चियावालाबाट चौकीदार मोदी
नयाँ दिल्ली—चैत ४ ।
भारतमा लोकसभा चुनाव नजिकिँदै नयाँ नयाँ चुनावी ‘स्टन्ट’ ले पनि तीब्रता पाइरहेको छ । यसमा सत्तारूढ भारतीय जनता पार्टी र विपक्षी भारतीय राष्ट्रिय कंग्रेसबीच चर्को प्रतिस्पर्धा छ ।
दुई पार्टीबीच एकपछि अर्को दाऊ खेल्ने क्रम जारी छ । यसै त्रममा भाजपाले ४ वर्षअघि जस्तै चुनावी प्रचारलाई व्यापकता दिन ‘मै भी चौकिदार’ (म पनि चौकीदार) अभियान सुरु गरेको हो । सन् २०१४ मा भाजपाले प्रधानमन्त्रीका उम्मेदार मोदीलाई ‘चायवाला’ (चियाबेच्ने) का रूपमा प्रस्तुत गरेको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वयंले शनिबार साँझ टिटर हृयाण्डल फेरेर उक्त अभियानको औपचारिक रूपमा सुरुआत गरेका हुन् । त्यसपछि मोदीको ट्वटर ह्यान्डललाई नै चौकीदार नरेन्द्र मोदी बनाइएको छ ।
प्रधानमन्त्री मोदीलाई पछ्याइरहेका छन् पार्टीका वरिष्ठ नेतादेखि मन्त्री, भाजपाका नेता र समर्थकहरूले । पार्टीका अध्यक्ष अम...









