आइत, जेष्ठ १३, २०८१
Sun, May 26, 2024
Shadow

मिस वर्ल्ड २०१८ को उत्कृष्ट ३० मा श्रृंखला खतिवडा

मंसिर ७,

चीनको सान्या सहरमा जारी ‘मिस वल्र्ड –२०१८’ प्रतियोगिताको उत्कृष्ट ३० को सुचीमा नेपाली सुन्दरी श्रृंखला खतिवडा सफल भएकी छिन् । प्रतियोगितामा सामेल १ सय २१ सुन्दरीसँगको प्रतिस्पर्धा पछि उनी उत्कृष्ट ३० मा पर्दै सेमिफाइनलमा पुग्न सफल भएकी हुन ।
खतिवडा टप मोडेल विधा अन्तर्गत सेमिफाइनलमा पुगेकी हुन् । उनले बिहीबार साँझ फेसबुक मार्फत आफू सेमिफाइनलमा पुगेको बताइन । “सेमीमा प्रवेश गर्दा म अत्यन्त खुशी छु । प्रतिस्पर्धाको कठिन अवस्थालाई शानदार तरिकाले सम्हाल्न सकेकोमा प्रतिस्पर्धीले मलाई बधाई दिएका थिए’, उनले लेखेकी छन्न्, ‘नेपालीले दिएको माया र विश्वासप्रति आभार प्रकट गर्दै सबैलाई धन्यवाद दिन चाहन्छु ।”

मिस वर्ल्डमा भाग लिन शृंखला नौ दिनअघि चीन गएकी थिइन । २२ वर्षे शृंखला पेसाले एक इन्जिनियर हुन् । यसपटकको मिस वर्ल्डको प्रतिस्पर्धामा शृंखला यसअघिदेखि नै अगाडि च्हिन। उनी एसियाबाट सबैभन्दा प्रभावशाली सुन्दरी समेत सावित भइसकेकी छिन । डिसेम्बर ८ मा चीनको सान्या सहरमा मिस वर्ल्ड २०१८ को अन्तिम प्रतिस्पर्धा सम्पन्न हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *