शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

अपराध

सरकारद्वारा चन्द समूहमाथि निगरानी : राेल्पामा सुरक्षाकर्मी बढाइयो

सरकारद्वारा चन्द समूहमाथि निगरानी : राेल्पामा सुरक्षाकर्मी बढाइयो

अपराध, समाचार, समाज
रोल्पा —चैत ३ । नेक्रवित्रम चन्द समूहका गतिविधि नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडा बनाएको छ । केन्द्र र प्रदेशबाट थप सुरक्षाकर्मीसमेत खटाइएको छ । सुरक्षा निकायका अनुसार हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले तीन तरिकाले कारबाही गर्न निर्देशन दिएको छ– घुँडामुनि गोली हान्ने, नियन्त्रणमा लिएर सम्झाउने र गतिविधिका आधारमा कारबाही गर्ने । विस्फोट र आगजनीका घटना बढाएका चन्द कार्यकर्ताले जनप्रतिनिधिलाई मुख्य तारो बनाउनसक्ने सुरक्षा संयन्त्रको निष्कर्ष छ । पहिलो चरणमा सुरक्षाकर्मीमाथि जाइलाग्ने कुनै योजना नदेखिएको उनीहरूको विश्लेषण छ । सरकारले तत्कालीन माओवादीले सशस्त्र युद्ध सञ्चालन गर्दा आधार क्षेत्र बनाएको रोल्पामा उच्च सतर्कता अपनाउन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी गन्जबहादुर एमसीले बताए । ‘चन्द समूहका गतिविधि रोक्न सतर्कता अपनाउन निर्देशन दिइएको छ,’ प्रजिअ एमसीले भने, ‘हामीले ...
नेक्रवित्रम चन्दलाई प्रतिबन्ध घोषणासँगै सुरक्षा सतर्कता बढाइयो

नेक्रवित्रम चन्दलाई प्रतिबन्ध घोषणासँगै सुरक्षा सतर्कता बढाइयो

अपराध, समाचार, समाज
काठमाडौँ —चैत १ । सरकारले प्रतिबन्ध लगाएको विरोधमा नेक्रवित्रम चन्द नेतृत्वको नेकपाले गरेको देशव्यापी बन्दको बढी प्रभाव शैक्षिक क्षेत्रमा परेको छ । प्रहरी प्रधान कार्यालयले सातै प्रदेशबाट संकलन गरेको रिपोर्टले शैक्षिक संस्थान सबैभन्दा धेरै प्रभावित बनेको देखाएको छ । स्कर्टिङ र राजमार्ग सुरक्षा गस्ती बढाइए पनि लामो दूरीका सवारीसाधन प्रभावित बनेको प्रहरीले जनाएको छ । बन्दका कारण प्रदेश १ का ६० प्रतिशत शैक्षिक संस्था मात्रै सञ्चालनमा आएका थिए भने प्रदेश २ मा ७५ प्रतिशत शैक्षिक संस्था चले । प्रदेश ३, ५, ६ र कर्णाली प्रदेशका शैक्षिक संस्था फाटफुट मात्रै चलेको र गण्डकी प्रदेशका शैक्षिक संस्था ५० प्रतिशत मात्रै सञ्चालनमा आएको प्रहरी रिपोर्ट छ । महानगरीय प्रहरी कार्यालयका अनुसार काठमाडौं उपत्यकाका तीनै जिल्लाको अवस्था सामान्य रहेपनि पठनपाठन भने पूर्ण रूपमा प्रभावित भयो । सबैजसो प्रदेशका छ...
निर्मला हत्याप्रकरणमा प्रहरी अधिकृतसहित ६ जनाबाट धरौटी रकम माग

निर्मला हत्याप्रकरणमा प्रहरी अधिकृतसहित ६ जनाबाट धरौटी रकम माग

अपराध, समाचार, समाज
कञ्चनपुर—फागुन ३०। बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त हत्याकाण्ड प्रकरणमा ‘यातना र सार्वजनिक न्याय’ बिरुद्धको कसुरमा कञ्चनपुर जिल्ला आदालतले लाखौँ धरौटी रकम असुल्न आदेश दिएको छ । जिल्ला आदालत कञ्चनपुरका श्रेष्तेदार हरिकृष्ण अवस्थीका अनुसार जिल्ला न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको एकल एजलासले बिहीबार गरेको फैसला अनुसार यातना तथा सार्वजनिक कसुर दुई छुट्टाछुट्टै मुद्दामा प्रतिवादीबाट धरौटी रकम असुल्न आदेश दिएको हो । आदालतले कञ्चनपुरका पूर्व डिएसपी ज्ञान बहादुर सेठी र प्रहरी निरीक्षक एकेन्द्र खड्काबाट यातना मुद्दामा पाँच/पाँच लाख र सार्वजनिक कसुर मुद्दामा चार/चार लाख गरि प्रतिव्यक्ति ९ लाख रुपैयाँ असुल्न आदेश दिएको हो । सार्वजनिक मुद्दा अन्र्तरगत प्रहरी निरीक्षक जगदिश भट्ट चार लाख, प्रहरी नायब निरीक्षकद्वय हरसिंह धामी ३ लाख ५० हजार, राम सिंह धामी तीन ला...
कैलालीमा बिहेकाे गाडीमा आगजनी, तीनजना पक्राउ

कैलालीमा बिहेकाे गाडीमा आगजनी, तीनजना पक्राउ

अपराध, समाचार, समाज
धनगढी—फागुन ३०। बन्दको समयमा बस चलाएको भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेकपाका कार्यकर्ताले कैलालीको गौरीगंगा नगरपालिका बडैपुरमा जन्ती पुर्‍याएर फर्किएको बसमा आगजनी गरेको छ । भजनीमा जन्ती पुर्‍याएर फर्कने बेलामा राति १ बजे बसमा आगजनी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले जानकारी दिए । विवाहमा गएका ब्याण्डबाजा टोलीका १० जना र चालक, सहचालक गरी १२ जनालाई ओरालेर म १ ख ४४१ नम्बरको बसमा ८–१० जनाको समूहले डिजल छर्केर आगजनी गरेको प्रहरीले जनाएको छ । बन्दले यहाँको जनजीवन निकै प्रभावित भएको छ । प्रदेश राजधानी धनगढी, अत्तरियालगायतका बजारहरु पूर्ण रुपमा बन्द छन् । धनगढीमा मोटरसाइकल र विद्युतीय रिक्सामात्र सञ्चालनमा आएको छ । बिप्लवका तीन जना कार्यकर्ता पक्राउ नेत्रविक्रम चन्द बिप्लव नेतृत्व नेकपाका तीन जना कार्यकर्तालाई कैलालीमा प्रहरीले पक्राउ गरेको ...
गैंडाकोटको जयश्री पुलमा फेला परेको शंकास्पद बस्तु सेनाले हटायो

गैंडाकोटको जयश्री पुलमा फेला परेको शंकास्पद बस्तु सेनाले हटायो

अपराध, समाचार, समाज
नवलपुर —फागुन ३०। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोटको जयश्री पुलमा फेला परेको शंकास्पद बस्तुलाई सेनाले हटाएको छ । गएराति ११ बजे ब्यस्त राजमार्गमा उक्त शंकास्पद वस्तु राखिएको हो । यता, विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव नवलपुरमा पनि परेको छ । बन्दका कारण विहानैदेखि लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन चलेका छैनन् । बन्दका कारण जिल्लामा रहेका शैक्षिक संस्था, उद्योग कलकारखाना बन्द रहेका छन् । जिल्लामा अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था पनि कडा पारिएको जिल्ला प्रहरी कार्यलय नवलपुरले जनाएको छ । (ईमेज खबर)...
पोखराको दुई स्थानमा आज बिहान बम भेटियो

पोखराको दुई स्थानमा आज बिहान बम भेटियो

अपराध, समाचार, समाज
काठमाडौँ —फागुन ३०। पोखराको दुई स्थानमा आज बिहान बम फेला परेको छ । पोखरको सभागृह चोकको ट्राफिक डोम र लेखनाथ रंगशाला अगाडि दुईवटा बम भेटिएको हो । प्रहरीले शकांस्पद वस्तु भनेर दावी गरे पनि उक्त वस्तु सकेट बम भएको जनाइएको छ । बमलाई नेपाली सेनाले डिस्पोज गरेको छ । त्यस स्थानमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । नेत्र विक्रम चन्द विप्लवको नेपाल बन्दका कारण पोखराको जनजिवन प्रभावित भएको छ । केही निजी सवारी साधन फट्टफुट्ट चलेको भए पनि सार्वजनिक सवारी साधन चलेका छैनन् । विद्यालय तथा बजार पनि बन्द भएका छन् । (ईमेज खबर)...
भरतपुर महानगरपालिकाको वडा कार्यालयमा बम विस्फोट

भरतपुर महानगरपालिकाको वडा कार्यालयमा बम विस्फोट

अपराध, समाचार, समाज
चितवन—फागुन २९। चितवनको भरतपुर महानगरपालिकास्थित वडा नम्बर ५ को कार्यालय भवनमा बम विष्फोट भएको छ । गएराति अज्ञात समूहले वडा कार्यालय भवनमा सिलिन्डर बम विस्फोट गराएको प्रहरीले जनाएको छ । विस्फोटपछि भवन चर्किएको छ भने कार्यालयमा आगलागी समेत भएको छ । विस्फोट गराउनेको समूहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिएका छन । विस्फोटको घटनामा सरकारले हिजो मात्रै प्रतिवन्ध लगाउने निर्णय गरेको विप्लव नेतृत्वको नेकपाको हात रहेको आशंका सुरक्षा अधिकारीहरुले गरेका छन् । अहिलेसम्म घटनाको जिम्मेवारी कसैले पनि लिएको छैन ।...
ओखलढुंगामा आफ्नै श्रीमानद्वारा श्रीमतीमाथि निर्घात कुटपिट, कुटपिट गर्ने श्रीमान प्रहरीको नियन्त्रणमा

ओखलढुंगामा आफ्नै श्रीमानद्वारा श्रीमतीमाथि निर्घात कुटपिट, कुटपिट गर्ने श्रीमान प्रहरीको नियन्त्रणमा

अपराध, समाचार
काठमाडौं—फागुन २८। ओखलढुंगामा एक महिलामाथि श्रीमानले निर्घात कुटपिट गरेका छन् । कुटपिटबाट घाइते भएकी उनको ओखलढुंगाको मिसन अस्पतालमा उपचार भइरहेको छ । महिलालाई कुटपिट गर्ने श्रीमान भईमान राईलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान र आवश्यक कानुनी कारवाहीका लागि प्रक्रिया अघि बढाएको प्रहरीले बताएको छ । पीडित पक्षबाट घरेलु हिँसामा जाहेरी प्राप्त भइसकेकोले मुद्दा दर्ता गराएर थप अनुसन्धान अघि बढाउने नेपाल प्रहरीको आधिकारिक ट्वीटर एकाउन्टमा उल्लेख छ । सामाजिक अभियन्ता सरिता गुरुङले ट्वीटरमा राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारी र नेपाल प्रहरीलाई मेन्सन गर्दै पीडित महिलाको बारेमा जानकारी दिएकी थिइन् । मोहना अन्सारीले महिलामाथि कुट्नेलाई तत्काल नियन्त्रणमा लिई कारवाही प्रक्रिया अगाडि बढाउन नेपाल प्रहरीसँग माग गरेकी थिइन् । नेपाल प्रहरीले मोहना र सरिता गुरुङले गरेको ट्वीटमा...
मोरङको बेलबारी ४ बुधबारेमा रमिलाको शव खोज्न गएको प्रहरीले अर्कै महिलाको शव भेट्यो

मोरङको बेलबारी ४ बुधबारेमा रमिलाको शव खोज्न गएको प्रहरीले अर्कै महिलाको शव भेट्यो

अपराध, समाचार
मोरङ—फागुन २७। मोरङको बेलबारी ४ बुधबारेबाट गत १७ फागुन शुक्रबार राति देखि हराइरहेकी रमिला राईको शव खोज्न गएको प्रहरीले अर्कै महिलाको शव फेला परेको छ । नेकपाका पूर्व नगर अध्यक्षसमेत रहेका योगेन्द्र गुरुङले प्रेमिका रमिला राईको हत्या गरी कोशी नदीमा फलेको बयानको आधारमा प्रहरीको गोताखोर टोली राईको शव खोज्न कोशी नदी गएको थियो । खोलामा गोताखोर टोलीले रमिलाको शव खोज्दा अर्कै एक महिलाको शव भेटाएको र उनको पहचिान हुन नसकेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख राम कुमार राईले बताए । शव हेरेर हत्या तथा आत्म हत्या के हो भन्ने नखुलेको प्रहरीले जनाएको छ । महिलाको शव परिक्षणको लागि विपि कोइराला विज्ञान प्रतिष्ठान घोपा पठाइएको छ । (नयाँ पत्रिका)...
दैलेखमा स्थानीय सरकारका प्रमुख, उप्रमुखलगायत वडा अध्यक्ष सम्मलाई पदबाट राजिनामा दिन पत्राचारसँगै चन्दाको चिठी

दैलेखमा स्थानीय सरकारका प्रमुख, उप्रमुखलगायत वडा अध्यक्ष सम्मलाई पदबाट राजिनामा दिन पत्राचारसँगै चन्दाको चिठी

अपराध, समाचार, समाज
दैलेख —फागुन २७। दैलेखमा विप्लप नेतृत्वको नेकपाले स्थानीय सरकारका प्रमुख, उप्रमुखलगायत वडा अध्यक्ष सम्मलाई पदबाट राजिनामा दिन पत्राचारसँगै चन्दाको चिठी थमाएका छन् । समूहले पत्र मात्र नभएर फोनबाटसमेत चन्दा असुलीबारे कुराकानी गर्ने गरेपछि सुरक्षा चुनौती बढ्न सक्ने भन्दै दैलेखका स्थानीय सरकार प्रमुखहरुले कर्णाली प्रदेशका प्रहरी प्रमुख गणेशबिक्रम शाहलाई संवेदनशिल स्थानहरुमा सुरक्षा बल बढाउन आग्रह गरेका छन् । प्रदेश प्रहरी प्रमुखसँग गुनासो गर्दै गाउँपालिका उपाध्यक्षले भनिन् 'अनुगमनमा जाँदै थियौं, फोन आयो, राम्रोसँग योजना अनुगमन गर्नुहोला, कामको प्रभावकारी मुल्याङकन गर्नुहोला, स्टिमेटका आधारमा काम भएको छ कि छैन् हेर्नुहोला ।' भन्ने निर्देशन आएको छ । तपाइ को हो भन्ने प्रश्न गर्दा 'हामी बिप्लव हो हामीलाई चन्दा अनिवार्य दिनुपर्दछ नत्र राम्रो हुँदैन्' भन्ने उत्तर आएको उनले बताइन् । यस्तो...