आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाज

सुनकोशी नदीमा डुबेर बालक बेपत्ता

सुनकोशी नदीमा डुबेर बालक बेपत्ता

समाचार, समाज
काभ्रेपलाञ्चोक—चैत ७ । तेमाल गाउँपालिका–२ चुखाबेँसीस्थित सुनकोशी नदीमा डुबेर एक बालक बेपत्ता भएका छन् । बुधबार दिउँसो फागु खेलेर पौडी खेल्न गएका तेमाल गाउँपालिका–२ लामबगरका मोहनलाल तामाङका १४ वर्षीय छोरा सुमन नदीमा डुबेर बेपत्ता भएका हुन् । अन्य तीन साथीसँग दिउँसो ३ बजे सुनकोशी नदीको दहमा पौडी खेल्न गएका उनी पहिला हामफालेको र डुबेर बेपत्ता भएको उनका भिनाजु पेमा लामाले जानकारी दिए । स्थानीयवासी र प्रहरीले राति अबेरसम्म नदीमा खोजतलास गर्दा सुमन नभेटिएकाले आज बिहानैदेखि पुनः खोजी भइरहेको उनले बताए । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले सुमनको खोजी गर्न आज गोताखोरको पनि व्यवस्था गरिएको जानकारी दिए । (रासस)...
होली पर्व आज तराईमा मनाइँदै

होली पर्व आज तराईमा मनाइँदै

समाचार, समाज
काठमाडौँ —चैत ७ । रङैरंङको पर्व फागु अर्थात होली सद्भाव र आत्मियता साटासाट गदै आज तराईमा मनाईदैछ । काठमाडौं उपत्यकासहित पहाडी र हिमाली जिल्लाहरुमा हिजो होली पर्व मनाइएको थियो । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एकापसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर मनाउने गरिन्छ । सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकालाई प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलीका आफै जलेर नष्ट भएको प्रसंग यस पर्वसँग जोडिएको छ । असत्यमाथि सत्यको विजय भएको यस घटनापछि होली मनाउन थालिएको विश्वास गरिन्छ । तराईका धनुषा, सर्लाही, बारा, पर्सा, रौतहट, सिरहा, सप्तरी, उदयपुर, झापा, मोरङ, सुनसरी, बाँके, बर्दिया, कैलालीलगायतका जिल्लामा आज बि...
बर्डफ्लु संक्रमित क्षेत्रमा उच्च सतर्कता

बर्डफ्लु संक्रमित क्षेत्रमा उच्च सतर्कता

समाचार, समाज
काठमाडौँ —चैत ५ । काठमाडौँका केही कुखुरा फार्ममा बर्डफ्लुको सङक्रमण देखापरेपछि उच्च सतर्कता अपनाइने भएको छ । बर्डफ्लु रोग नियन्त्रणसम्बन्धमा बसेको नगरस्तरीय बैठकले यस्तो निर्णय गरेको हो । बर्डफ्लुबाट कुखुरा मर्ने क्रम जारी रहेसँगै आसपास क्षेत्रमा उच्च सतर्कता अपनाइएको नगर पशु स्वास्थ्य शाखा प्रमुख डा जयप्रकाशराय यादवले बताए । उनका अनुसार तारकेश्वर-७ फुटुङको प्रभावित स्थानका तीन किमी क्षेत्रभित्र रहेका प्रत्येक फार्मको कुखुराको लक्षण जाँच गरेर जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी चल्ला, अण्डा, दानालगायत वस्तुमा केही दिन रोक लगाइने प्रमुख यादवले बताए । त्यस्तै स्थानीय स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयंसेविकालाई दुई समूहमा परिचालन गरी स्थानीयवासीलाई जनचेतनामूलक कार्यक्रम गरी उनीहरुमा चेतना अभिवृद्धि गर्ने कार्य सञ्चालन गर्दै आएको नगर स्वास्थ्य शाखा प्रमुख अरुणकुमार गिरीले बताए । ब...
चन्द नेतृत्वको नेकपाका १७ कार्यकर्ता पक्राउ

चन्द नेतृत्वको नेकपाका १७ कार्यकर्ता पक्राउ

अपराध, समाचार, समाज
काठमाडौँ —चैत ५ । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आपराधिक र विध्वंशकारी समूह घोषणा गरी प्रचलित कानूनअनुसार कारवाही गर्ने निर्णय गरेसँगै प्रहरीले अहिलेसम्म १७ नेता तथा कार्यकर्ता पक्राउ गरेको छ । नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीका अनुसार उनीहरुलाई पक्राउ गरी कानूनी कारवाही थालिएको छ । उपत्यकाबाट पाँच कार्यकर्ता पक्राउ गरेको छ । घोषणअघि विभिन्न घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका थप नौ जनामाथि कारवाही जारी छ । पक्राउ पर्नेमा उक्त समूहका पोलिटब्यूरो सदस्य मोहन कार्कीसहित रहेका छन् । मुलुकभर नेपाल कम्युनिष्ट पार्टीको गतिविधिमाथि सुक्ष्म निगरानी गरी उच्च सतर्कता अपनाइएको तथा शान्ति सुरक्षा सबल र सुदृढ पारिएको सुवेदीले जानकारी दिए । सरकारले विप्लवको समूहसँग प्रत्यक्ष वा अप्रत्यक्षरुपमा संलग्न हुने व्यक्ति, संस्था र समूहलाई समेत कारवाही गर्ने निर्...
छोरी बलात्कार आरोपमा एकजना पक्राउ

छोरी बलात्कार आरोपमा एकजना पक्राउ

अपराध, समाचार, समाज
रुकुम पश्चिम — चैत ५ । छोरीलाई बलात्कार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । सानीभेरी गाउँपालिकाका ३४ वर्षीय बलबहादुर (नाम परिवर्तन)लाई आफ्नै छोरी बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । १७ वर्षीय छोरीलाई बलात्कार गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । बलबहादुर विरुद्ध गत शुक्रबार पछिल्लो पटक छोरीमाथि बलात्कार गरेको उजुरी परेको छ । शुक्रबार दिउँसो श्रीमती माइत गएको र छोरी विद्यालयबाट घर नगइ साथीकै घर बसेको अवस्थामा बलबहादुरले छोरीलाई घर लैजान भनि जर्बजस्ती घर लैजाने क्रममा बाटोमा पर्ने अर्कै व्यक्तिको गोठमा जर्बजस्ती गरेको पीडित किशोरीले बताएकी छन् । किशोरीकी आमाले सानीभेरी गाउँपालिका पूर्तिमकाँडामा रहेको प्रहरी चौकीमा उजुरी दिएकी छिन् । उक्त उजुरीको आधारमा अभियुक्तलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ...
निर्मला हत्या घटनामा यातना र प्रमाण नष्ट गरेको कसुरमा तत्कालीन एसपी बिष्ट अदालत उपस्थित

निर्मला हत्या घटनामा यातना र प्रमाण नष्ट गरेको कसुरमा तत्कालीन एसपी बिष्ट अदालत उपस्थित

अपराध, समाचार, समाज
कञ्चनपुर — चैत ५ । निर्मला हत्या घटनामा यातना र प्रमाण नष्ट गरेको कसुरमा मुद्दा चलाइएका तत्कालीन एसपी दिल्लीराज बिष्ट अदालतमा उपस्थित भएका छन् ।उनी मंगलबार बिहान ११ बजे कञ्चनपुर जिल्ला अदालतमा उपस्थित भएका हुन् । उनकाे बयान तयारी भइरहेकाे छ । बिष्टसँगै पक्राउ पुर्जी जारी गरिएका तत्कालीन डीएसपी अगुर जिसी भने अदालतमा उपस्थित भएका छैनन् । निर्मला हत्या घटनामा यातना र प्रमाण नष्ट गरेको कसुरमा मुद्दा चलाइएका तत्कालीन एसपी विष्ट र डीएसपी जीसीलाई पक्रन जिल्ला अदालतले फागुन २६ मा ३५ दिने म्याद जारी गरेको थियो । सोही कसुरमा मुद्दा लागेका अन्य छ जनालाई भने धरौटीमा छुटेका छन् । कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले अदालतमा उपस्थित भएका ६ जनालाई धरौटीमा छाड्ने आदेश गरेको थियाे। (कान्तिपुर दैनिक)...
अमेरिका लैजाने भन्दै पीडितलाई नै बिचाैलिया बनाएर अढाई कराेड ठगी

अमेरिका लैजाने भन्दै पीडितलाई नै बिचाैलिया बनाएर अढाई कराेड ठगी

अपराध, समाचार, समाज
काठमाडौँ —चैत ५ । मानव तस्करहरूले अमेरिका लैजाने भन्दै युवालाई ठग्ने क्रम बढदो छ । पछिल्लो पटक रोल्पा र दाङका ५ युवाले यही फन्दामा परेर झन्डै साढे दुई करोड रुपैयाँ डुबाएका छन् । यसअघि जस्तै यो ठगीमा पनि कलाकारको आवरणमा अवैध धन्दा गरिरहेका सुदर्शन गौतम जोडिएका छन् । उनैले हैटी पुर्‍याएर अलपत्र पारेका युवाले डुबेको रकम उठाउने उपायका रूपमा थप युवालाई ठगेको खुलेको छ । अमेरिका पुग्ने आसमा रोल्पा र दाङका ५ युवा दर्जनभन्दा बढी देशमा हन्डर र ठक्कर खाँदै झन्डै साढे दुई करोड रुपैयाँ सिध्याएर वर्ष दिनपछि स्वदेश फर्किए। र्फकेलगत्तै उनीहरूले महानगरीय प्रहरी अपराध महाशाखामा आफूलाई ठग्नेहरूविरुद्ध उजुरी दिए। त्यसैका आधारमा प्रहरीले दाङबाट महेश बाठामगरलाई पक्राउ गरेको छ। फागुन २१ गते पक्राउ परेका महेशलाई प्रहरीले काठमाडौं जिल्ला अदालतबाट अनुसन्धानका लागि भन्दै तेस्रो पटक १५ दिन म्याद थपेर थुनामा ...
चुरे पहाड शृङ्खलामा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेन

चुरे पहाड शृङ्खलामा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेन

समाचार, समाज
सिन्धुली—चैत ५ । सिन्धुलीको सीमा क्षेत्रस्थित चुरे पहाड शृङ्खलामा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । सिन्धुलीसहित धनुषा, सिरहा, सर्लाही र महोत्तरीका सिमाक्षेत्रस्थित चुरे पहाड शङ्खलामा आइतबारदेखि लागेको डढेलो नियन्त्रणमा आउन नसकेको हो । यहाँका सरकारी तथा सामुदायिक वनमा लागेको डढेलोका कारण ठूलो क्षति पुगेको छ । डढेलोको कारण त्यस क्षेत्रका वन, वनस्पति र वन्यजन्तुको विनास भइरहेको छ । साल जातको काठको भण्डार मानिने चुरे पहाडमा लागेको डढेलो नियन्त्रण गर्न चुरेवन आसपासका सामुदायिक वन उपभोक्ता समूह, डिभिजन कार्यालय र वन कार्यालयहरुले समेत प्रभावकारी कदम चाल्न सकेका छैनन् । (ईमेज खबर)...
त्रिशुलीमा ट्रक खस्यो, एक को मृत्यु, चार घाइते

त्रिशुलीमा ट्रक खस्यो, एक को मृत्यु, चार घाइते

समाचार, समाज
चितवन—चैत ५ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत पर्ने चितवनको इच्छाकामना–५ स्थित २ नम्बर पुलबाट त्रिशुली नदीमा ट्रक खस्दा एक जनाको मृत्यु भएको छ । मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको ना. ६ ख १४४ नम्बरको ट्रक आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । घाइतेहरुको उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल लगिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन । ट्रक पुलबाट ५० मिटर तल त्रिशुली नदी किनारमा खसेको प्रहरीले जनाएको छ । (ईमेज खबर)...
चित्लाङलाई केन्द्रविन्दु बनाएर भुकम्पको कम्पन, काठमाडौंसम्म धक्का

चित्लाङलाई केन्द्रविन्दु बनाएर भुकम्पको कम्पन, काठमाडौंसम्म धक्का

समाचार, समाज
काठमाडौँ —चैत ४ । सोमबार बिहान काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ । मकवानपुरस्थित चित्लाङलाई केन्द्रविन्दु बनाएर आएको पराकम्पनको धक्का काठमाडौं उपत्यकासम्म महसुस गरिएको हो । सोमबार बिहान ९ बजेर १ मिनेटमा चित्लाङलाई केन्द्रविन्दु भएर ४.१ म्याग्निच्यूडको पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो नयाँ भूकम्प नभइ २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पकै पराकम्पन भएको केन्द्रको भनाइ रहेको छ ।...