‘विप्लव’ नेतृत्वका १७ कार्यकर्ता रिहा
सिन्धुपाल्चोक— चैत्र १४ ।
प्रहरीले फागुन १७ गते साँगाचोकको कार्कीटारबाट पक्राउ गरेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा का १७ कार्यकर्तालाई जिल्ला अदालत सिन्धुपाल्चोकले थुनामुक्त गर्न आदेश दिएको छ ।
बुधबार जिल्ला न्यायाधीश टिकाराम आचार्यको इजलासले उनीहरुमध्ये केहीलाई धरौटीमा र केहीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।
जिल्ला प्रहरी कार्यालयले राजद्रोह मुद्दा लगाएका १७ जनालाई मुद्दाको पुर्पक्षको लागि धरौटी र सामान्य तारेखमा अदालतले रिहा गर्न आदेश दिएको हो । उनीहरुमध्ये तीन जना किशोरीलाई साधारण तारेखमा रिहा गरिएको छ । सुनसरीकी १७ वर्षीय हीरा केसी, सुनसरीकै १७ वर्षीय सविना श्रेष्ठ र जाजरकोटकी १८ वर्षीय रमिता अधिकारीलाई नाबालिग भएका कारण साधारण तारेखमा रिहा गर्न आदेश गरिएको छ । त्यस्तै पार्टीका जिल्ला तहका नेता सिन्धुपाल्चोक बलेफी–४ का इन्द्रबहादुर ठकुरीलाई २५ हजार रुपैय...









