनाउनु हुदैन । हाम्रो देशको राजनीति बद्नामी बन्दै गएको छ । यसो हुनु हुँदैन् किनभने नीतिमध्ये सबैभन्दा महत्वपूर्ण नीति राजनीति हो । राजनीतिले सही बाटो लिने हो भने अरुनीतिहरु स्वतःसही बाटोमा आउँछन् । २०४६सालको बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछिको राजनीति त्यती सहज रुपका साथ इमान,जमान र नीतिमा चल्न सकेन । राजनीतिक दल र तिनका नेताहरु व्यक्तिगत टकराव र सत्तास्वार्थमा अधिकांश समय बिताए । जसको कारण मुलुक अघि बढ्न सकेन । व्यक्तिगत...
दुई लाख राशी सहितको हेम बहादुर मल्ल सम्मान डा. गौरी शंकरलाल दासलाई

दुई लाख राशी सहितको हेम बहादुर मल्ल सम्मान डा. गौरी शंकरलाल दासलाई

आर्थिक, समाचार
काठमाडौं, राष्ट्रपति विद्या देवी भण्डारीले डा. गौरी शंकर लाल दासलाई हेम बहादुर मल्ल सम्मान प्रदान गरेकी छिन् ।विहिवार राष्ट्रपति भवन शितल निवासमा आयोजित सम्मान समर्पण कार्यक्रम माझ दासलाई उक्त सम्मानबाट विभुषित गरिएको हो । जन प्रशासन संघका अध्यक्ष कृष्णहरि बाँस्कोटाको सभापतित्वमा भएको उक्त सम्मान कार्यक्रममा पुर्व मन्त्री एवम् कानुन आयोगका अध्यक्ष माधव पौडेल, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका संचालक समिति अध्यक्ष लक्ष्मीदास मानन्धर, साल्ट ट्रेडिङकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ, साल्ट ट्रेडिङका संचालक समिती सदस्यहरु ध्यानगोविन्द रंजित, अन्जन श्रेष्ठ, प्रदिपलाल श्रेष्ठ, वहालवाला एवम् पुर्व उच्च प्रशासक, साल्ट ट्रेडिङका अधिकारीहरु आदीको उपस्थिती रहेको थियो । सम्मान ग्रहण पस्चात कार्यक्रम माझ बोल्ने क्रममा डा. दासले राष्ट्रपतिबाट सम्मानित हुन पाएकामा गौरव महशुश गरेको धारणा राख्दै आ...
रेल सञ्चालन झनै अनिश्चित

रेल सञ्चालन झनै अनिश्चित

समाचार
पाँच महिनाअघि भारतबाट ल्याएको रेल सञ्चालनमा अझै अनिश्चितता बढेको छ । जनकपुर–जयनगर रेलमार्गमा रेल सञ्चालन गर्न जनशक्ति, संरचना तथा कानुन अभाव तथा अन्तरदेशीय अनुमतिसम्मका विषय टुंगो लगाउन बाँकी छ । रेल्वे कम्पनीले अन्तरदेशीय अनुमति लगायतका विषय टुंगो लागिसकेको जनाउँदै चाँडै रेल सञ्चालन हुने दाबी गर्दै आए पनि कानुनी जटिलता, जनशक्ति तथा संरचना टुंगो लाग्न बाँकी नै छ । रेल सञ्चालन गर्ने भनिए पनि ‘कुन कानुनका आधारमा सञ्चालन गर्ने ?’ भन्ने मुख्य समस्या हल हुन सकेको छैन । नेपालमा रेल सञ्चालनका लागि रेल्वे सम्बन्धी ऐन, २०२० रहेको छ । तर, सो कानुन पुरानो भएर काम नलाग्ने अवस्थामा पुगेको छ । सरकारले नयाँ कानुन निर्माणका लागि विधेयक संसद्मा पेश गरेको थियो । संसद् विघटनसँगै उक्त विधेयक पनि अलपत्र बन्न पुग्यो । त्यसपछि सरकारले अध्यादेश ल्याउने तयारी गरिरहेको अवस्थामा पुनः संसद् पुनः स्थापना भएको छ...
१४ वर्षीय किशोरले एकै दिन गरे चार बालिकामाथि बलात्कार

१४ वर्षीय किशोरले एकै दिन गरे चार बालिकामाथि बलात्कार

समाचार
१४ वर्षीय एक किशोरले बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । तीन किशोरबाट भाँडाकुटी खेलिरहेका ८, ६ र ५–५ वर्षका नाबालिका बलात्कृत भएको पीडित पक्षले बताएको छ । आरोपित किशोर बर्दियाकै बारबर्दिया नगरपालिकाबाट बाासगढीमा आफन्तकहाँ पाहुना आएका थिए । उनले कसैलाई नभन्न धम्की दिएपछि बालिकाहरुले घटना लुकाएका थिए । तर, घटनामा पीडित एक बालिकाले अभिभावकलाई सबै कुरा बनाएपछि वास्तविकता बाहिरिएको हो । उनीहरु फागुन ५ गते विद्यालयबाट फर्किएर खेलिरहेका थिए । ‘बालिकाहरू दिउँसो भाँडाकुटी खेल्दै थिए । पाहुना आएका किशोरले नजिकैको टेलरबाट टालटुली लगेर बालिकाको हात र बाँधे र पालैपालो बलात्कार गरेछन्,’ एक पीडितका बुवाले भने । पीडितहरूको स्वास्थ्य परीक्षण रिपोर्ट आइसकेको छैन । पीडित पक्षले इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन् । घटना मिलाउन खोजेर हो कि क...