रुकुम पश्चिम — चैत ५ ।
छोरीलाई बलात्कार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । सानीभेरी गाउँपालिकाका ३४ वर्षीय बलबहादुर (नाम परिवर्तन)लाई आफ्नै छोरी बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
१७ वर्षीय छोरीलाई बलात्कार गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । बलबहादुर विरुद्ध गत शुक्रबार पछिल्लो पटक छोरीमाथि बलात्कार गरेको उजुरी परेको छ ।
शुक्रबार दिउँसो श्रीमती माइत गएको र छोरी विद्यालयबाट घर नगइ साथीकै घर बसेको अवस्थामा बलबहादुरले छोरीलाई घर लैजान भनि जर्बजस्ती घर लैजाने क्रममा बाटोमा पर्ने अर्कै व्यक्तिको गोठमा जर्बजस्ती गरेको पीडित किशोरीले बताएकी छन् ।
किशोरीकी आमाले सानीभेरी गाउँपालिका पूर्तिमकाँडामा रहेको प्रहरी चौकीमा उजुरी दिएकी छिन् । उक्त उजुरीको आधारमा अभियुक्तलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
साेमबार बेलुकी ४ बजे लुकिछिपि रहेको अवस्थामा पक्राउ गरी अनुसन्धान अघि बढाइएको डिएसपी खड्काले बताए । बलबहादुरले छोरीमाथि २ वर्षबाट निरन्तर जवरजस्ती करणी गर्दै आएको प्रहरीमा दिइएको उजुरीमा उल्लेख छ ।
(कान्तिपुर दैनिक)