शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

मनोरन्जन

दक्षको आयोजनामा मिस एण्ड मिसेस ब्युटिफुल नेपालको चौथो र तेस्रो संस्करण हुने

दक्षको आयोजनामा मिस एण्ड मिसेस ब्युटिफुल नेपालको चौथो र तेस्रो संस्करण हुने

मनोरन्जन, समाचार
काठमाडौं, मंसिर १२ । मिस एण्ड मिसेस ब्युटिफुल नेपालको चौथो र तेस्रो संस्करण हुने भएको छ । दक्ष इन्टरनेशनल प्रा।लि।को आयोजनामा मिस एण्ड मिसेस ब्युटिफुल नेपालको चौथो र तेस्रो संस्करण हुने भएको हो । अविवाहित र विवाहित महिलाबीचको यो सौन्दर्य प्रतियोगिताको पहिलो अडिनस यही मंसिर १५ गते हुँदैछ भने फाइन माघ १२मा राजधानीमा एक विशेष कार्यक्रमबीच गरिने आयोजक सँस्थाका अध्यक्ष टेकराज पाण्डेले बताए । प्रतियोगितामा प्रथम हुनेलाई एकलाखको पुरस्कार सहित विभिन्न गिफ्ट ह्यापर पनि रहेको उनले जनाए । नयाँ प्रतिभालाई मोडलिङ क्षेत्रमा भित्राएर उनीहरुलाई व्यवसायिक मोडल बनाउन मिस ब्युटिफूल नेपाल र मिसेस ब्युटिफूल नेपाल आफुहरुले आयोजना गर्दै आएको आयोजक संस्था दक्ष इन्टरनेशनलकी प्रबन्ध निर्देशक दिपा थपलियाले बताइन ।...
निर्देशक माधव राज खरेलले उचाले अन्तराष्ट्रिय फिल्म फेष्टिवलमा उत्कृष्ट चलचित्र निर्देशकको अवार्ड

निर्देशक माधव राज खरेलले उचाले अन्तराष्ट्रिय फिल्म फेष्टिवलमा उत्कृष्ट चलचित्र निर्देशकको अवार्ड

मनोरन्जन, समाचार
काठमाण्डौ – नेपाली चलचित्र जगतमा झण्डै दुई दशक विताएका चलचित्र निर्देशक माधव राज खरेलले राजधानीमा आयोजित नेपाल सांस्कृतिक अन्तराष्ट्रिय फिल्म फेष्टिवलमा उत्कृष्ट चलचित्र निर्देशकको अवार्ड उचालेका छन् । बेलायत, अमेरिका, अष्ट्रेलिया, जापान, जर्जिया, वंगलादेश, श्रीलंका, भारत, चीन, ताईवान लगायतका विभिन्न देशवाट सहभागी भएका फिल्म, डकुमेन्ट्री लागयएतका क्याटवरी मध्ये महिला सम्वन्धि चलचित्रहरुको क्याटागोरी अन्तगर्त वंगलादेश, वेलायत, अष्टे«लिया, जर्जिया, जापान, अमेरिका का उत्कृष्ट महिला सम्वन्धि बनेका फिल्महरुलाई पछि पार्दे खरेलको निर्देशनमा बनेको दुर्गामाण्डौले उत्कृष्ट महिला फिल्मको अवार्ड प्राप्त गर्न सफल भएको छ, कमला जोशीको रिसर्च एवं निर्माणमा वनेको दुर्गामाण्डौ छाउपडी, एकल महिला, वालविवाह र वोक्सी प्रथाका विषयमा वनेको महिला अधिकार सम्वन्धीको फिल्म हो । खरेलले गत साता मात्रै राष्ट्रिय ...
निरु खड्का अभिनित तथा निर्देशित ,‘बिछोडको पीडालाई भुलेर’  म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

निरु खड्का अभिनित तथा निर्देशित ,‘बिछोडको पीडालाई भुलेर’ म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
निरु खड्का निर्देशित ‘बिछोडको पीडालाई भुलेर’ बोलको गीतको  म्यूजिक भिडियो सार्वजनिक भएको छ । मनोरम दृश्यहरु कैद गरिएको भिडियोको गीतमा सुशिला सावदेनको आवाज रहेको छ भने शब्द मणी आर बस्नेत  र संगीत बालन्द राईको रहेको छ । धेरै पछि नामक एल्बममा समावेश उक्त गीतलाई सचिन सिंहले एरेन्ज गरेका छन । साथै उनीसँगै अभिनयमा कलाकार श्रीराम र राघवले साथ दिएका छन् । भिडियोमा माधव बेल्वासेको सम्पादन, सागर गौतमको छायांकन रहेकोछ । थुप्रै चलचित्र टेलिसिरियल तथा विज्ञापनहरुमा अभिनय गरेर सफलता कमाएकी निरु खड्का पछिल्लो पटक निर्देशनमा समेत व्यस्त हुन थालेकी छिन । भिडियो : https://youtu.be/kDMsZRutgYU...
‘पेजेन्ट बुटवल फेसन शो’ मा झुम्यो बुटवल

‘पेजेन्ट बुटवल फेसन शो’ मा झुम्यो बुटवल

Featured, मनोरन्जन, समाचार
मङ्सिर ९, बुटवल। पेजेन्ट नेपालले शुक्रवार प्रदेश नं. ५ को राजधानी बुटवलमा पहिलो पटक 'पेजेन्ट नेपाल बुटवल फेसन शो' सम्पन्न गरेको छ । बुटवलको मिलन चोक स्थित एसियन भिलेज रिसोर्टमा आयोजना भएको उक्त फेशन शो को लागी अडिसन राउण्डबाट छनौट भएका ४५ जना महिला तथा पुरुष मोडलहरु बिभिन्न थिममा र्‍याम्पमा उत्रिएका थिए । एकहप्ता सम्मको प्रशिक्षण पश्चात मोडलहरुलाइ र्याम्प वाक सम्बन्धि विविध जानकारी प्रदान गरिएको थियो । आविष्कार खनाल र स्मारीका तामाङले सन्चालन गरेको उक्त कार्यक्रममा कोरियोग्राफर स्वस्तिका कार्कीको कोरीयोग्राफीमा र्याम्पमा उत्रिएका मोडलहरुबिच नायक श्रीदेव भट्टराई, नायिका पूर्णिमा लामा र कलाकार दिपक लक्की फेशन शो टपर भएका थिए । कार्यक्रममा नेपालका चर्चीत फेसन डिजाइनरहरुको डिजाइनहरु प्रस्तुत गरिएको थियो । मौलिक सांस्कृतिक तथा आधुनिक फेसनलाई समेटेर देखाईएको उक्त फेसन शो मा कल्चलर ...
मिस वर्ल्ड २०१८ को उत्कृष्ट ३० मा श्रृंखला खतिवडा

मिस वर्ल्ड २०१८ को उत्कृष्ट ३० मा श्रृंखला खतिवडा

मनोरन्जन, समाचार
मंसिर ७, चीनको सान्या सहरमा जारी ‘मिस वल्र्ड –२०१८’ प्रतियोगिताको उत्कृष्ट ३० को सुचीमा नेपाली सुन्दरी श्रृंखला खतिवडा सफल भएकी छिन् । प्रतियोगितामा सामेल १ सय २१ सुन्दरीसँगको प्रतिस्पर्धा पछि उनी उत्कृष्ट ३० मा पर्दै सेमिफाइनलमा पुग्न सफल भएकी हुन । खतिवडा टप मोडेल विधा अन्तर्गत सेमिफाइनलमा पुगेकी हुन् । उनले बिहीबार साँझ फेसबुक मार्फत आफू सेमिफाइनलमा पुगेको बताइन । "सेमीमा प्रवेश गर्दा म अत्यन्त खुशी छु । प्रतिस्पर्धाको कठिन अवस्थालाई शानदार तरिकाले सम्हाल्न सकेकोमा प्रतिस्पर्धीले मलाई बधाई दिएका थिए’, उनले लेखेकी छन्न्, ‘नेपालीले दिएको माया र विश्वासप्रति आभार प्रकट गर्दै सबैलाई धन्यवाद दिन चाहन्छु ।" मिस वर्ल्डमा भाग लिन शृंखला नौ दिनअघि चीन गएकी थिइन । २२ वर्षे शृंखला पेसाले एक इन्जिनियर हुन् । यसपटकको मिस वर्ल्डको प्रतिस्पर्धामा शृंखला यसअघिदेखि नै अगाडि च्हिन। उनी एसियाबाट ...
नेशनल पावर न्युज म्युजिक अवार्ड २०१९ को आवेदन खुला

नेशनल पावर न्युज म्युजिक अवार्ड २०१९ को आवेदन खुला

Featured, मनोरन्जन, समाचार
समावेशी अवार्ड नेशनल पावर न्युज म्युजिक अवार्ड २०१९ को आवेदन खुला गरिएको छ । आगामी माघ २३ गते राष्ट्रिय नाचघर जमलमा हुने उक्त अर्वाडका लागी मंसिर ३ गतेवाट आवेदन फारम खुला गरिएको हो । नेपाली सहित देउडा, नेवारी, तामाङ, मैथली–भोजपुरी, राई , लिम्बु, चौधरी, शेर्पा, मगर, गुरुङ भाषाका गीतहरु अवार्डमा सहभागी हुन पाउने आयोजकले जनाएको छ । नेपाली भाषाको हकमा २०१८ जनवरी १ देखि २०१८ डिसेम्बर १ सम्म बजारमा आएका गीतहरु हुनु पर्नेछ भने अन्य भाषाहरुको लागि तीन वर्ष भित्रका गीतहरुलाई समावेश गरिने आयोजकद्वारा जरी विज्ञप्तिमा उल्लेख गरिएको छ । आवेदनको म्याद पुष २० गतेसम्म रहेको छ ।...
लेखक ब्रजेश खनालको ‘साइड हिरो’ अब बजारमा

लेखक ब्रजेश खनालको ‘साइड हिरो’ अब बजारमा

मनोरन्जन, शिक्षा, समाचार
काठमाडौं । लेखक ब्रजेश खनालको संस्मरणात्मक पुस्तक ‘साइड हिरो’ भर्खरै बजारमा आएको छ । ‘साइड हिरो’ रेडियो, टेलिभिजन र सिनेमामा ब्रजेशको तीन दशक लामो अनुभवको रोचक संस्मरण हो । पुस्तकमा लेखकले मनोरन्जन क्षेत्रमा आफ्ना तीता–मीठा अनुभव र तिनले जन्माएका विचारहरुलाई भावुक, रमाइलो, गम्भीर र मनोरन्जनात्मक शैलीमा प्रस्तुत गरेका छन् । आफ्नो जीवन अनुभवलाई साइड हिरोको दृष्टिकोणबाट प्रस्तुत गरेर लेखकले संस्मरण लेखनको पद्दतिमा नयाँ ढाँचा निर्माण गरेको बताएका छन । जुन आम पाठकका लागि सुरुचिपूर्ण र नवीन स्वादको लाग्ने छ । लेखक ब्रजेश आफ्नो किताबको बारेमा यसो भन्छन:-'यो पुस्तक नितान्त मेरो व्यक्तिगत अनुभव र भोगाइमा आधारित छ । यसमा आफ्ना उपलब्धिहरु र आफूले गाडेका झन्डाहरु होइन, आफूले गर्न नसकेका र असफलताका कथाहरुलाई बढी समेट्ने प्रयास गरेको छु । त्यसैले यो पुस्तकको शीर्षक ’हिरो’ नभएर ’साइड हिरो’ हो । यो...
सुपर प्लस साईज मोडेल नेपाल सिजन-२ को पहिलो अडिसन मंसिर २२ गत्ते हुदै ।

सुपर प्लस साईज मोडेल नेपाल सिजन-२ को पहिलो अडिसन मंसिर २२ गत्ते हुदै ।

मनोरन्जन, समाचार
काठमाडौं, मङ्सिर ५ । सौन्दर्य प्रतियोगिता सुपर प्लस साईज मोडेल नेपाल हुँने भएको छ । सौन्दर्य प्रतियोगिताको आयोजना गर्ने संस्था मोडेल सङ्स नेपाल सुपर प्लस साईज मोडेल नेपाल २०१९ सौन्दर्य प्रतिस्प्रधाको आयोजना गर्ने भएको हो । मोडेल सङ्स नेपालका प्रबन्ध निर्देशक डेभिल सिंह राजपुतका अनुसार यस प्रतियोगितामा अबिबाहित तथा बिबाहित सबै युवती तथा महिलाहरुले भाग लिन पाउनेछन । यस सौन्दर्य प्रतियोगितामा प्लस साइज (मोटोपन) भएर निराश भएर बसेका, सौन्दर्य र क्षमता भएर पनि सधै पछि परेका अनि आफ्नो मोटोपनले गर्दा आफुलाई एक्सपोज गर्न डराईरहेका महिलाहरुलाई उनीहरुको क्षमतालाइ अभिबृदी गर्दै समाजमा सकारात्मक संदेश फैलाउने उद्देश्यले यस प्रतियोगिता गर्न लागिएको मोडेल सङ्स नेपाल प्रतियोगितामा भाग लिनको लागि १६ देखि ४५ बर्ष, उचाइ ४’८” र तौल ५५ केजी भन्दा माथिका प्रतियोगीहरु हुनु पर्नेछ । प्रतियोगिताका लाग...
नाट्यश्वर म्युजिक अवार्डका उत्कृष्ट पाँच मनोनयन सार्बजनिक

नाट्यश्वर म्युजिक अवार्डका उत्कृष्ट पाँच मनोनयन सार्बजनिक

मनोरन्जन, समाचार
नाट्यश्वर म्युजिक अवार्डका उत्कृष्ट पाँच मनोनयन सार्बजनिक गरिएको छ । नाट्यश्वर हामी सबै कलाकारको शान, कला र कलाकारिताको जगेर्ना गर्ने हाम्रो अभियान भन्ने मूल नाराको साथ नाट्यश्वर म्युजिक अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्बजनिक गरिएको हो । सुरुमा प्रदेश नम्बर तीन भित्रको कलाकार मात्र समट्ने योजना भएपनि अन्तिम अवस्थामा उक्त अवार्डलाई राष्ट्रिय रुपमा सम्पन्न गर्ने निर्णय गरेकोले मनोनयन सार्बजनिक गर्न ढिलाई भएको अवार्डका अध्यक्ष प्रलाहद केसी र सदस्य सचिब गोकर्ण लामिछाने द्वारा हस्ताक्षरित बिज्ञप्तिमा जनाईएको छ । अवार्डमा तामाङ सेलो, म्हेन्दोमाया, आधुनिक, पप र लोक दोहोरी विधा समेटिएको जनाइएको छ । अवार्ड समारोहमा रङ्ग पत्रकारिता क्षेत्रका सञ्चारकर्मी, गीतसङ्गीत क्षेत्रमा आफ्नो जीबन व्यतित गरेका एक जना कर्मशील कलाकारलार्इ लाईफटाईम एचिभमेन्ट अवार्ड प्रदान गरिने आयोजकले उल्लेख गरेको छ । अव...
गायक रमेश श्रेष्ठ र सहिमा श्रेष्ठको आवाजमा ‘ नक्कली ’ को म्यूजिक भिडियो सार्वजनिक  (भिडियो सहित)

गायक रमेश श्रेष्ठ र सहिमा श्रेष्ठको आवाजमा ‘ नक्कली ’ को म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
लामो समयदेखि गायन क्षेत्रमा निरन्तर लागिरहेका गायक रमेश श्रेष्ठ  र गायिका  सहिमा श्रेष्ठको संयुक्त आवाजमा रहेको नया डान्सिंग गीत ‘ नक्कली ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । केहि महिना अघि लिरिकल भिडियो सार्वजनिक गरि चर्चामा रहेको यस गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो  । सार्वजनिक यस  गीतकार अम्बिका गुरुङको शब्द रचना रहेको छ भने गीतलाई अशोक महर्जनले मिक्सिंग गरेका छन्  भने गीतलाई संदीप कार्कीले एरेन्ज गरेका हुन्  । भावसंसार ईन्टरटेर्मेन्त एलएलसीको प्रस्तुति रहेको यस गीतको म्युजिक भिडियो निकै आकर्षण बनेका छन भने यस गीतको भिडियोलाइ क्यामेरामेन अभिनास महर्जनले खिचेका छन  । कोरियोग्राफर राहुल बराइलीले कोरियोग्राफी र निर्देशन गरि तयार गरिएको यस गीतको म्युजिक भिडियोमा मोडल नबिन,आरुषी र राहुलले निकै मोहक र आकर्षण अभिनय प्रस्तुत गरेका छन र यस गीतको म्युजिक भिडियोलाई बिकाश ज्ञवालीले सम्पा...