आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाज

सरकारद्वारा चन्द समूहमाथि निगरानी : राेल्पामा सुरक्षाकर्मी बढाइयो

सरकारद्वारा चन्द समूहमाथि निगरानी : राेल्पामा सुरक्षाकर्मी बढाइयो

अपराध, समाचार, समाज
रोल्पा —चैत ३ । नेक्रवित्रम चन्द समूहका गतिविधि नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडा बनाएको छ । केन्द्र र प्रदेशबाट थप सुरक्षाकर्मीसमेत खटाइएको छ । सुरक्षा निकायका अनुसार हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले तीन तरिकाले कारबाही गर्न निर्देशन दिएको छ– घुँडामुनि गोली हान्ने, नियन्त्रणमा लिएर सम्झाउने र गतिविधिका आधारमा कारबाही गर्ने । विस्फोट र आगजनीका घटना बढाएका चन्द कार्यकर्ताले जनप्रतिनिधिलाई मुख्य तारो बनाउनसक्ने सुरक्षा संयन्त्रको निष्कर्ष छ । पहिलो चरणमा सुरक्षाकर्मीमाथि जाइलाग्ने कुनै योजना नदेखिएको उनीहरूको विश्लेषण छ । सरकारले तत्कालीन माओवादीले सशस्त्र युद्ध सञ्चालन गर्दा आधार क्षेत्र बनाएको रोल्पामा उच्च सतर्कता अपनाउन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी गन्जबहादुर एमसीले बताए । ‘चन्द समूहका गतिविधि रोक्न सतर्कता अपनाउन निर्देशन दिइएको छ,’ प्रजिअ एमसीले भने, ‘हामीले ...
त्रिवि उपकुलपतिले झुठो बोलेको आरोप, पद्मकन्यामा आन्दोलन

त्रिवि उपकुलपतिले झुठो बोलेको आरोप, पद्मकन्यामा आन्दोलन

शिक्षा, समाचार, समाज
काठमाडौँ —चैत ३ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. तीर्थ खनियाँले विश्वविद्यालयमा ३३ प्रतिशत महिला क्याम्पस प्रमुख बनाउन नमानेको आरोप लगाउदै महिला प्राध्यापक र विद्यार्थीहरुले आज बागबजारस्थित पद्मकन्या क्याम्पसमा नारावाजी गर्दै धर्ना दिएका छन् । गत फागुन २७ गते उपकुलपति कार्यालयमा, २८ गते पदमकन्या क्याम्पस प्रमुख, २९ गते प्रशासन र ३० गते त्रिविका शिक्षाध्यक्ष र रजिष्ट्रारको कार्यकक्षमा तालाबन्दी गर्दा समेत सुनुवाई नभएपछि महिला प्राध्यापक र विद्यार्थीहरुले आन्दोलन जारी राखेका हुन । आन्दोलनमा संलग्न प्राध्यापक निर्मला उप्रेतिका अनुसार, आज बिहानैदेखि धर्ना र जुलुस जारी छ । आन्दोलनकारीले त्रिविका ६१ वटा आंगिक क्याम्पसमध्ये ५ वटामा मात्र महिला क्याम्पस प्रमुख रहेकाले ३३ प्रतिशत क्याम्पस प्रमुख बनाउन माग गर्दै आएका छन् । ‘पाटन क्याम्पसका लागि महिलाको नाम सिफारिस हुँदा समेत नि...
अबदेखि राहदानी विभाग बिहान ९ बजे नै खुल्ने

अबदेखि राहदानी विभाग बिहान ९ बजे नै खुल्ने

समाचार, समाज
काठमाडौँ —चैत १ । काठमाडौंमा रहेको राहदानी विभागले कार्यालय समय १ घण्टा बढाएको छ । विभागले सेवाको गुणस्तर र ग्राहकको चापलाई ध्यान दिँदै कामको प्रभावकारिता बढाउन कार्यालय समय थप गरिएको बताएको छ । सधैँ १० बजे खुलेर ५ बजे बन्द हुने कार्यालय चैत १ देखि ९ बजे खुलेर ५ बजे बन्द हुने भएको हो । हरेक शुक्रबार भने ९ बजे खुलेर ३ बजेसम्म काम हुनेछ । सेवा समय विस्तार भएको पहिलो दिन देखि नै राहदानी सम्बन्धी सबै प्रकारका सेवा लिन सक्ने विभागका महानिर्देशक रामकाजी खड्काले जानकारी दिए । थपिएको समयले सेवाग्राहिले छिटो छरितो सेवा र गुणस्तरीय सेवा पाउने महानिर्देशक खड्काले विश्वाश ब्यक्त गरे । राहदानी पट्याउने केरमेट गर्नाले अबैध हुन सक्ने भन्दै राहदानी प्रयोगमा प्रयोगकर्तालाई सावधानी अपनाउन विभागले अनुरोध गरेको छ । नेपाल सरकारले जिल्ला प्रशासन कार्यालयहरु, राहदानी बिभाग र विदेशस्थित कुटनैतिक नियोग...
नेक्रवित्रम चन्दलाई प्रतिबन्ध घोषणासँगै सुरक्षा सतर्कता बढाइयो

नेक्रवित्रम चन्दलाई प्रतिबन्ध घोषणासँगै सुरक्षा सतर्कता बढाइयो

अपराध, समाचार, समाज
काठमाडौँ —चैत १ । सरकारले प्रतिबन्ध लगाएको विरोधमा नेक्रवित्रम चन्द नेतृत्वको नेकपाले गरेको देशव्यापी बन्दको बढी प्रभाव शैक्षिक क्षेत्रमा परेको छ । प्रहरी प्रधान कार्यालयले सातै प्रदेशबाट संकलन गरेको रिपोर्टले शैक्षिक संस्थान सबैभन्दा धेरै प्रभावित बनेको देखाएको छ । स्कर्टिङ र राजमार्ग सुरक्षा गस्ती बढाइए पनि लामो दूरीका सवारीसाधन प्रभावित बनेको प्रहरीले जनाएको छ । बन्दका कारण प्रदेश १ का ६० प्रतिशत शैक्षिक संस्था मात्रै सञ्चालनमा आएका थिए भने प्रदेश २ मा ७५ प्रतिशत शैक्षिक संस्था चले । प्रदेश ३, ५, ६ र कर्णाली प्रदेशका शैक्षिक संस्था फाटफुट मात्रै चलेको र गण्डकी प्रदेशका शैक्षिक संस्था ५० प्रतिशत मात्रै सञ्चालनमा आएको प्रहरी रिपोर्ट छ । महानगरीय प्रहरी कार्यालयका अनुसार काठमाडौं उपत्यकाका तीनै जिल्लाको अवस्था सामान्य रहेपनि पठनपाठन भने पूर्ण रूपमा प्रभावित भयो । सबैजसो प्रदेशका छ...
किन लाग्दैन समयमै फोन ?

किन लाग्दैन समयमै फोन ?

समाचार, समाज
काठमाडौँ —चैत १ । एउटा मोबाइलबाट अर्को मोबाइलमा फोन गर्दा ५ सेकेन्डभित्र फोन लाग्नुपर्ने नियम छ । नेपालमा चलेका दुई सेवा प्रदायक नेपाल टेलिकम र एनसेल दुवैको नेटवर्कमा फोन गरेको ५ सेकेन्डमा फोन लाग्दैन । नेपाल दूरसञ्चार प्राधिकरणले यसलाई कल स्थापित हुने समय भनेको छ । प्राधिकरणले तयार पारेको दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी नियमावलीमा कल स्थापित हुने दर ५ सेकेन्ड वा सोभन्दा कम हुनुपर्ने प्रावधान छ । प्राधिकरणले पुस र माघ महिनामा भक्तपुरसहित पृथ्वी राजमार्ग, पोखरा र बागलुङ बजारमा गरेको ड्राइभ टेस्टको क्रममा नेपालका प्रमुख दुई सेवा प्रदायक टेलिकम र एनसेलसहित स्मार्ट टेलिकमको मोबाइलको गुणस्तर मापदण्डभन्दा कम पाइएको हो । प्रयोगकर्ताको संख्या र मापदण्डअनुसार दूरसञ्चार सेवा प्रदायकले पूर्वाधार विस्तार नगर्दा यो समस्या आएको हो । चलायमान सवारी साधनमा परीक्षण उपकरण जडान गरेर लगातार फोन कल गर...
दोलखामा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

दोलखामा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

समाचार, समाज
दोलखा, —चैत १ । माथिल्लो तामाकोसी आयोजनाका लागि सिनो हाइड्रो कम्पनीले प्रयोग गर्दै आएको बस दोलखामा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । कम्पनीले भाडामा लिएको बा४ख ४५७३ नम्बरको बस आज बिगु गाउँपालिका–१ नयाँ बाटोबाट करिब ३० मिटर तल खसेको दोलखा प्रहरीले जनाएको छ । दुर्घटनामा सुर्खेतको चौकुने गाउँपालिका–३ का ३८ वर्षीय दिनेश थापा र लमजुङ मर्स्याङ्दी गाउँपालिका–३ का ४४ वर्षीय हिराप्रसाद मिजारको मृत्यु भएको हो । बसमा चालकसहित करिब २५ जना मजदुर सवार थिए । दुर्घटनामा १५ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ । (ईमेज खबर)...
निर्मला हत्याप्रकरणमा प्रहरी अधिकृतसहित ६ जनाबाट धरौटी रकम माग

निर्मला हत्याप्रकरणमा प्रहरी अधिकृतसहित ६ जनाबाट धरौटी रकम माग

अपराध, समाचार, समाज
कञ्चनपुर—फागुन ३०। बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त हत्याकाण्ड प्रकरणमा ‘यातना र सार्वजनिक न्याय’ बिरुद्धको कसुरमा कञ्चनपुर जिल्ला आदालतले लाखौँ धरौटी रकम असुल्न आदेश दिएको छ । जिल्ला आदालत कञ्चनपुरका श्रेष्तेदार हरिकृष्ण अवस्थीका अनुसार जिल्ला न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको एकल एजलासले बिहीबार गरेको फैसला अनुसार यातना तथा सार्वजनिक कसुर दुई छुट्टाछुट्टै मुद्दामा प्रतिवादीबाट धरौटी रकम असुल्न आदेश दिएको हो । आदालतले कञ्चनपुरका पूर्व डिएसपी ज्ञान बहादुर सेठी र प्रहरी निरीक्षक एकेन्द्र खड्काबाट यातना मुद्दामा पाँच/पाँच लाख र सार्वजनिक कसुर मुद्दामा चार/चार लाख गरि प्रतिव्यक्ति ९ लाख रुपैयाँ असुल्न आदेश दिएको हो । सार्वजनिक मुद्दा अन्र्तरगत प्रहरी निरीक्षक जगदिश भट्ट चार लाख, प्रहरी नायब निरीक्षकद्वय हरसिंह धामी ३ लाख ५० हजार, राम सिंह धामी तीन ला...
इलामको माइपोखरीमा आगलागी, तीन घर जले, नियन्त्रणको प्रयास जारी

इलामको माइपोखरीमा आगलागी, तीन घर जले, नियन्त्रणको प्रयास जारी

समाचार, समाज
इलाम —फागुन ३०। इलामको सन्दकपुर गाउँपालिका–२ माइपोखरीस्थित घरहरुमा आगलागी भएको छ । आगलागीका कारण तीन घर जलेर नष्ट भइसकेको छ भने अन्य घरमा आगो सल्किँदै गरेको स्थानीयले बताएका छन् । आगोले निमदोर्जे शेर्पा, चक्र बहादुर मुखिया, कमल मुखियाको घर जलेर नष्ट भएको छ । लाक्पा शेर्पाको घरमा आगो फैलिरहेको स्थानीय युवराज पीसिले जानकारी दिएका छन् । ती घरहरुमा आधा दर्जन बढी होटल तथा पसलहरु सञ्चालित छन् । नेपाली सेना, प्रहरी र स्थानीयले आगो निभाउने कोशिस गरेपछि आगो नियन्त्रण बाहिर रहेको स्थानीय युवराज पिसीले जानकारी दिए । आगो नियन्त्रणको लागि इलाम नगरपालिकाको दमकल माइपोखरी हिडिँसकेको छ । आगो चक्र मुखियाको भान्साघरबाट सुरु भएको बताइएको छ । (नयाँ पत्रिका)...
दुई हवाईजहाज चार्टर गरेर जन्ती, अधिकांशको पहिलो काठमाडौं भ्रमण

दुई हवाईजहाज चार्टर गरेर जन्ती, अधिकांशको पहिलो काठमाडौं भ्रमण

समाचार, समाज
धनकुटा —फागुन ३०। जन्ती जाँदा गाडी रिजर्भ गरेर जाने चलन सामान्य हो । तर, यहाँका एक व्यक्तिले छोराको जन्ती जानेक्रममा ६९ जन्तीलाई दुई वटा हजाईजहाज चार्टर गरेका छन् । महालक्ष्मी नगरपालिका ९ का नगेन्द्र थापाका छोरा दिनेशको विवाहका क्रममा जीतपुरबाट काठमाडौँमा जन्ती आतेजातेक्रममा बुधवार चार्टर गरिएको प्लेनमा सवार जन्ती । जसमध्ये अधिकांश जेष्ठनागरिक पहिलो पटक काठमाडौँको यात्रामा थिए । महालक्ष्मी नगरपालिका ९ का नगेन्द्र थापाका छोरा दिनेशको विवाहका क्रममा जीतपुरबाट काठमाडौँमा जन्ती आतेजातेका लागि बुधवार हवाईजहाज चार्टर गरिएको हो। जसमा पहिलो पटक काठमाडौँ जाने ४० ज्येष्ठ नागरिकसमेत जन्ती भएर गएका छन्। थापाले आफ्नै निवास रहेको जीतपुरबाट विराटनगर विमानस्थलसम्म तीन वटा गाडीमा जन्ती लगेका थिए। विराटनगरबाट काठमाडौँ गएर साँझ पुनः बुद्ध र सिम्रिक एयर चार्टर गरेर हवाईजहाजमा जन्ती विराटनगर आएको थापा...
वसन्तपुरमा तीन खण्डे ध्वजापतासहितको चीर ठड्याइयाे

वसन्तपुरमा तीन खण्डे ध्वजापतासहितको चीर ठड्याइयाे

समाचार, समाज
काठमाडौँ —फागुन ३०। काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा बिहीबार बिहान रंगीविरंगी कपडाहरुको ध्वजापतासहितको तीन खण्डे होलीको चीर ठड्याइएको हो । चीर ठड्याएसँगै काठमाडौंलगायत मुलुकभर औपचारिक रुपमा होली पर्व सुरु भएको मानिन्छ । होली पर्वको शुभारम्भ भएको जनाऊ दिन बसन्तपुरमा चीर ठड्याउने गरिएको धालासिक्व मानन्धर सनाः गू खलःका सचिव मदनरत्न मानन्धरले जानकारी दिए । बिहीबार बिहान ११ : ५५ मिनेटको साइतमा वसन्तपुरस्थित हनुमानढोका दरबारको दक्षिण पटाङगिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा ३२ फुट उचाईको तीन खण्डे गजुर जस्तो देखिने रंगीविरङगी चीर ठड्याइएको हो । चीर ठड्याएपछि गुर्जुको पल्टनबाट हर्षबढाई गरिएको थियो । (नयाँ पत्रिका)...